NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Saturday, June 20, 2009

Health Care Topic


 


 


Subject: health topic


 







भित्री पोशाक ब्रा र स्तन क्यान्सर


 डा. राजेन्द्र भद्रा


म २० वर्षी महिला हुँ । मेरो स्तनको आकार आकर्ष देखाउन विभिन्न किसिमको ब्रा लगाउँदै आएकी छु । कुनै ब्राले सजिलो हुने र कुनैले असजिलो हुने पाएको छु । कसरी ठिक्कको ब्रा छान्ने होला - कहिलेकाहीँ स्तन ठूलो देखाउन फमवाला ब्रा पनि लगाउने गर्छ ब्रा धेरै लगायो भने स्तन क्यान्सर हुन्छ भनेको  सुनेकी छु । अर्को कुरा के ब्रा लगाउन आवश्यक छ - यसबारेमा राम्रोसँग बुझाई दिनुभएमा आभारी हुने थिएँ ।   - रमिता, भक्तपुर


रमिताजी, प्रश्नको लागि धन्यवाद !


स्तन भन्नाले सामान्यतया महिलाको छातीमा रहेका दुइवटा विशेष ग्रन्थिहरु बुझिन्छ । सन्तान भएपछि शिशुको पोषणको लागि यो विशेष ग्रन्थिले आवश्यक दूधको उत्पादन गर्दछ । तर स्तन यौनको दृष्टिले पनि एकदम महत्त्वपर्ूण्ा अंग हो । बाल्यकालमा केटा र केटीको स्तन उस्तै नै हुने भए पनि किशोरावस्थामा पुगेपछि हर्मोनको प्रभावले केटीहरुमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसो केटीहरूमा ११ वर्षो उमेरमा शुरु भएर १५ वर्षतर पूरा हुन्छ ।



सामान्यतया २-३ वर्षचाँडो-ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति –(Shape) र आयतन (Size) मा हुने परिवर्तनलाई टनर स्टेज (Tamner) भनिने पाँच चरणमा बाँडिएको छ । (तालिका १ हेर्नुस्)


पूर्ण् विकसित स्तनको आकृति र आयतनमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिँ स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार -आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हर्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिन्न ।


स्तनपानबाहेक स्तन यौनअंग पनि हो । स्तनले महिलालाई यौन आकर्ष बनाउँछ र स्तनको र्स्पर्श वा चुम्बन महिला तथा पुरुष दुवैलाई यौनआनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्त्वपर्ूण्ा प्रभाव पार्न सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा ठान्छन् । त्यसैले महिलामा स्वास्थ्यभन्दा सुन्दरताको कारणले यसबारे बढी चिन्ता गरिने गरेको पाइएको छ । अनि थुनचोली वा ब्राको प्रयोग पनि धेरै हदसम्म यसैसँग सम्बन्धित छ ।




थुनचोलीका प्रयोग र यसको विकास


एक शताब्दीभन्दा पहिले विरलै मात्र प्रयोग हुने थुनचोली वा ब्रा अहिले महिला पहिरनको अत्यावश्यक वस्तु बनिसकेको छ । पहिले स्तनलाई थेग्न वा माथितिर धकेल्न क्रोसेट (Croset) को प्रयोग हुने गरेको थियो । म्यारी टुसेक  भन्ने व्यक्तिले पेटेन्ट दर्ता गराएको ब्रेस्ट सपोर्टर  ( Breast Supporter ) को स्वरुप अहिलेको थुनचोलीसँग मिल्दोजुल्दो थियो । पछि यसको नाम ब्रेसियर  ९द्यचबककष्भचभ०  राखियो र छोटकरीमा यसलाई ब्रा भन्न थालियो । नेपालीमा भने यसलाई थुनचोली वा स्तनचोली भन्न सकिन्छ । पछि स्तनको आकारप्रकारअनुसार ँकपको आकार पनि मिल्ने किसिमले भिन्नाभिन्नै हुने गरेर थुनचोलीको विकास गरियो । किशोरी अवस्थादेखि वयष्क नारी हुँदासम्म स्तनको आकार र आयतनमा आउने परिवर्तनसँग पनि मिल्ने सोचले व्यापकता पायो ।


पहिलेका थुनचोली स्तनलाई छातीमा नै सम्म पारेर थिच्ने किसिमका थिए भने पछि यसको उभारलाई उचाल्ने र थेग्ने किसिमको रुप भएको देखियो । पछि फित्ता नभएका (Strapeless) थुनचोली पनि विकसित भए । अहिले विभिन्न किसिमको उपयोगितालाई ध्यानमा राखेर यसको विकास भएको पाइन्छ । थुनचोली लगाउनु आवश्यक नै नभएको र यसले हानि गर्छ भनेर आन्दोलन गर्नेहरूको पनि संसारमा कमी छैन । जे होस्, सयौं वर्षो विकासपछि थुनचोली अहिलेको स्थितिमा आइपुगेको छ ।


उपयोगिता र आकर्षा


थुनचोलीको उपयोग कुनै परिस्थितिमा स्तन वा मुन्टो स्पष्टसँग नदेखियोस् भनेर प्रयोग भएको पाइन्छ । तर अहिले प्रायः यसको उभारलाई प्रस्ट देखाउन प्रयोग भएको पाइन्छ । यसलाई प्रयोग गर्ने महिलामध्ये धेरैले यसको प्रयोग किन गर्ने भन्ने प्रश्न नै गर्दैनन् । एक हदसम्म यसले स्तनलाई भरथेग गर्ने भएको हुनाले सजिलो पनि बनाउँछ । खेलकुद तथा स्तनपानको बेलामा प्रयोग हुने थुनचोलीका आ-आफ्नै महत्त्व छन् ।


थुनचोलीप्रतिको आकर्षा थुनचोली मात्रैमा नभई यो वास्तवमा स्तनप्रतिको आकर्षासँग जोडिएको कुरा हो । स्तनलाई महिलाको सुन्दरतासँग जोडिने गरिन्छ । यौनसुख प्राप्तिलाई सहयोगी हुनु र आफूसँग सम्बन्धित महिला सुन्दर र आकर्ष हुनुको मोह नै पुरुषको यसप्रतिको आकर्षाको मुख्य कारण हो । अहिले विशेष गरेर सञ्चारमाध्यमको प्रभावले विकसित अर्थात् ठूला स्तनले महिला सुन्दर बनाउने कुरालाई यति जोड दिएको छ कि सबैको त्यो आधारभूत चाहना हुनेे स्थिति बनेको छ । अचेल सामान्य आकारका स्तनवाला महिलालाई पनि हीनताबोध हुने स्थिति छ । थुनचोलीले स्तनको सुन्दरतामा सहयोगी भूमिका खेल्छ वा खेलेको ठानिन्छ, त्यसैले यसप्रतिको मोह निकै छ ।


थुनचोलीको प्रयोगले हानि गर्छ ?


ब्रा अर्थात् थुनचोलीको प्रयोगले स्तन क्यान्सरलाई बढावा दिने कुरा अहिले चर्चामा छ तर अहिलेसम्म थुनचोलीले स्तन क्यान्सर गराउँछ नै भनेर ठोकुवा गर्न सकिने स्थिति भने छैन । यसरी पक्का भइसकेको भए यसको प्रयोगलाई नै निषेध गरिन्थ्यो होला । हाम्रो शरीरमा बाहिरबाट आएका हुन् वा शरीरक्रियाको क्रममा शरीरभित्रै बनेका हुन्, केही हदसम्म विषालु पदार्थलाई निष्कासन गर्ने विशेषता हुन्छ । यसको लागि शरीरको सो भागमा रगत तथा लसिका रस


(Lymphatic Fluid) को बहाव राम्रो हुनर्ुपर्छ ता कि विषालु पदार्थ कोषलाई हानि हुने गरेर एकै स्थानमा बढी जम्मा हुन नपाओस् ।


विशेष गरेर अति नै कस्सिएको थुनचोली प्रयोग गर्दा रगत तथा लसिका रसको बहावमा बाधा पुग्ने भएको हुनाले नै यस्तो हुने देखिएको कुरा चर्चामा आएको हो । त्यसैले बेस्सरी कस्सिएको थुनचोलीको प्रयोग नगर्ने र यसलाई चौबीसै घण्टा प्रयोग नगर्ने -कम्तीमा पनि राति सुत्ने बेलामा फुकाल्ने) गरेमा पर्न सक्ने सम्भावित हानिलाई कम गर्न सकिन्छ ।


थुनचोली कसरी छान्ने ?


झट्ट हर्ेदा यो त्यति गाह्रो कुराजस्तो नलागे पनि धेरैजसो महिलाले अन्दाजको भरमा नै थुनचोली किन्ने गर्छन् । त्यसैले ठिक्क मिल्ने किसिमको किन्ने वा प्रयोग नभएको हुन सक्छ ।


स्तनलाई ठीक तरिकाले भरथेग


-क्गउउयचत) गरोस् भन्नका लागि थुनचोली ठिक्क मिल्ने किसिमको हुनु जरुरी छ । यसका लागि थुनचोलीको फित्ताको गोलाइको नाप (Band Size) तथा यसको कपको साइज पनि मिल्नुपर्छ । स्तनको आकारलाई मिल्दो गरी वर्गीकरण गरिएको स्तन तथा ब्रा


-थुनचोली)का आकारलाई आधार मान्ने हो भने  A,B,C,D and DD ( Double D) आकारका Cup Size कपको साइज) भएका थुनचोलीहरु पाइन्छन् ।  DD लाई E पनि भन्ने गरिन्छ । सामान्यरुपमा पाइनेभन्दा ठूला आकारका साइजचाहिँ  F , G , H वा अझै ठूला आकार हुन्छन् । बेलायती तथा अमेरिकी प्रणालीमा इन्चको प्रयोग हुन्छ भने अन्य युरोपेली देशमा सेन्टिमिटरको प्रयोग भएको पनि देखिन्छ । त्यसैले किन्न जाँदा कुन प्रणालीको प्रयोग भएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।


थुनचोलीको  नाप लिने तरिका


- नाप्ने फित्ताको सहयोगमा ठीक स्तनको मुनिबाट छातीको गोलाइको नाप लिनुहोस् । यस नाप बिजोडी भए ५ इन्च र जोडी भए ४ इन्च जोड्नुहोस् । जोडेर आएको संख्याले तपाईंलाई थुनचोलीको Band साइज दिने गर्दछ । उदाहरण ः ३१ं५.३६  Band Size हुन्छ ।


- अब स्तनको सबैभन्दा उभारयुक्त वा भरिलो भागबाट नाप लिनुहोस् । सामान्यताया महिलाको स्तनको मुन्टो भएको भाग नै सबैभन्दा भरिलो भाग हुने गर्छ । यसरी नाप्दा दुवै स्तनसहित गोलाइको नाप फित्ता बांगो नपारीकन लिनुपर्छ । अब  द्यबलम कष्शभ लाई अहिलेको नापबाट घटाउनुहोस् । यसले तपाईंको थुनचोलीको कप -ऋगउ)को साइज दिन्छ । उदाहरणः नाप ३८ इन्च । ३८-३६.२ अर्थात् ऋगउ साइज द्य हुन्छ । (तालिका २ हर्ेर्नुस्) 








तालिका १


पहिलो चरणः यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा


स्तनको मुन्टो मात्र उठेको हुन्छ ।


दोस्रो चरणः कोपिला ( bud)  जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको जस्तो हुन्छ ।


मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र (Aerola)  अलि ठूलो भएर आउने गर्छ


तेस्रो चरणः स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु ( Glandular Tissue ) बन्ने गर्छ । 


चौथो चरणः ब्चभयबि र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुने गर्छ । 


पाँचौं चरणः स्तन वयष्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, aerola र स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने गर्छ ।


थुनचोलीको कप साइज (तालिका २)


कप साइज      Band Bust Size           मा फरक


AA    इन्चभन्दा कम


A      १ इन्च


B      २ इन्च


C     ३ इन्च


D     ४ इन्च


DD(E)  इन्च


E(FOR DDD)  इन्च


F(G)   इनच


 


 पत्र पत्रिकाबाट संगालो


 


 


 


 


No comments: