NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, June 21, 2009

दरबार हत्याकाण्ड बारे पारस शाहले दिएको बयान

 

 

 

 

 दरबार हत्याकाण्ड बारे पारस शाहले दिएको बयान

paras_100समितिः सरकार राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो। त्यसबाट सरकारले के नजर गरिबक्स्यो के अनुभव गरिबक्स्यो त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो?

जवाफः अब हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साँढे ७:०० भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …। ७ ।४० तिर पुग्यौं सबै जना आइसकेको थियो । मुमा म बहिनी हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गेरं । ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ …॥ कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ । मेरो मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो आफू मुमा बडामहारानी सवारी होइबक्स्यो फेरी सरकारबाटै सवारी चलाइबक्सेका फेरी …… डि्रंक्स दिइबक्स्यो अनि यस्तै साँढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो त्यो बेलामा दाई हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो त्यही भुइमा नै सुकला भयो म गोरख निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले । करीव साँढे आठ जस्तो भाथ्यो साँढे आठ त्यस्तै ३१ ।३२ आठ ३१ ।३२ होला । हामी तल आयौं । वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन वाहिर कुरेर बसि राखेको थिएँ त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिई बक्सेको थियो महाराजाधिराज सरकारले । हामीले चियस्र पनि गरेको छैनौं भर्खर ड्रिंक्स लिई बक्सेको थियो यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर देखिएन युवराजधिराज सवारी भएको । अ…॥ हामीले युवराजधिराज सवारी भएको देखेनौं हामी कुनामा थियौं । मैले त यो …॥ ……॥ ………………।

समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि

जवाफः होइन क्यारेमवोर्ड छ नी ।

समितिः क्यारेमवोर्ड यो

जवाफः क्यारमबोर्ड क्यारमबोर्ड छ नी ।

समितिः त्यो वारको पछाडि

जवाफः हो बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो वस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर् यो त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ First मैं त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँग सँगै । दुइजना कुदेर गयौं । डा राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन तिमी त्यहीं बस हिड्ने होइन हुकुम भयो । त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार फेरी फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडी फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता कुमार खड्ग ढलिबक्सेको थियो उता कुमार गोरख ढलेको देखें । त्यो चाही First मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ । त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो फेरी फर्केर सवारी भयो त्यसपछि त्यो सानो First Automatic weapon MP-5 त्यो फालिबक्स्यो त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो चारवटा थियो weapon । एउटा चाहीने बन्दुक left side मा थियो hand gun। hand gun चाही Left side मा थियो । दाहिने वगलिमाः MP-5 थियो । भिरिबक्सेको shot gun र एम १६ त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो कान्छो बुबालाई पनि हानी बक्स्यो यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन

जवाफः छैन एक मिनेट पनि छैन ३० सेकेण्ड होला म्याक्सिमम् म्याक्सिमम् भए ३० सेकेण्ड भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो सट त्यस पछि यता सवारी भयो खड्ग फुपाजु ढलिबक्स्यो कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो। …………। हजुर उतापट्टी गोरख ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो …… श्रुति त्यसपछि श्रुति मैले आएको देखिन गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो युवराजाधिराज सवारी भयो यतापट्टी ढली राखेको थियो हजुर पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग (Point Blank) ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन वाहिर सवारी भएको जस्तो लाग्दछ दुईतिन चोटी गरिबक्स्यो भित्र वाहिर Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि यता कुनामा सवारी भयो त्यो अग्लो मेच जस्तो छ नि हजुर त्यो कुनामा सवारी भयो त्यसपछि डाइरेक्ट नजरमा हामी पर् यौ ……। के गरिबक्स्या हजुर …॥ हामी …॥ के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ महेश मेरो पछाडि थियो रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …। one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं। …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन यता अधिराजकुमारी शान्ति पनि देखेको छैन उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठिबक्सिराथ्यो ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन म ठिक छैन भन्नु भयो माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो माथ पनि चेक गरें मैले केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो म जाँदा मुमा वडामहारानी सरकार ……

समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …

जवाफः उता सानो बैठक वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर …॥ त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो त्यहाँ कसरी घटना भयो त्यो पहिला कसलाई हानिबक्स्यो पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरे सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो कान्छो बुबाले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आफूमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए।डि।सी।हरुलाई भित्र ल्याएँ । त्यो ए।डि।सी।हरु वाहिर गयो वाहिर जाँदाखेरी …॥ हरु ठ्याक्क आइराखेको थियो । म वाहिर पुग्नु र ADC हरु आइपुग्न िुयकत सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें ५-६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाई बडामहारानी सरकार र भाइलाई भेटाउन गएको तिमिहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ ठूलो मुमालाई पनि डाउन सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन ठुलोमुमाको चान्स छैन दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो म अगाडी बसे पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर् याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………। सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ त्यो गर्दा उ आयो उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो महाराजाधिराज सरकारलाई पहिला लगेको हो । यो राजीव कहाँ थ्यो के थ्यो राजीव गएको पनि देखेको छैन हजुर म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ राजीव गएको मैले देखेको होइन सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए।डि।सी। हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।

समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो

जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ।

जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो बि्रजमा हानिवक्सेको ।

समितिः- यसको पछाडि के यस्तो कारण

जवाफः- यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो with अब भाई र म with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म with थियौं । अब राजिव त डा with भयो श्रुती गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः- तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन

जवाफः- म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें आफु मुमासंग पनि कुरा गरें नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु त्यो बेला कुरा गर्छु त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः- राम्रो मुड थियो

जवाफः- लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः- सरकार माथि कसले पुर् याएको

जवाफः- हजूर । हामी चारजनाले पुर् याएको । हामी चारजना एकजनाले कहाँ सक्नु !

समितिः- बोकेरै लगिवक्स्यो

जवाफः- दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले अं…। राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः- तल सुताइवक्स्यो

जवाफः- तल मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ अप्ठ्यारो हुन्छ झिक । …॥ पर्दैन होला …॥

समितिः- त्यो कोठाबाट

जवाफः- कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ …॥ ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

समितिः- वेपन्सहरु

जवाफः- वेपन्स अब त्यो त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः- त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो

जवाफः- हो त्यो तखतामा छ । त्यो होला … अँ…। बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईव_िक्सराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र

समितिः- अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी

जवाफः- म अब सम्झें भनेदेखि म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई ।

समितिः हस् त ।

साभार : दैनिकी डट कम

 

 

"Thousands of candles can be lit from a single candle, and the life of the candle will not be shortened."

- Gautam Buddha

 

 

 


यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ


 


 


 


 


यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ


झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।‘ आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।


कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए ।


कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, ‘डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?’ विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- ‘कोषको असाधारण वृद्धि ।‘ परिभाषालाई व्याख्या गर्न थाले, ‘शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो ।‘ मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, ‘यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।‘


मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- ‘नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।‘ मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, ‘प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।‘ बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रै‘छ । हामी बारम्बार ‘द्वन्द्वको पीडा‘ भन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ?


म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । ‘साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,’ बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, ‘लौ, डाक्टर पो भइयो ।‘ उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । ‘अहिले पनि स्कलरसिपमै पढ्दै छु,’ अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले ।


प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, ‘नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।‘ बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । ‘पचहत्तरै जिल्लामा पुगेको छु,’ गर्वसाथ भने, ‘देशैभरि घुमेको छु ।‘ एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन ।


डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । ‘सहरमा त चार सयजति होलान्,’ डाक्टरसाबले मुस्कुराउँदै भने, ‘अरू सबै गाउँमै हुन् ।‘ कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, ‘जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।‘ गाउँको यथार्थ एकहोरो ओकल्न थाले, ‘अनि कस्तो भनूँ, म गाउँको अवस्था ?’ उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । ‘साँच्चिकै भयानक अवस्था छ,’ उनले गुनासो पनि गरे, ‘कसैले हेर्‍या‘छैन, सरकारले पनि वास्ता गरेको छैन ।‘


सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! ‘महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,’ डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे ।


क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । ‘महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।‘ डाक्टरसाबले सुनाए,- ‘चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।‘ डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।‘


हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, ‘महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?’ ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, ‘साँच्चै हो डाक्टरसाब ?’ ‘हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ चर्को स्वरमा उनले भने, ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ डाक्टरसाब भन्दै थिए, ‘टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘ -फेसबुकमा ‘आई एम भर्जिन, एन्ड एम प्राउड अफ इट‘ भन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।


 


कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रै‘छन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, ‘सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?’


उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, ‘अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ ।‘ हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, ‘आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रै‘छन् ।‘ उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, ‘हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।‘


टिनटिन घन्टी बजेको थिएन । तैपनि, समय सकियो । उठ्नै लाग्दा डाक्टरसाबले थपे, ‘भाइ यो पनि लेख्नुस् । अब सरकार र एनजिओ-आइएनजिओको भर कति पर्ने ? हामीले पनि केही गर्ने हो कि ?’
क-कसले के-के गर्ने भन्ने तालिका बनाउन पाएको भए कति जाती हुन्थ्यो होला । तर, सामान्य उपचारपद्धतिका बारेमा पनि कुरा गर्नै नपाई छोटो समयले हामीलाई छुट्टनि आदेश दियो ।


साभार - Nayapatrika


 


 


Saturday, June 20, 2009

गर्भमा बच्चा उल्टो बस्ने समस्या


 


 


Subject: health topic


 







गर्भमा बच्चा उल्टो बस्ने समस्या


डा. सुमनराज ताम्राकार


स्त्री तथा प्रसूति रोग विशेषज्ञ


 पहिलो पटक गर्भवती भएकी तामाङ थरकी एक महिलाले अस्पतालनजिकै घर भए पनि कहिल्यै गर्भजाँच गराइनन् । सुत्केरी बेथा लागेपछि बच्चा उल्टो बसेको थाहा भयो । घरका बूढी सासूहरुले घरमै हुन्छ भनेर पर्खाउँदापर्खाउँदै मलद्वारपट्टकिो भाग र जीउ जन्मिए पनि टाउको निक्लिने बेला समस्या उत्पन्न भयो । टाउको जन्माउन नसकी योनिद्वारमै बच्चा अड्किएपछि उनलाई अस्पताल ल्याइपुर्‍याइयो तर बच्चा मरिसकेको थियो । डाक्टरले मृतशिशु निकालिदिए । उनी रित्तै घर फर्किनुपर्‍यो ।





 उक्त अस्पतालमै नियमित गर्भजाँच गराइरहेकी अर्की महिलालाई गर्भावस्थाको ३८ हप्तासम्म पनि बच्चाको बसाइ उल्टै भएको कारणले सिजेरियन अप्रेसनको सल्लाह दिइयो । निश्चित मितिमा अप्रेसन गरी बच्चा निकालियो । आमा र बच्चा दुवै स्वस्थरुपमा सातौं दिनमा घर फर्किए । अप्रेसनका दौरान उनको पाठेघरमा जन्मजात खराबी भेटिएका कारण अर्को पटकको गर्भमा पनि बच्चा उल्टै बस्न सक्ने र फेरि अप्रेसनको आवश्यक हुने सल्लाह दिइयो ।


आधुनिक प्रसूति चिकित्सामा बच्चा उल्टो बसेको छ भने बच्चालाई पुग्न सक्ने जोखिमहरुलाई मध्यनजर राखेर पहिलो पटकको गर्भमा अप्रेसन गरी बच्चा पाउन सल्लाह दिइन्छ । प्रसूति विज्ञानमा गर्भवती महिलाको पाठेघर


-पेट) मा बच्चाको टाउको तल हुनुलाई सुल्टो मानिन्छ । अर्थात् पाठेघरमा बच्चाको टाउको माथि हुनुलाई बच्चा उल्टो छ भनिन्छ । जसलाई मेडिकल भाषामा ब्रीच ( Breech) भनिन्छ । बच्चा उल्टो बस्ने क्रममा गर्भेशिशुको मलद्वारपट्टकिो भाग वा खुट्टा वा घुँडा पाठेघरको तल्लो भागतिर रहेको आधारमा बच्चाको उल्टो बसाइलाई पर्ूण्ा वा अपर्ूण्ा मानिन्छ ।


गर्भावस्थाको २८ हप्तामा करिब २० प्रतिशत गर्भवती महिलामा बच्चा उल्टो बसेको हुन्छ भने ३४ हप्तासम्म आइपुग्दा ५ प्रतिशतमा मात्र यसरी बच्चा उल्टै रहन्छ । त्यस्तै गर्भावस्थाको ३७ हप्ता पूरा हुँदा करिब ३ प्रतिशतमा मात्र बच्चा उल्टो तरिकाले बस्ने समस्या बाँकी रहन्छ । अर्थात् धेरैजसोमा यो समस्या आपै+m सुल्भिmन्छ । गर्भावस्थाको सुरुतिर गर्भेशिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भेशिशुको आकार पनि सानो हुने कारण बच्चाको स्थिति -बसाइ) परिवर्तन भइरहन्छ । यसले गर्दा केही शिशुहरु गर्भमा उल्टो रुपमा हुर्किन्छन् ।


 बच्चा किन उल्टो तरिकाले बस्छ ?


करिब ३ प्रतिशतमा मात्र पछिसम्म बच्चा उल्टो तरिकाले बस्नुको सबै कारण थाहा नभए पनि महिना नपुग्दै सुत्केरी बेथा लाग्दा तुलनात्मकरुपमा बच्चा सानो हुनुचाहिँ प्रमुख कारण हो । यसका साथै यदि बच्चा सानो छ, बच्चाको वरिपरि पानी धेरै वा निकै कम छ, पुट्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ भने पनि बच्चा उल्टो रुपमा बस्छ ।


त्यसैगरी पटक-पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै खुकुलो भएको छ, गर्भवती महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा बच्चामा जन्मजात केही शारीरिक खराबी -जस्तै- गर्भेशिशुको टाउकोमा पानी भरिने हाइड्रोकेफालस समस्या) छ, गर्भेबच्चामा वंशाणुगत खराबी


-ट्राइजोमी वा मांसपेशी शिथिल हुने समस्या) छ वा जुम्ल्याहा बच्चा छन् भने पनि बच्चा उल्टो बस्नेजस्तो असामान्य परिस्थिति उब्जिन्छ ।


कुनै-कुनै महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा फेरि-फेरि साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिने समस्या भयो भने पटक-पटक बच्चा उल्टो बस्ने समस्या दोहोरिन्छ । गर्भवती जाँचका क्रममा पेटको माथिल्लो भागतिर छाम्दा टाउको पाइएमा, गर्भेशिशुको मुटुको धड्कन अलि माथि सुनिएमा बच्चा उल्टो बसेको आशंका गरिन्छ । आजकल अल्ट्रासाउन्डको मद्दतले यसको निश्चितता गरिन्छ ।


 उल्टो बसेको बच्चा जोखिमपूर्ण्




बच्चाको टाउको माथितिर हुँदा सुत्केरी बेथाको क्रममा पहिले मलद्वारपट्टकिो भाग, त्यसपछि जीउ र अन्तिममा टाउको जन्मिन्छ । यस क्रममा जीउ जन्मिएलगत्तै पाठेघरको मुख एक्कासि खुम्चिन्छ भने पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जीउको अन्य भागले निरन्तर चाप दिन सक्दैन । मलद्वारपट्टकिो भाग र जीउ सहजरुपमा जन्मिए पनि टाउको निक्लिने बेला धेरैजसो समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने गर्दछ ।


यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनिद्वारमा बच्चा अड्काएर अस्पताल ल्याइपुर्‍याउनेहरुको संख्या उल्लेख्य छ । जीउ जन्मिएपछि टाउको निक्लिन धेरै समय -५ मिनेटभन्दा बढी) लगाउनुहुँदैन नत्र निस्सासिएर बच्चाको मृत्यु हुन्छ र कथंकदाचित जिउँदो बच्चा जन्मिहाल्यो  भने पनि गिदीमा धेरै बेर अक्सिजनको अभाव भई त्यस्तो बच्चा पछि गएर सुस्त खालको हुन्छ अर्थात् बच्चाको वृद्धि-विकास राम्रो हुँदैन ।


यस्तो प्रकारको सुत्केरीको क्रममा औजारको प्रयोग गर्नुपर्ने, जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन -अप्रेसन) को आवश्यक हुने, बेहोस पार्ने विधि -एनेस्थेसिया) अपनाउनुपर्ने कारणले सुत्केरी आमालाई पनि जोखिम हुन्छ ।


योनिद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायु -नसा) मा दखल पुग्ने, कलेजो, मिर्गौलाजस्ता कमलो भित्री अंगहरुमा चोट पुग्ने कारणले नवजात शिशुमा मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने योनिद्वारबाट सुत्केरी गराउनुभन्दा सिजेरियनलाई तुलनात्मक रुपमा बढी सुरक्षित मानिन्छ । नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता, शिशुको तौल, उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ ।


विश्वभर नै बच्चा उल्टो बस्ने समस्या भएका महिलाहरुको सुत्केरी योनिद्वारबाट हुने क्रममा प्रतिहजार ५ देखि ३५ जना बच्चाको ज्यान जाने गर्दछ । दक्ष स्वास्थ्यकर्मी -प्रसूति सेवाप्रदायक) को अभाव, रगत तथा यथाशीघ्र अप्रेसन -सिजेरियन) को सुविधा नभएको ठाउँमा यो संख्या अझ बढ्न जान्छ ।


 रोकथामका उपायहरु


बच्चा उल्टो तरिकाले बस्नुका कतिपय कारणहरु गर्भावस्थामा पत्ता लाग्ने हुनाले तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ बेला-बेलामा गर्भवती जाँच गराउनर्ुपर्दछ । पहिले-पहिले उल्टो बच्चा बसेको एक्सरेको सहायताबाट निश्चित गरिन्थ्यो तर आजकल अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरेबाट गरिन्छ । यो निकै सजिलो र भरपर्दो प्रविधि हो । 


अल्ट्रासाउन्डले एक्सरेको जस्तो विकिरणको समस्या हुँदैन र यसबाट ब्रीच -बच्चाको उल्टो बसाइ) को निश्चितता गर्न सजिलै सकिन्छ । गर्भेशिशु वा महिलाको पाठेघरमा भएको कुनै जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति थाहा पाउन, बच्चावरिपरिको पानीको मात्रा तथा गर्भेबच्चाको तौल पत्ता लगाउन पनि मद्दत गर्दछ ।


३६ हप्ता सम्ममा धेरै गर्भवती महिलामा बच्चाको बसाइमा स्थिरता आइसक्छ । पहिलो पटकको गर्भमा त्यस बेलासम्म पनि बच्चा उल्टै बसेको कारणले स्वास्थ्यकर्मीले सिजेरियन


-अप्रेसन) गरेर मात्र बच्चा पाउनुपर्ने सल्लाह दिएमा अप्रेसन गराउनु श्रेयष्कर हुन्छ । यदि दोस्रो, तेस्रो पल्टको गर्भमा बच्चा उल्टो बसेको छ भने दक्ष विशेषज्ञ डाक्टरले अल्ट्रासाउन्ड मेसिन र बच्चाको मुटु तथा स्वस्थता थाहा पाउने सीटीजी मेसिनको सहायता लिई पेटबाहिरैबाट बच्चा सुल्ट्याउने विधि सावधानीपर्ूवक अपनाउन सकिन्छ । त्यसकारण गर्भमा बच्चा उल्टो बसेको छ भने  त्यस्तो परिस्थितिमा तालिमप्राप्त सुडेनी वा स्वास्थ्यकर्मी नै भए पनि गाउँघरमै बच्चा पाउनेतर्फर्र्ाग्नुहुँदैन । नवजात शिशुलाई कृत्रिम श्वास-प्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । यी अधिकांश परिस्थितिमा सिजेरियन गरेर मात्र बच्चा निकाल्नुपर्ने हुनाले अस्पतालमा लान ढिलाइ गर्नुहुँदैन ।


 


  पत्र पत्रिकाबाट संगालो  


 


 


 


 


 


 


 


 


 


Health Care Topic


 


 


Subject: health topic


 







भित्री पोशाक ब्रा र स्तन क्यान्सर


 डा. राजेन्द्र भद्रा


म २० वर्षी महिला हुँ । मेरो स्तनको आकार आकर्ष देखाउन विभिन्न किसिमको ब्रा लगाउँदै आएकी छु । कुनै ब्राले सजिलो हुने र कुनैले असजिलो हुने पाएको छु । कसरी ठिक्कको ब्रा छान्ने होला - कहिलेकाहीँ स्तन ठूलो देखाउन फमवाला ब्रा पनि लगाउने गर्छ ब्रा धेरै लगायो भने स्तन क्यान्सर हुन्छ भनेको  सुनेकी छु । अर्को कुरा के ब्रा लगाउन आवश्यक छ - यसबारेमा राम्रोसँग बुझाई दिनुभएमा आभारी हुने थिएँ ।   - रमिता, भक्तपुर


रमिताजी, प्रश्नको लागि धन्यवाद !


स्तन भन्नाले सामान्यतया महिलाको छातीमा रहेका दुइवटा विशेष ग्रन्थिहरु बुझिन्छ । सन्तान भएपछि शिशुको पोषणको लागि यो विशेष ग्रन्थिले आवश्यक दूधको उत्पादन गर्दछ । तर स्तन यौनको दृष्टिले पनि एकदम महत्त्वपर्ूण्ा अंग हो । बाल्यकालमा केटा र केटीको स्तन उस्तै नै हुने भए पनि किशोरावस्थामा पुगेपछि हर्मोनको प्रभावले केटीहरुमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसो केटीहरूमा ११ वर्षो उमेरमा शुरु भएर १५ वर्षतर पूरा हुन्छ ।



सामान्यतया २-३ वर्षचाँडो-ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति –(Shape) र आयतन (Size) मा हुने परिवर्तनलाई टनर स्टेज (Tamner) भनिने पाँच चरणमा बाँडिएको छ । (तालिका १ हेर्नुस्)


पूर्ण् विकसित स्तनको आकृति र आयतनमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिँ स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार -आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हर्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिन्न ।


स्तनपानबाहेक स्तन यौनअंग पनि हो । स्तनले महिलालाई यौन आकर्ष बनाउँछ र स्तनको र्स्पर्श वा चुम्बन महिला तथा पुरुष दुवैलाई यौनआनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्त्वपर्ूण्ा प्रभाव पार्न सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा ठान्छन् । त्यसैले महिलामा स्वास्थ्यभन्दा सुन्दरताको कारणले यसबारे बढी चिन्ता गरिने गरेको पाइएको छ । अनि थुनचोली वा ब्राको प्रयोग पनि धेरै हदसम्म यसैसँग सम्बन्धित छ ।




थुनचोलीका प्रयोग र यसको विकास


एक शताब्दीभन्दा पहिले विरलै मात्र प्रयोग हुने थुनचोली वा ब्रा अहिले महिला पहिरनको अत्यावश्यक वस्तु बनिसकेको छ । पहिले स्तनलाई थेग्न वा माथितिर धकेल्न क्रोसेट (Croset) को प्रयोग हुने गरेको थियो । म्यारी टुसेक  भन्ने व्यक्तिले पेटेन्ट दर्ता गराएको ब्रेस्ट सपोर्टर  ( Breast Supporter ) को स्वरुप अहिलेको थुनचोलीसँग मिल्दोजुल्दो थियो । पछि यसको नाम ब्रेसियर  ९द्यचबककष्भचभ०  राखियो र छोटकरीमा यसलाई ब्रा भन्न थालियो । नेपालीमा भने यसलाई थुनचोली वा स्तनचोली भन्न सकिन्छ । पछि स्तनको आकारप्रकारअनुसार ँकप’को आकार पनि मिल्ने किसिमले भिन्नाभिन्नै हुने गरेर थुनचोलीको विकास गरियो । किशोरी अवस्थादेखि वयष्क नारी हुँदासम्म स्तनको आकार र आयतनमा आउने परिवर्तनसँग पनि मिल्ने सोचले व्यापकता पायो ।


पहिलेका थुनचोली स्तनलाई छातीमा नै सम्म पारेर थिच्ने किसिमका थिए भने पछि यसको उभारलाई उचाल्ने र थेग्ने किसिमको रुप भएको देखियो । पछि फित्ता नभएका (Strapeless) थुनचोली पनि विकसित भए । अहिले विभिन्न किसिमको उपयोगितालाई ध्यानमा राखेर यसको विकास भएको पाइन्छ । थुनचोली लगाउनु आवश्यक नै नभएको र यसले हानि गर्छ भनेर आन्दोलन गर्नेहरूको पनि संसारमा कमी छैन । जे होस्, सयौं वर्षो विकासपछि थुनचोली अहिलेको स्थितिमा आइपुगेको छ ।


उपयोगिता र आकर्षा


थुनचोलीको उपयोग कुनै परिस्थितिमा स्तन वा मुन्टो स्पष्टसँग नदेखियोस् भनेर प्रयोग भएको पाइन्छ । तर अहिले प्रायः यसको उभारलाई प्रस्ट देखाउन प्रयोग भएको पाइन्छ । यसलाई प्रयोग गर्ने महिलामध्ये धेरैले यसको प्रयोग किन गर्ने भन्ने प्रश्न नै गर्दैनन् । एक हदसम्म यसले स्तनलाई भरथेग गर्ने भएको हुनाले सजिलो पनि बनाउँछ । खेलकुद तथा स्तनपानको बेलामा प्रयोग हुने थुनचोलीका आ-आफ्नै महत्त्व छन् ।


थुनचोलीप्रतिको आकर्षा थुनचोली मात्रैमा नभई यो वास्तवमा स्तनप्रतिको आकर्षासँग जोडिएको कुरा हो । स्तनलाई महिलाको सुन्दरतासँग जोडिने गरिन्छ । यौनसुख प्राप्तिलाई सहयोगी हुनु र आफूसँग सम्बन्धित महिला सुन्दर र आकर्ष हुनुको मोह नै पुरुषको यसप्रतिको आकर्षाको मुख्य कारण हो । अहिले विशेष गरेर सञ्चारमाध्यमको प्रभावले विकसित अर्थात् ठूला स्तनले महिला सुन्दर बनाउने कुरालाई यति जोड दिएको छ कि सबैको त्यो आधारभूत चाहना हुनेे स्थिति बनेको छ । अचेल सामान्य आकारका स्तनवाला महिलालाई पनि हीनताबोध हुने स्थिति छ । थुनचोलीले स्तनको सुन्दरतामा सहयोगी भूमिका खेल्छ वा खेलेको ठानिन्छ, त्यसैले यसप्रतिको मोह निकै छ ।


थुनचोलीको प्रयोगले हानि गर्छ ?


ब्रा अर्थात् थुनचोलीको प्रयोगले स्तन क्यान्सरलाई बढावा दिने कुरा अहिले चर्चामा छ तर अहिलेसम्म थुनचोलीले स्तन क्यान्सर गराउँछ नै भनेर ठोकुवा गर्न सकिने स्थिति भने छैन । यसरी पक्का भइसकेको भए यसको प्रयोगलाई नै निषेध गरिन्थ्यो होला । हाम्रो शरीरमा बाहिरबाट आएका हुन् वा शरीरक्रियाको क्रममा शरीरभित्रै बनेका हुन्, केही हदसम्म विषालु पदार्थलाई निष्कासन गर्ने विशेषता हुन्छ । यसको लागि शरीरको सो भागमा रगत तथा लसिका रस


(Lymphatic Fluid) को बहाव राम्रो हुनर्ुपर्छ ता कि विषालु पदार्थ कोषलाई हानि हुने गरेर एकै स्थानमा बढी जम्मा हुन नपाओस् ।


विशेष गरेर अति नै कस्सिएको थुनचोली प्रयोग गर्दा रगत तथा लसिका रसको बहावमा बाधा पुग्ने भएको हुनाले नै यस्तो हुने देखिएको कुरा चर्चामा आएको हो । त्यसैले बेस्सरी कस्सिएको थुनचोलीको प्रयोग नगर्ने र यसलाई चौबीसै घण्टा प्रयोग नगर्ने -कम्तीमा पनि राति सुत्ने बेलामा फुकाल्ने) गरेमा पर्न सक्ने सम्भावित हानिलाई कम गर्न सकिन्छ ।


थुनचोली कसरी छान्ने ?


झट्ट हर्ेदा यो त्यति गाह्रो कुराजस्तो नलागे पनि धेरैजसो महिलाले अन्दाजको भरमा नै थुनचोली किन्ने गर्छन् । त्यसैले ठिक्क मिल्ने किसिमको किन्ने वा प्रयोग नभएको हुन सक्छ ।


स्तनलाई ठीक तरिकाले भरथेग


-क्गउउयचत) गरोस् भन्नका लागि थुनचोली ठिक्क मिल्ने किसिमको हुनु जरुरी छ । यसका लागि थुनचोलीको फित्ताको गोलाइको नाप (Band Size) तथा यसको कपको साइज पनि मिल्नुपर्छ । स्तनको आकारलाई मिल्दो गरी वर्गीकरण गरिएको स्तन तथा ब्रा


-थुनचोली)का आकारलाई आधार मान्ने हो भने  A,B,C,D and DD ( Double D) आकारका Cup Size कपको साइज) भएका थुनचोलीहरु पाइन्छन् ।  DD लाई E पनि भन्ने गरिन्छ । सामान्यरुपमा पाइनेभन्दा ठूला आकारका साइजचाहिँ  F , G , H वा अझै ठूला आकार हुन्छन् । बेलायती तथा अमेरिकी प्रणालीमा इन्चको प्रयोग हुन्छ भने अन्य युरोपेली देशमा सेन्टिमिटरको प्रयोग भएको पनि देखिन्छ । त्यसैले किन्न जाँदा कुन प्रणालीको प्रयोग भएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।


थुनचोलीको  नाप लिने तरिका


- नाप्ने फित्ताको सहयोगमा ठीक स्तनको मुनिबाट छातीको गोलाइको नाप लिनुहोस् । यस नाप बिजोडी भए ५ इन्च र जोडी भए ४ इन्च जोड्नुहोस् । जोडेर आएको संख्याले तपाईंलाई थुनचोलीको Band साइज दिने गर्दछ । उदाहरण ः ३१ं५.३६  Band Size हुन्छ ।


- अब स्तनको सबैभन्दा उभारयुक्त वा भरिलो भागबाट नाप लिनुहोस् । सामान्यताया महिलाको स्तनको मुन्टो भएको भाग नै सबैभन्दा भरिलो भाग हुने गर्छ । यसरी नाप्दा दुवै स्तनसहित गोलाइको नाप फित्ता बांगो नपारीकन लिनुपर्छ । अब  द्यबलम कष्शभ लाई अहिलेको नापबाट घटाउनुहोस् । यसले तपाईंको थुनचोलीको कप -ऋगउ)को साइज दिन्छ । उदाहरणः नाप ३८ इन्च । ३८-३६.२ अर्थात् ऋगउ साइज द्य हुन्छ । (तालिका २ हर्ेर्नुस्) 








तालिका १


पहिलो चरणः यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा


स्तनको मुन्टो मात्र उठेको हुन्छ ।


दोस्रो चरणः कोपिला ( bud)  जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको जस्तो हुन्छ ।


मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र (Aerola)  अलि ठूलो भएर आउने गर्छ ।


तेस्रो चरणः स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु ( Glandular Tissue ) बन्ने गर्छ । 


चौथो चरणः ब्चभयबि र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुने गर्छ । 


पाँचौं चरणः स्तन वयष्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, aerola र स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने गर्छ ।


थुनचोलीको कप साइज (तालिका २)


कप साइज      Band र Bust Size           मा फरक


AA    १ इन्चभन्दा कम


A      १ इन्च


B      २ इन्च


C     ३ इन्च


D     ४ इन्च


DD(E)  इन्च


E(FOR DDD)  ६ इन्च


F(G)   ७ इनच


 


 पत्र पत्रिकाबाट संगालो