NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, February 22, 2009

'सेना समायोजनमा मिलन विन्दु फेला पर्छ’


संवाद
स्वयंकर घोषणासम्बन्धी योजनामार्फत सरकारले निजी क्षेत्रलाई बिच्क्याएको दूरी बढाउन खोजेको आरोप नि ?
निजी क्षेत्र कति सन्तुष्ट , देश जनताप्र्रति कति जिम्मेवार बन्दै गएको सरकारलाई सहयोग गर्न कति इच्छुक भन्ने कुरा योजनामा हामीले सोचेभन्दा बढी सहभागिताबाट पनि देखियो १० अर्ब ४० करोड रुपियाँ बराबरको सम्पत्ति घोषणा भयो यो सफलताले नै त्यसकोे खण्डन गर्छ
तर, कर्मचारीहरू जोसँग अदृश्य रूपमा प्रशस्त सम्पत्ति , त्यसमाथि यो योजना केन्दि्रत एन भन्ने गुनासो नि ?
एउटाले अर्कोमाथि गुनासो गर्नु सामान्य हो आमरूपमा पहिलो चरणमा उद्यमी-व्यवसायीहरूको बढी संलग्नता रहेको पाइयो त्यसैले यस चरणमा हामीले सचेत ढंगले नै उद्यमी-व्यवसायीलाई करको दायरामा ल्याउन खोजेका हौँ अर्को चरणमा यो दायरामा नआइसकेका अन्य पेसागत समूहहरू जस्तै डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी आदिलाई करको दायरामा ल्याउने प्रक्रियामा जान्छौँ त्यसैगरी निजी स्कुलहरू, जसले आयकर तिरेका छैनन्, उनीहरूलाई पनि यस दायरामा ल्याउने प्रयत्न यो चरणमा हुन्छ
कर नतिर्ने स्कुलहरूलाई एसएलसीमा सहभागी नगराउने भन्नुभएको , के हुँदैछ ?
त्यो बजेट भाषणका क्रममा नै भनेको कुरा हो अरू सबै पक्षले लगाएका शुल्क, कर तिरे तर निजी स्कुलले अटेर गररिाखे असाध्यै गैरजिम्मेवार ढंगले कर नतिर्ने जुन काम गररिहेका छन्, उनीहरूमाथि हामीले कारबाही गर्नैपर्छ
मुलुकमा अहिले लगानीका लागि अनुकूल वातावरण ?
लगानी प्रवर्द्धन नीतिमा हामीले धेरै स्पष्टता ल्याएका छौँ सार्वजनिक-निजी साझेदारीलाई राज्यको संक्रमणकालीन अर्थतन्त्रको मुख्य आधारशीला भनेका छौँ , त्यसमा निजी क्षेत्रले प्रमुख भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा पनि हामीले प्रस्ट गरेका छौँ त्यसका निम्ति स्वदेशी विदेशी लगानीकर्तालाई स्वागत गर्ने नीति पनि घोषणा भइसकेको , आवश्यक नियम-कानुन पनि तर्जुमा गररिहेका छौँ यस स्थितिमा विस्तारै लगानीको वातावरण बन्दैछ
सन् २०११ सम्ममा १० लाख पर्यटक नेपाल ल्याउने अबको १० वर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने भन्ने योजना महत्त्वाकांक्षी भएन ? जबकि, माओवादी द्वन्द्वका दौरान दर्जनजति ठूला होटल नै बन्द भएका छन् !
पहिलो कुरा, नेपालमा जुन बेहाल अवस्था , आर्थिक रूपमा विपन्नता, परनिर्भरताको स्थिति , त्यो १० वर्षे द्वन्द्वकालमा भएको होइन माओवादी द्वन्द्व त्यसका विरुद्ध थियो द्वन्द्वपछिको अवस्थामा रििस्थति सुध्रँदै गएको हामीले १०, २० ४० वर्षेको जुन 'भिजन' अगाडि सारेका छौँ, त्यसलाई क्रमशः लागू गर्ने दिशातर्फ अग्रसर छौँ सुरुमा महत्त्वाकांक्षी ठानिएका योजनाहरू क्रमशः हामी कार्यान्वयन गर्दै जाँदैछौँ ३१ प्रतिशत राजस्व संकलन वृद्धिको जुन लक्ष्य थियो, त्यसभन्दा बढी ३२ दशमलव प्रतिशत महत्त्वाकांक्षा राख्नु नराम्रो होइन तर वस्तुवादी हुनु पर्छ त्यसलाई कार्यान्वयन गर्न इमानदारीपूर्वक लाग्नु पर्छ
विश्व ब्यांकजस्ता बहुपक्षीय दातासँग ऋण लिएको मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गएको तपाईंहरूको भनाइ रहिआएको तर पनि तिनै दाताहरूसँग फेरि पैसा मागिरहनु भएको , यो विरोधाभाषपूर्ण भएन ?
ऋण लिएर कहाँ प्रयोग गर्ने भन्ने मुख्य कुरा हो, ऋणै नलिने भन्ने होइन अर्थतन्त्रको सुरुवातदेखि नै लिने दिने भन्ने चलिरहेको ऋण लिएर आत्मनिर्भर हुनेतर्फ प्रयोग भयो भने त्यस्तो ऋण लिनु उपयुक्त हुन्छ विगतका सरकारले ऋण लिएर परनिर्भरता बढ्दै जाने, फजुल खर्च गर्ने जुन काम गरे, त्यसको हामीले विरोध गरेका हौँ अहिलेको सरकारले न्यूनतम भौतिक सामाजिक पूर्वाधार निर्माणका निम्ति केही आवश्यक रकम ऋण या अनुदानस्वरूप लिएको क्रमशः परनिर्भरता घटाउँदै लाने ऋण लिनु पर्ने अवस्थाबाट मुक्त हुने हाम्रो लक्ष्य हो
शान्तिप्रक्रिया कुन दिशामा ? हिजोका सहयात्री दलहरूबीचको मतभेद जसरी गहिरिइरहेको , कतै यसले संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्दैन ?
गर्दैन, हामी सही दिशामा नै जाँदैछौँ लोकतन्त्र भनेको एउटा प्रतिस्पर्धात्मक राजनीति गर्ने प्रणाली पनि हो त्यसो भएको हुनाले विभिन्न विचारहरूका बीच टक्कर पैदा हुनु सामान्य नै हो त्यसैले अहिले जेजस्ता परघिटनाहरू भइरहेका छन्, त्यसलाई त्यति धेरै अस्वाभाविक ठान्दिनँ तर, प्रतिगामीहरू चलखेल गर्न थालेका छन् सबै लोकतान्त्रिक शक्तिहरू एक भएर त्यसलाई हामी परास्त गर्न सक्छौँ लोकतान्त्रिक शक्तिहरू एक भएर जाने क्रम सुरु पनि भइसकेको
संविधान बन्दासम्म दलहरू सहमतिमै जाऊन् भन्ने जनचाहना थियो, प्रतिस्पर्धाले त्यसलाई बिथोलेन ?
हामीले चाहेका थियौँ, संवैधानिक रूपमै एउटा सहमति बनाएर जाऔँ अन्तरमि संविधानमा त्यो राखेका पनि थियौँ तर, संविधानसभाको निर्वाचनमा पराजित भइसकेपछि कतिपय संसद्वादी दलहरूले त्यो भावनाविपरीत गएर सत्तापक्ष प्रतिपक्ष बनेर अगाडि बढ्ने नीति लिए त्यसैले गर्दा द्वन्द्वको वातावरण सिर्जना हुन पुग्यो
माओवादीले प्रधान शत्रु मानेर कांग्रेससँग व्यवहार गरेको भन्ने कांग्रेस वृत्तमा, उसलाई हेर्ने दृष्टिकोणले दूरी बढाएको छैन ?
माओवादीले दूरी बढायो भन्ने कुरा तथ्यसंगत होइन संविधानसभाको परण्िाामलाई सहन नसकेर कांग्रेसले प्रतिपक्षमा जाने निर्णय गर्यो त्यसपछि नै अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भयो
हामीले कांग्रेस नै प्रधान शत्रु भन्ने शब्दावली प्रयोग गरेका पनि छैनौँ देशमा अग्रगामी यथास्थितिवादी शक्तिहरूबीचको जुन खालको स्वाभाविक द्वन्द्व , त्यसमा कांग्रेसले अलि यथास्थितिवादी शक्तिको प्रतिनिधित्व गर्छ


कांग्रेस नै प्रधान दुश्मन हो त्यसलाई निषेध गरेर जानु पर्छ भनेर हाम्रो पार्टीले कहिल्यै पनि भनेको छैन
पहिले तपाईंहरू लोकतान्त्रिक गणतन्त्र भन्नुहुन्थ्यो, अहिले राष्ट्रिय जनगणतन्त्रको कुरा कहाँबाट आयो ?
हाम्रो प्रतिबद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख थियो त्यसलाई यथास्थितिवादी पुरानै संसदीय गणतन्त्र बनाउने कि जनमुखी स्वाधीन गणतन्त्र बनाउने भन्ने हो माओवादी जनमुखी गणतन्त्रको पक्षमा रहनेछ भन्ने कुरा हामीले प्रतिबद्धता-पत्रमा स्पष्ट राखेका छौँ हामी त्यसबाट कत्ति पनि विचलित भएका छैनौँ यसबारेमा कसैले भ्रममा पर्नु पर्ने अवस्था छैन
फरक प्रसंग, भर्खरै चिनियाँ प्रमण्डल भारतीय विदेश सचिवको भ्रमण सकियो आपसी अन्तरद्वन्द्वका कारण नेपालमा विदेशीहरूको भूमिका बढेको भन्ने , हो ?
उनीहरू कुनै अन्तरद्वन्द्वको कारणले आएका होइनन्, यो एउटा स्वाभाविक प्रक्रिया हो अहिलेको अन्तरसम्बन्धित विश्वमा मानिसहरू आउने-जाने कुरालाई हामीले अन्यथा मान्नु हुँदैन फेर िदुइटा ठूला छिमेकी भएको हाम्रोजस्तो देशमा आफ्नो सामरकि हित अनुसार आवतजावत गर्नुलाई अन्यथा मान्ने कुरा पनि हुँदैन
भारत चीनको बीचमा रहेको अवस्थालाई प्रतिकूलता ठान्नुको बदला अनुकूलता ठान्नु पर्छ यी दुई देशको तीव्र आर्थिक वृद्धिदर ठूलो अर्थतन्त्रबाट फाइदा उठाएर हामीले देशको तीव्र आर्थिक विकास गर्ने राष्ट्रिय स्वाधीनता रक्षा गर्ने नीति लिनु पर्छ
१२ बुँदे समझदारीमा भारतको भूमिकाबारे प्रणव मुखर्जीको भनाइले भारतीय भूमिका बढेको लाग्दैन ?
त्यस्तो लाग्दैन सबैले -आफ्नो राष्ट्रिय हित स्वार्थका निम्ति गतिविधि गर्छन् त्यस्तो गनगन गन्थन गर्दै बसेर हाम्रो समस्या हल हुँदैन आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर हामी सधैँ चनाखो हुनुपर्छ एकताबद्ध भएर अघि बढ्यौँ भने मात्रै हामीले आफ्नो राष्ट्रिय हितको संरक्षण गर्न सक्छौँ
राष्ट्रियता कमजोर भएको भन्ने एकथरीको बुझाइ नि ?
हामी नेपाली राष्ट्रिय रूपमा यति सजग सचेत छौँ कि हाम्रो राष्ट्रियता त्यति सजिलै गुम्छ भन्ने लाग्दै लाग्दैन १९औँ शताब्दी एउटा उपनिवेशकाल थियो त्यतिबेला पनि अंग्रेजविरुद्ध हामी बहादुरीपूर्वक लड्यौँ देशको स्वाधीनताको रक्षा गर्यौँ पछिल्लो चरणमा जनयुद्धकालमा भोकानांगा नेपालीले जसरी हतियाबन्द लडाइँ लडेर आफ्नो मुक्ति अभियानलाई अघि बढाए, यी सबै हेर्दा नेपाली जनता राष्ट्रिय रूपमा असाध्यै सजग छन् जनता सजग भएसम्म नेपाली राष्ट्रियतालाई कसैले पनि खतरामा पार्न सक्दैन
सुगौली सन्धियता नै हाम्रो राष्ट्रियता अत्यन्तै जर्जर अवस्थामा रहँदै आएको हो त्यसबाट हामी पूर्ण रूपमा मुक्त हुन अझै बाँकी इतिहासका थुप्रै विरासतहरूलाई बिर्सिएर अहिले मात्र राष्ट्रियता कमजोर भयो भन्ने भनाइ सही होइन यो प्रतिगामी-सामन्तवादी शक्तिहरूले आफ्नो पुरानो सत्ताचाहिँ सही थियो भन्ने कुरालाई ढाकछोप गर्नलाई अघि सारएिको कुतर्क मात्र हो
कमजोर बनाउने प्रयास भइरहेको कि छैन, के लाग्छ ?
कमजोर बनाउने प्रयास सधैँ हुन्छ, जहाँ पनि हुन्छ तर, आफू बलियो हुने प्रयत्न हामीले गर्नु पर्छ बाह्य शक्तिहरूले आफ्नो स्वार्थका लागि आक्रमण गर्छन्, त्यसको प्रतिरोध गर्ने क्षमता राख्नु पर्छ आफ्नो स्वाधीनताको रक्षा गर्नु पर्छ
अहिले सेना रक्षा मन्त्रालय दुवैतर्फबाट चर्का कुरा मात्र भइरहेका छन्, मिलाउने प्रयत्न किन नगरिएको ?
सरकार बडो जिम्मेवारीपूर्ण ढंगले काम गररिहेको सरकारका सबै अंगहरूका बीचमा समन्वय गरेर जाने नै हाम्रो नीति , लोकतान्त्रिक प्रणालीमा सेनालगायत प्रशासनका सबै संयन्त्रहरूले जनअनुमोदित निर्वाचित सरकारको सर्वोच्चतालाई मानेर जानुपर्छ त्यसलाई मान्न आनाकानी गर्ने केही व्यक्तिहरूसँग त्यस्तो पर्न सक्छ तर आमरूपमा कुनै संस्था विशेषसँग त्यस्तो अन्तरविरोध छैन
रक्षामन्त्रीले संसद्मा गएर प्रधानसेनापतिले आदेश नमानेको भनेर बोलिसक्नु भो नि !
संसद्मा यस्ता विषयमा छलफल गर्ने कुरा सामान्य नै हुन् तर, कतिपय मान्छेचाहिँ सामान्य विवादलाई चर्काएर अतिरञ्जित ढंगले प्रस्तुत गर्ने जुन प्रयत्न गररिहेका छन्, त्यसबाट हामी विचलित हुनु हुँदैन
व्यक्तिविशेषका विवादहरू आउन सक्छन् तर, संस्था विशेषमा कुनै त्यस्तो विवाद छैन सेना सरकारका बीचमा कुनै विवाद छैन सेनाका केही मान्छेहरूमा जुन निरंकुशतावादी धङधङी , त्यसका अवशेषहरू देखिन सक्छन् त्यसबाट बढी उत्तेजित हुन आवश्यक छैन
माओवादी सेनाको समायोजन गर्दा उनीहरूलाई नेपाली सेनामा कसरी प्रवेश गराउने ?
बृहत् शान्ति सम्झौता अनुसार नै हामी सबै जानु पर्छ त्यसको शब्द भावनाको कदर गर्यौँ भने सेना समायोजनको प्रश्न सहजै हल हुन्छ त्यसै अनुरूप मन्त्रिमण्डलले विशेष समिति बनाएको त्यही समितिले सेना समायोजनसम्बन्धी सबै कुरो टुंगो लगाउँछ, त्यसलाई सबैले मानेर जानु पर्छ
त्यसो भए समूहगत या व्यक्तिगत भन्ने कुरामा बहस गर्नु उपयुक्त छैन ?
त्यो विशेष समितिमै छलफल हुन्छ उसैले टुंगो लगाउँछ
तपाइर्ंको पार्टीबाट समूहगत प्रवेशकै कुरा आइरहेको नि ?
बहस-छलफल हुनु स्वाभाविक हो टेबलमा बसेर छलफल गर्दा आफ्नो पक्षलाई बल पुर्याउने ढंगले तर्क प्रस्तुत गर्नु स्वाभाविक प्रक्रिया हो तर, सहमति कायम गर्ने भनेपछि कुनै बीचको ठाउँ खोज्नैपर्ने हुन्छ दुवै पक्षलाई मान्य हुने ढंगको बाटो खोज्नु पर्छ सेना समायोजनको प्रश्नमा पनि त्यसरी नै एउटा मिलन विन्दु फेला पर्छ सेना समायोजन भएर शान्ति प्रक्रिया एउटा तार्किक निष्कर्षमा पुग्छ पुर्याउनु पर्छ
नेपालबाट साबार

माओवादी युद्ध कलेज खोल्दै


पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, १० फागुन
2009-02-22,Sunday


माओवादी जनमुक्ति सेनाले स्टाफ कलेज र 'वार' कलेज सञ्चालन गर्ने भएको छ । जनसेनालाई नेपाली सेनासरह व्यावसायिक बनाउन कलेज सञ्चालन गर्न लागिएको उसले जनाएको छ ।

१४ भागको पाठ्यक्रम, सहरी युद्धसमेत समेटिने
'जनमुक्ति सेनालाई दक्ष बनाउन काठमाडौंमा स्टाफ कलेज सञ्चालन गर्ने तयारीमा छौँ,' जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेवले नयाँ पत्रिकासँग भने । बलदेवका अनुसार जनसैन्य प्रतिष्ठानले तयार गरेको पाठ्यक्रम स्टाफ कलेजमा पढाइनेछ ।
'वार कलेजको अवधारणा पनि लागू गर्ने हाम्रो योजना छ,' उनले भने, 'स्टाफ कलेजमा सैद्धान्तिक कुरा मात्रै सिकाइन्छ, तर वार कलेजमा सैद्धान्तिक र व्यावहारिक दुवै ।' जनयुद्धकालमै वार कलेजको कोर्स तयारी भएको उनको भनाइ छ ।

नन्दकिशोर पुन पासाङको नेतृत्वमा रहेको जनसैन्य प्रतिष्ठानले १४ भागको वार कलेज कोर्स तयार गरेको छ । त्यसमा सहरी युद्धको समेत पाठ्यक्रम समेटिएको बलदेवले जानकारी दिए । प्रतिष्ठानको केन्द्रीय कार्यालय नवलपरासीको हात्तीखोरस्थित चौथो डिभिजनअन्तर्गतको परिवर्तन स्मृति बि्रगेडमा रहेको छ ।

छापामार युद्ध सञ्चालन, चलायमान मोर्चा र त्यसको विकसित स्वरूप, सानो टुकडीले कसरी आक्रमण गर्नेलगायतका विषय कोर्समा समेटिएको उनले बताए ।
बलदेवका अनुसार वार कलेज कोर्स जुनियर अधिकृत र जनसेनाका सदस्यका लागि तथा स्टाफ कलेज कोर्स बि्रगेड, सहकमान्डर र त्यसभन्दा माथि डिभिजन कमान्डरसम्मका लागि हुनेछ । 'हामीले अफिसर कोर्स, इन्फेन्ट्री कोर्स, सप्लाइ कोर्स, निर्माण कोर्स, लजिस्टिक कोर्ससमेत समावेश गरेका छौँ,' बलदेवले भने । यी कोर्समा युद्धमा बम निर्माण, बम तथा सामान आपूर्ति, लत्ताकपडा व्यवस्थापनसँग सम्बन्धित विषय जनसेनालाई सिकाइन्ोछ । बलदेवका अनुसार जनसेनाले हाल आर्टिलरी र इन्फेन्ट्री बटालियन स्थापना गरिसकेको छ ।
राजनीतिक दलका नेताहरूको प्रतिक्रिया, विविध राजनीतिक गतिविधि एवं वैदेशिक चासोका बारेमा अध्ययन/विश्लेषण गर्न जनसेनाको गुप्तचर विभाग सक्रिय रहेको छ । 'यो पहिलेदेखि नै थियो, अहिले पनि सक्रिय छ,' बलदेवले भने ।

जनमुक्ति सेनाले गत वर्षको १ फागुनदेखि यस वर्षसम्मलाई तालिम वर्षका रूपमा लिएको र अब पूर्ण व्यावसायिक बन्न लागेको बलदेवको भनाइ छ । 'हामी डेपुटी कमान्डर, कमान्डरले समेत विभिन्न सैन्य तालिम लियौँ,' उनले भने ।
जनसेनालाई पार्टीको कमान्डबाट क्रमशः अलग गरिँदै लैजानेसमेत बलदेवले बताए । 'जनसेना अब सेना समायोजनसम्बन्धी विशेष समितिअन्तर्गत रहन्छ, पार्टीको फ्याक्सन वा कमान्डबाट अलग्गिन्छ,'
उनले भने ।

हेलिकोप्टर माग
हतियार तथा सामग्री अभावका कारण पर्याप्त तालिम गर्न नसकिएको गुनासो जनमुक्ति सेनाको छ । उसले सरकारसँग हेलिकोप्टरको मागसमेत गरेको छ । 'तालिमसँग बुलेट, हतियार पनि छैन, हतियार चलाउने अनुमति पनि सम्झौतामा छैन,' बलदेवले भने, 'काठका डमी हतियार बनाएर तालिम दिइरहेका छौँ ।'

जनसेनाका सदस्य तथा कमान्डरहरूको तलब समान रहेका कारण दज्र्यानी चिह्न नलगाइएको बलदेवले बताए । 'सरकारसँग तलबको माग गरेका छौँ, पदअनुसारको तलबको व्यवस्था भएपछि मात्रै त्यहीअनुसार दज्र्यानी चिह्न लगाउँछौँ,' उनले भने । ०६० सालमै दज्र्यानी चिह्नसम्बन्धी अवधारणा बनाइएको तर युद्धकालमा कमान्डरको पहिचान हुँदा सुरक्षामा खतरा हुने त्रासका कारण नलगाइएको उनको भनाइ छ । बलदेवका अनुसार नेपालका जाति, क्षेत्र, वर्ग र माओवादीको विचारसमेत समेटेर जनसेनाका सबै तहका लागि फुली छुट्टयाइएको छ र त्यससम्बन्धी निर्णय जनरल स्टाफको बैठकले गर्नेछ ।

बटालियनस्तरमा समायोजन
सेना समायोजनका क्रममा आफ्ना बटालियनस्तरसम्म सामूहिक समायोजन गर्नुपर्ने जनमुक्ति सेनाको धारणा छ । 'सकेसम्म बि्रगेडस्तरमै समायोजन गर्ने कोसिस हुनेछ,' डेपुटी कमान्डर बलदेवले भने, 'बटालियनभन्दा तल समायोजन हुन सक्दैन । व्यक्तिगत रूपमा समायोजन गर्ने त प्रश्नै आउँदैन ।'

नयाँ सेनाको उच्च तहमा समानुपातिक रूपमा दुवै सेनाका कमान्डरहरू रहनुपर्नेमा उनले जोड दिए । 'तर सबैको कमान्ड एउटै रहनुपर्छ, आ-आफ्ना फौजको कमान्ड आफ्ना कमान्डरले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,' बलदेवले भने, 'यससम्बन्धी धारणा विशेष समितिले नै बनाउनेछ ।' उनले सेनाको संख्या प्याकेज बनाएर घटाउनुपर्ने पनि बताए । 'एउटा अवधारणा बनाएर सेनाको संख्या ३० हजारजति बनाए पुग्छ,' उनले भने, 'त्यसमा नेपाली सेना र जनमुक्ति सेना दुवैको संख्या समानुपातिक रूपमा घटाउनुपर्नेर्छ ।'

'झन्डै चोरे मिर्गौला


कलेन्द्र सेजुवाल/नयाँ पत्रिका
सुर्खेत, १० फागुन
2009-02-22,Sunday


वैदेशिक रोजगारी दिलाउने बहानामा भारत लगिएकी एक किशोरी आफ्नो मिर्गौला झिक्न लागिएको थाहा पाएपछि भागेर घर आएकी छिन् । दिल्ली पुर्‍याइएको एक सातापछि उनले आफ्नो मिर्गौला झिक्ने षड्यन्त्र थाहा पाएकी थिइन् ।

सुर्खेत छिन्चुकी १५ वर्षीया केसकुमारी रावत मूलप्रवाह अखिल भारतीय एकता समाजको सहयोगमा शनिबार घर फर्केकी हुन् । घर-परिवारलाई प्रलोभनमा पारेर उनलाई ८ माघमा दिल्ली लगिएको थियो । ठूलो कमाइ हुने आशामा केसकुमारीका बाबु खड्कबहादुर आफैंले छोरीलाई दिल्लीमा छाडेर आएका थिए ।

चितवन गितानगर-९ घर भई दिल्लीस्थित साउदी दूतावासमा ड्राइभरमा कार्यरत विष्णु ढकाल र बर्दिया तारातालका वसन्त बञ्जाडेको मिलेमतोमा आफ्नो मिर्गौला झिक्ने प्रयास भएको बालिकाले बताइन् । बञ्जाडे केसकुमारीका भिनाजु पर्छन् ।

दिल्लीसम्म पुर्‍याउन केसकुमारीका बुबा खड्कबहादुर पनि गएका थिए । तर, त्यहाँ पुगेको तीन दिनपछि ढकालले खड्कबहादुर र बञ्जाडेलाई फिर्ता पठाए । बुबा र भिनाजु फर्किएपछि स्वास्थ्य परीक्षण गर्ने भन्दै ढकालले विभिन्न मेडिकलमा लग्न थालेको केसकुमारीले बताइन् ।
सोही क्रममा एउटा मेडिकलमा डाक्टरले 'तिम्रो किड्नी झिक्नुपर्छ, के गर्छौ ?' भनेर सोधेपछि आफूमाथि षड्यन्त्र भएको चाल पाइन् ।

'त्यो दिन मलाई १२ नम्बर बेडमा भर्ना गरिएको थियो, डाक्टरले आएर किड्नी झिक्ने कुरा गरेपछि म चिच्याउँदै बाहिर निस्किएँ,' केसकुमारीले भनिन्, 'त्यहाँ नजिकै केही नेपाली बस्दा रहेछन्, उनीहरूले मलाई एकता समाजका मान्छेसँग बुझाए ।'

त्यसअघि आफूलाई विभिन्न पाँचवटा मेडिकलमा लगेर रगत जाँच गराएको उनले बताइन् । तीमध्ये स्यांगी मेडिकलको नाममात्र उनलाई याद छ । केसकुमारीका अनुसार मेडिकलबाट बाहिरिएपछि ढकालले उनलाई गाली गरेका थिए । उनले 'मैले पनि किड्नी झिकेको छु, केही फरक पर्दैन' भन्दै हकारेको केसकुमारीले बताइन् । यद्यपि, उनी त्यहाँ नरोकिई नेपालीको सम्पर्कमा पुगिन् ।

'त्यसको भोलिपल्टै म र एकता समाजका मान्छेहरू उनको डेरा गयाँ, तर उनी डेरा सरिसकेका रहेछन्,' उनले भनिन्, 'पाँचवटा मोबाइल नम्बर दिएका थिए, अहिले सबै स्विच अफ छन् ।'
एकता समाजले केसकुमारीलाई राष्ट्रिय जनमोर्चा सुर्खेतमार्फत परिवारलाई हस्तान्तरण गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गरिबीको फाइदा उठाउँदै नेपाली चेली र उनीहरूका अंगप्रत्यांग बेचविखन गर्नेलाई कारबाही गरिनुपर्ने बताए ।

छिन्चुबाट छोरी बुझ्न आएका खड्कबहादुरले जिउँदै मर्न लागेकी छोरी फर्किएकोमा खुसी व्यक्त गरे । उनले भने, 'नाता पर्ने मान्छेले नै राम्रो कमाइ हुन्छ भनेपछि ऋणजोहो गरेर छोरीलाई पठाएँ, तर दुष्टहरूले अर्कै षड्यन्त्र गरेछन् ।' उनले मिर्गौला बेचविखनमा संलग्नलाई कारबाही गरी उनीहरूबाट आफ्नो रकम असुलउपर गराउन माग गरेका छन् । विदेश पठाउने शुल्कस्वरूप बञ्जाडेलाई ३० हजार रुपैयाँ दिएको उनले बताए ।

किशोरी भन्छिन् :
म शारदा मावि छिन्चुमा सात कक्षामा पढ्छु । घरको आर्थिक अवस्था कमजोर छ । आमा-बुबालाई सधैं कति दुःख दिने भन्ने चिन्ता लागिरहन्छ । एक दिन भिनाजु नाता पर्ने वसन्त बञ्जाडेले मलाई विदेश जाने कुरा गरे । सुरुमा त पत्यार लागेन । तर, उनले 'त्यहाँ गएपछि टन्नै पैसा कमाइन्छ, जीवन बन्छ, घरमा पनि राम्रो हुन्छ' भनेर फकाए । उनले घरमा आमा-बुबासँग पनि कुरा गरेँ । त्यति भएपछि मैले ठीकै छ भनेर सहमति जनाएँ ।

पहिलोपटक हामी मंसिर २५ गते बर्दियाको मुर्तिया नाकाबाट दिल्ली गयाँ । नाकामा प्रहरीले सोधेपछि बञ्जाडेले 'बिरामी हो, जाँच गर्न जाने' भनेर कागजपत्र देखाए । दिल्ली पुगेपछि मलाई विष्णु ढकालको डेरामा राखियो । १५ दिन बित्यो, तर उड्ने निश्चित भएन । अन्तिममा 'तिम्रो किड्नी खराब छ, उपचार गर्नुपर्छ' भनेर नेपाल पठाए ।

बञ्जाडेले मलाई दोस्रोपटक माघ ८ गते दिल्ली लगे । त्यतिवेला बुबा पनि सँगै जानुभयो । तर, त्यहाँ पुगेको तीन दिनसम्म पनि टिकट नभएपछि विष्णु ढकालले 'यहाँ बसेर काम छैन, बेकार खर्च किन बढाउने' भन्दै बुबालाई नेपाल फर्किन लगाए ।

त्यसपछि भने मलाई ढकालले चेक गर्नुपर्छ भन्दै दिल्लीका विभिन्न मेडिकलमा लग्यो । करिब पाँच ठाउँमा लग्यो होला । तर, स्यांगी मेडिकलको नाममात्र याद छ । जता लगे पनि रगतमात्र निकाल्थे, केही भन्दैनथे । अन्तिममा मलाई एउटा मेडिकलमा लगेर भर्ना गरियो । मेडिकलको नाम याद भएन, तर बेड नं. १२ मा राखिएको थियो । विष्णु बाहिरै उभिएका थिए, डाक्टर आएर 'तिम्रो किड्नी झिक्नुपर्छ, के भन्छौ ?' भनेर सोधे । त्यसपछि म झिक्दिन भन्दै चिच्याएँ । र, बेडबाट उठेर बाहिर निस्किएँ । म बाहिर आएपछि विष्णुले निकै गाली गर्‍यो । 'मेरो पनि झिकेको छु' केही फरक पर्दैन भनेर सम्झाउन पनि खोज्यो । तर, म ठूल्ठूलो स्वरमा रुन थालेपछि ऊ भाग्यो ।

नजिकै केही नेपाली दिदी र दाइहरू बस्दा रहेछन् । उनीहरूले मलाई आफूसँग लगे । र, उनीहरूले नै एकता समाज (मूलप्रवाह अखिल भारतीय एकता समाज) सँग सम्पर्क गरेर मलाई बुझाए । म एकता समाजकै सहयोगमा नेपाल (घर) फर्किएँ । मैले आफूलाई नयाँ जीवन पाएको महसुस गरेकी छु ।

आफ्नै गाडी सर्रर


2009-02-22,Sunday


सुटिङमा जान युनिटको गाडी कुर्ने झन्झटबाट मुक्त छिन् अभिनेत्री झरना थापा । आफ्नै सवारीसाधन भएकाले समयको समेत बचत भएको महसुस गरेकी छिन् उनले । भन्छिन्, 'धेरै सजिलो भएको छ, आफ्नै सेड्युलअनुसार काम गर्न पाइन्छ गाडी कतिवेला आउला भनेर कुरिरहनु पर्दैन ।'

काठमाडौंको सडक साँघुरो भएर के भो त ! गाडीमा हुइँकिने कलाकारहरू बढ्दै छन्
तीन वर्षदेखि 'भिटारा सुजुकी' जिप प्रयोग गर्दै आएकी झरना उपत्यकाबाहिर सुटिङमा पनि आफ्नै गाडीमा हिँड्छिन् सर्रर । 'पोखरा त धेरैपटक एक्लै गएकी छु, अस्ति भर्खर दाङ पुगेर आएँ,' उनले सुनाइन् । फोरहि्वल भएकाले जुनसुकै स्थानमा जान सजिलो भएको अनुभूति गरेकी रहिछन् यी हिरोइनले । उनलाई लाग्छ नेपालमा जिप स्टाइलको गाडीको फाइदा निकै छ । अग्निसाक्षी, विदाइ, महान्लगायत फिल्मका केही सिनमा पनि देखिएको छ उनको सवारीसाधन । आफ्नो गाडीमा अभिनय गर्दा रमाइलो लाग्छ, हो ? झरना मुस्कुराउँदै भन्छिन्, 'आफैंले चलाउँदै आएको गाडी भएपछि अलि सहज हुन्छ ।'

अभिनेता निखिल उप्रेती पनि फोरहि्वल गाडी हाँक्छन् । 'डाइहाटस् टेरिस' गाडी हाँक्दै आएका निखिललाई लाग्छ नेपालको भूगोलअनुसार फोरहि्वल गाडी ठीक छ । आफ्नो घर काठमाडौंबाहिर भएकाले पनि घर जान-आउन सजिलो होस् भनेर फोरहि्वल मोटर किनेका निखिलले एक वर्षअघि ३० लाख तिरेको सुनाए । भन्छन्, 'मलाई घाटा छैन अहिले मोल बढेर ३७ लाख पुगेको छ ।' सोही ब्रान्डको पुरानो मोडलको गाडी प्रयोग गर्दै आएका निखिलले एक वर्षअघि मात्रै ००८ मोडलको गाडी खरिद गरेका थिए ।

उक्त साधनमा सयर गर्दा आराम महसुस हुने सुनाए निखिलले । फोरहि्वल भए पनि ठिक्कको साइज भएकाले काठमाडौंका साँघुरा सहरमा पनि सजिलै हिँड्न सकिने र पार्किङमा समस्या नहुने अनुभव गरेका छन् निखिलले ? तपाईसँग कसैले कुन गाडी किनौं भनेर सोध्यो भने डाइहाट्स सिफारिस गर्नुहुन्छ ? निखिल भन्छन्, 'म कम्पनीको मान्छे होइन, तर पनि मेरो गाडीको विषेशता मज्जाले बताइदिन्छु ।'

पपगायक धीरज राईले मारुती '८००' बाट चारपांग्रे सवारीसाधन प्रयोग सुरु गरेका थिए । डेढ वर्षजति मारुती चलाएका धीरजले हालै सोही ब्रान्डको नयाँ मोडलको 'मारुती जेन' किनेका छन् । काठमाडौंका साँघुरा सडकका लागि आफ्नो गाडी सजिलो भएको धारणा राख्ने धीरजले माइलेज पनि राम्रो भएको बताए ।

सवारीसाधनमा सौखिन हिरोका रूपमा चिनिन्छन् भुवन केसी । नयाँ मोडलको गाडी देख्नेबित्तिकै आँखा लगाइहाल्ने भुवनले गाडी आफ्नो सोख नभएर बाध्यता भएको बताए । अभिनयकर्ममा सक्रिय कलाकारमध्ये मह जोडी, नायक राजेश हमाल, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, धिरेन शाक्यलगायतले निजी सवारीसाधन प्रयोग गर्दै आएका छन् । तर, धेरैजसो नायिकाको निजी सवारीसाधन छैन । फिल्मीकर्मीको सूचीमा 'हट हिरोइन' मानिने रेखा थापासँग इटालियन ब्रान्डको फेट् पिलो कार छ, सिल्भर कलरको । गाडी किन्नुको कारण ? रेखा हाकाहाकी भन्छिन्, 'मैले त सोखका लागि गाडी किनेँ ।' अर्को पनि कारण सुनाइन्, 'ट्याक्सी चढ्दा पैसा पनि धेरै खर्च हुन्थ्यो र भनेको वेलामा पाइँदैनथ्यो ।' पहिला रातो रङको अल्टो कार थियो उनसँग । अल्टोगाडी सार्‍है सानो भएकाले नयाँ हेब्बी कार किनेको सुनाइन् ।

गाडी हुनुको फाइदा र बेफाइदा दुवै अनुभव गरेकी छिन् उनले । राजधानी सहरमा आफ्नै गाडी हुइँकिदा मज्जा आए पनि वेलावेला इन्धनको सर्टेज हुँदा सार्‍है दिक्क लाग्छ उनलाई । अर्को बेफाइदाको कुरा गरिन्, 'गाडी रोकेर सुटिङमा गयो बेलुका आउँदा कोरेको डाम देखिन्छ । कतिले त गाडीमा नङले कोरेर 'आइलभ यू' लेखिदिने गरेको गुनासो गरिन् ।
saabar naya patrikaa

Friday, February 20, 2009

अनुहारको सौन्दर्य अनुपात



2009-02-20,Friday


आजभोलि अनुहार र शरीरको सौन्दर्य हेरेर उसको व्यक्तित्व अनुमान गर्ने गरिन्छ । यस कारण आफ्नो व्यक्तित्वबारे चासो राख्नेहरू शारीरिक आकर्षणमा विश्वास गर्छन् भन्दा फरक पर्दैन । अझ, कतिपयले त भन्ने गरेका छन्, 'करिअर'मा पनि रूपको भूमिका महत्त्वपूर्ण छ । जुन किशोरी स्मार्ट छे, उसले अरूको तुलनामा चाँडो जागिर पाउँछे । अरू उपलब्धिमूलक कामका लागि पनि रूपले सघाउँछ नै ।'

पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन्, युवती सुन्दरी भए उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ
'शारीरिक आकर्षणको मनोविज्ञान' पुस्तकका लेखक युनिभर्सिटी कलेज लन्डनका विकासमुलक मनोविज्ञ डा. एडि्रयान र्फनह्यामले पनि 'करिअर'मा रूप पनि महत्त्वपूर्ण हुने स्विकारेका छन् । उनी भन्छन्, 'कुनै पनि केटाकेटी एक-अर्काप्रति आकर्षण हुने पहिलो आधार उसको सौन्दर्य हो ।' उनको अध्ययनले भन्छन्, 'आर्थिक रूपमा सक्षम विश्वका ४६ प्रतिशत महिला नियमित फेसियल गर्छन् ।' पुरुषहरू पनि सौन्दर्यप्रति निकै चनाखो हुँदै गएका छन् । डा. एडि्रयान अगाडि थप्छन्, 'पुरुषहरू पनि क्रमशः सौन्दर्य सामग्रीमा खर्च गर्न रमाउँदै छन् ।'

कतिपय वैज्ञानिकले सुन्दरताको सिद्धान्त डर्बिनको सिद्धान्तसँग आधारित भएको दाबीसमेत गरेका छन् । पछिल्लो मान्यताअनुसार अचेलका पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन् । युवती सुन्दर भई भने उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ । यौवन, स्वास्थ्य र प्रजनन्का विषयमा पुरुषले ध्यान दिन थालेपछि युवतीहरूले आफूलाई सक्षम बनाउन चाहन्छन् ।

राम्री युवती भन्नेबित्तिकै वर्णको रङलाई आधार मान्नु हुँदैन । उचाइअनुसारको तौल र अन्य शारीरिक बनावट हुनुपर्छ । वेस्ट हिप रेसियो (डब्लुएचआर) र कम्बर, नितम्ब र बडी मास इन्डेक्स (बिएमआई) हुनुपर्छ, जसको उचाइअनुसार कम्बर, नितम्ब र छाती हुन्छ, ऊ अरूभन्दा राम्री देखिन्छे । उचाइअनुसार शरीरका अरू अंगको विकास नभए पनि व्यायाम र सौन्दर्य प्रसाधन सामग्रीबाट विकास गर्न सकिने वैज्ञानिकहरूको राय छ ।

सौन्दर्यकै कारण चर्चामा रहेका केही महिलामा यस्ता गुण थिए । विनस डि मेलोदेखि मर्लिन मुनरोसम्म यी गुणले पूर्ण थिए । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर डा. देवेन्द्र सिंहका अनुसार ९० को दशकमा प्लेब्वाई मोडल र अमेरिकी सौन्दर्य प्रतियोगितामा भाग लिने सुन्दरीको शारीरिक सौन्दर्य मापन डब्लुएचआरकै आधारमा गरिएको थियो ।

अधिकांश महिलाको डब्लुएचआर ०.७ देखि १.० को अनुपातमा हुन्छ । ०.७ देखि ०.८ लाई सबैभन्दा आकर्षक मानिन्छ । पातली महिलाको डब्लुएचआर कम हुन्छ त्यसो भन्दैमा डराउनुपर्दैन । नितम्बअनुसार कम्मर पनि सानै हुनेहुँदा राम्रो देखिन्छ । हाम्रो शरीरको सबै अंगको एक-अर्कोसँग सम्बन्ध हुन्छ र राम्रो देखिनमा निणर्ायक भूमिका एउटै मात्रै अंगले गर्दैन । आँखा, नाक या मुख राम्रो हँुदैमा कोही राम्रो हँुदैन राम्रो देखिन सबै अंग मिलेको हुनुपर्छ । सौन्दर्यको सिधा प्रभाव मस्तिष्कसँग हुने दाबी गरेका छन् सौन्दर्यविद्ले । कुनै पनि राम्रो वस्तु हेरेपछि मस्तिष्कमा त्यसको सकारात्मक प्रभाव पर्ने भएकाले पनि रामै चिज हेर्न चाहने मानवीय स्वभाव रहेको धारणा राख्छन् सौन्दर्यविद् ।
अनुहारको आकार
राम्रो अनुहार कस्तो हो भनेर आफैंले छुट्टयाउन सकिन्छ । यसका लागि आफ्नो अनुहारवरिपरि पेन्सिलले घेरा बनाउन सकिन्छ । आँखीभौंभन्दा आधा इन्च माथिबाट सुरु गरेर लाइन तान्नुपर्छ, त्यसपछि कानको छेउ हुँदै चिउडोमा पुर्‍याउनुपर्छ, दुवैतिरबाट तानेको लाइन जोड्दा मुटु-आकार आयो भयो भने तपाईले आफ्नो अनुहार राम्रो रहेछ भन्ठाने हुन्छ ।


राम्रा आँखा
राम्रो आँखा त्यो हो, जसले तपाईंको अनुहारको ३० प्रतिशत हिस्सा ओगेको हुनुपर्छ । अँाखीभौं र परेलाले पनि आँखाको सौन्दर्य घटाउन/बढाउन सहयोग पुर्‍याउँछन् । आँखीभौंको रौं मिलाएर राख्यो भने सानो आँखालाई पनि ठूलो देखाउन सकिन्छ ।

आदर्श नाक
शरीरका सम्पूर्ण अंगमध्ये नाकको पनि आपनै महत्त्व छ । नाक शरीरको पूरै आकारको पाँच प्रतिशतबराबर हुनु राम्रो मानिन्छ । नाकको डाँडी परेलाको हाराहारी हुनु आकर्षक मानिन्छ ।

मुखको सुन्दरता
आदर्श मुख जहिले पनि हल्का खुलेको हुनुपर्छ । ओठ पनि त्यत्तिकै राम्रो हुनु जरुरी छ । चुप लागेर बस्दा ओठको चापबाट अगाडिको दुईटा दाँत हल्का देखियो भने राम्रो मान्न सकिन्छ ।
saabar nayapatrika

Tuesday, February 17, 2009

ब्लड ग्रुप ले पनि तपाईंको पोल खुल्न सक्छ ।

तपाईंलाई आफनो कुनै साथीको मानिसको बानिको बारेमा थाहा पाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईं आफनो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ । जापानिज ईन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मनिषाको बिचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ । यहाँ रतत समुह सँग सम्बन्धित केही बानिको बारेमा दीइएको छ ।
ग्रुप O : संसारका सबैभन्दा बढी मनिषामा यो रगत समुह पाईन्छ । 0- र ओ+ गरी कारीब ४७ प्रतिसत मनिषामा यो रगत समुह रहेको हुन्छ । जसमा ४० प्रतिसत जती ओ+ र यू प्रतिसत जतिमा ओ- रहेको हुन्छ । यो रगत समुहका मनिषाहरु नेत्रितो गर्न चाहना राम्रो तथा प्रभुत्तो भएको हुन्छ । आफुले सुरु गरेको कामा फत्ते गरी छाड्ने सत्यतामा विश्वाश गर्ने , मायालु र आत्म विश्वाश ले भरिएका हुन्छन । भने यो रगत समुह भएका मानिसहरुको कम्जोरी भनेको दाहा गर्ने बानी र धेरै प्रतिस्प्राधात्मक हुन खोज्ने भएकोले अनुसन्धानको क्रम पाइएको थियो ।
ग्रुप A: यो रगत समुह कारीब ४० प्रतिसत मनिषाहरुमा हुन्छ । जस्मा ३४ प्रतिसत अ+र एस् प्रतिसतमा अ- पाईन्छ । यो रगत समुह भएका मनिषाहरु शान्त र सामाजिक खालको अरु सँग कामा गर्न मान्परौने सेन्सेतिव र कम्जोरिको रुपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएको हुन्छन ।
ग्रुप B: यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ । जसमा कारीब ८ प्रतिसत ब्+र १ प्रतिसत मा मात्र बि- हुन्छ । यो रगत समुह भएका मानिसहरु एकल काटे , जे पनि एकलैइ गर्न चाहने रचनात्मक खुबी भएमा झुक्न सक्ने खुबी भएमा हुन्चन । जसले गर्दा कहिले काही काम बिग्रिन समेत सक्छ ।
ग्रुप AB : यो मानिसमा पाइने सबैभन्द कम पाइने रगत समुह हो । यो ४ प्रतिसत मात्र पाईन्छ । जस्मा ३ प्रतिसत अ बि+ र १ प्रतिसत अ बि- पाईन्छ । यो रगत समुह भएमा मानिसहरु नरम, कन्ट्रोललेद र ठट्टा रमाइलो गर्ने खाल्का हुन्चन । तर निर्णये गर्ने खुबिको कमी हुन्छ ।

Monday, February 16, 2009

जीवन साथिलाई पत्र हैप्पी प्रेम दिवसको शुभकामना

आदरणिय कमल
!हजुरको चरणकमलमा शिर निहुराइ ढोग !!
अहिले यो ल्यापटपको सामुन्ने बसेर हजुरलाई पत्र कोरिरहदाको समय सम्मा आराम रहेको खबर सुनाउदै हजुर लगायत मेरो ति दुई कोपिला अनी सम्पूर्ण परिवारमा सधैं आरामा रहिनै रहोस भन्दै उनै दयालु भगवान श्री पशुपतीनाथ सँग प्रथाना गर्दछु । हजुर देखी सात समुन्द्र टाढा रहेकी हजुरको जिबन सङिनीको तर्फबाट यो प्रेम दिबसको उपहार स्वोरुप यही अक्ष्यर रुपी मायाले भरिएका भावनाहरुलाई सँगालेर पठाएकी छु । यसैलाई सबै कुरा मानेर स्विकार्नुस् ल ।हजुरबाट यसरी ताढिएको पनि झन्नै चार बर्ष लागि सकेछ । हाम्रो बाद्यता भनु या हाम्रो कम्जोरी सँगै बस्ने हाम्रो रहरहरुलाई सम्झौता गर्दै भोलिको सुनौलो भबिस्यको लागि हजुरले मलाई बिदेश जाने अबसर प्रदान गर्नु भयो । यो मेरो जिबनको धेरै नै ठुलो अनी अन्मोल अबसर भएको छ । हजुर बाट यसरी टाढा रहेर बस्नु पर्दाको हरेक पल मेरो लागि म्रुत्यु समान भये पनि मैले हासी हासी स्विकारेको छु । हाम्रो ति बल्ल फुल्न लागेका दुई कोपिलाको भबिस्यको लागि हजुरले आफ्नै स्थान बाट दु:ख गर्दै हुनुन्छ अनी मैले मेरो स्थान बाट । मैले हजुरको काधमा भएको त्यो ठुलो जिम्बेबरिलाई अलिकती काम गर्न सक्छु कि भन्ने सोचले नै मैले बिदेशिने इच्छा बनाएकी हुँ । मेरो इच्छालाई हजुरले शहर्स स्विकार गरी म प्रती गर्नु भएको आगाध विश्वासलाई कहिले पनि डग्मगाउन दिने छैन । हजुरले म प्रति गर्नु भएको त्यो ठुलो विश्वाश अनी माया नै मेरोको सक्तिले नै आज मैले केही हद सम्मा सफलता पाएकी छु ।हजुरले आफ्नु घर परिवारलाई रेखा देख गरी मलाई यसरी बाहिर बसेर काम गर्नु दिनु भएकोमा मेरो नजरमा हजुर धेरै नै आदरणिय हुनु भएको छ । मैले जसरी आफ्नु परिवारबाट विश्वास अनी माया पाएर काम गर्न पाउने महिला कम नै होलान । त्यही भएर मैले आफुले आफुलाई धेरै नै भाग्यमानी सम्झेको छु । मलाई थाहा छ म बाट छुट्टीएर एकलाई बस्नु पर्दाको पिडा हजुरले कसरी लुकाउनु भएको छ भन्ने । जब हजुरले मलाई फोन गर्नु हुन्छ या अन्लाईनमा कुरा गर्नु हुन्छ हजुरको हरेक शब्द पिच्छे पिडा लुकेको आभास हुन्छ मलाई । तर यस्तो भएको छ भनेर कहिले पनि भन्नु भएको छैन ।
किन कि हजुर कहिले पनि मलाई बिचलन भएको देख्न सक्नु हुन्न र सुन्न पनि सक्नु हुन्न । तर के गर्नु त खै बाबा !केही गर्छौ भनेर अगाडि बढी सके पछी बिच बाटोमा आएर पछाडि हट्ने काम पनि ता गर्नु भएन । केही पाउन केही गुमाउनु पर्छे रे भन्थे तर अलिकती पाउन पनि धेरै नै गुमाउने पर्ने रहेछ ।सुनेको छु बाबा ! कर्ममा लेखेको मात्रै पाईन्छ रे देखेको पाइन्न रे । शायद हाम्रो कर्ममा यस्तै लेखेको थियो होला आज नचाहेर पनि टाढा छौ । तर पनि केही छैन हामीले चाहेको त्यो समय आउन अब केही बर्ष मात्रै बाँकी छ । आशा गरौ हाम्रो भेट छित्तै हुने छ अनी हामी फेरी पहिलाको जस्ताइ रमाइलो अनी खुशीयाली जिबन बिताउन पाउने छौ ।हस त बाबा ! आफ्नु ख्याल गर्नु होला भन्दै हजुरबाट बिदा माग्ने अनुमती माग्दै बिदा हुन्छु । बिदा !!
उही हजुरलाई धेरै नै माया गर्ने
हजुरको जिबन सङिनीसंगिता घिमिरे
हाल इजरायल

Friday, February 13, 2009

मनाउनुस् भ्यालेन्टाइन मज्जाले







भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:
गफ गर्न मिल्ने स्थान रोज्नुहोस् : आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न । आत्मीय बन्न पनि सक्नुहुन्न । त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस् ।
प्रेमलाई ट्रयाकमा राख्नुहोस् : अचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् । कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको छ । आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ । झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् । प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ ।
प्रंशसा गर्नुहोस् : प्रेम गर्न प्रेमदिवस नै चाहिन्छ भन्ने त होइन । तर, भ्यालेन्टाइन डेका अवसरमा गरिएका प्रशंसा तथा प्रेमको अभिव्यक्तिले थप ऊर्जा दिन्छ । 'म तिमीलाई प्रेम गर्छु' भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ । भ्यालेन्टाइन डेको दिन 'म तिमीलाई प्रेम गर्छु, संसारमा तिमी मेरा लागि सबैभन्दा सुन्दर व्यक्ति हौ' भन्न नबिर्सिनुहोला । प्रंसशा गर्दा भएनभएका प्रशंसा भने नगर्नुहोला । यस्तो प्रशंसाले प्रेमीप्रेमिकालाई असहज महसुस हुन सक्छ ।
सजह कुराकानी गर्नुस् : भ्यालेन्टाइन डेको अवसर भनेर केही असहज महसुस गर्नुपर्दैन । सहज तरिकाले कुराकानी गर्नुहोस् र बढी आत्मीय बन्ने प्रयास गर्नुस् । अन्य कुराभन्दा आफ्नो प्रेमीप्रेमिकाको प्रसंगलाई ध्यान दिएर कुरा गर्नुस् ।
प्रेमालाप अत्यावश्यक हुन्छ : अन्य दिनमा पनि एकअर्कामा प्रेम त अवश्य हुन्छ । तर, भ्यालेन्टाइन डेको अवसरमा प्रेममा विशेष मसला थप्नुहोस् । अन्य दिनभन्दा धेरै समय प्रेमीप्रेमिकाको आँखामा हेर्नुस् । यसको अनुभव एकअर्कालाई सुनाउनुहोस् ।
हाँस्न नबिर्सनुस् : एक सर्वेक्षणअनुसार प्रत्येक दसमा दुई व्यक्ति मात्र कुराकानीको क्रममा हाँस्छन् । त्यसैले आफ्नो कुराकानीलाई रमाइलो र हाँसो उठ्दो बनाउनुस् र तपाइर्ं पनि हाँस्नुहोस् । हाँस्दा प्रेमीप्रेमिकाको नजिक बस्नुस् । प्रेमिप्रेमिकालाई छुनुहोस् ।
अपरिचितजस्तो अभिनय गर्नुस् : बारम्बारको भेटघाट र घुमघामको रोमान्स मलिनो हुन सक्छ । त्यसैले सुरुमा प्रेममा पर्दाको जस्तो अभिनय गर्नुस् । प्रेमीप्रेमिकाका आँखामा हेर्दाको रोमान्टिक अनुभव नर्बिसनुस् । प्रेममा रोमान्स थप्न यो आफ्नो पहिलो डेट भएको अभिनय गर्नुस् ।
मूल्य नर्बिसनुस्: भ्लेन्टाइन डे मनाउने स्थानको शुल्क, कार्डको शुल्क हेर्न नबिर्सनुस् । आफ्नो गच्छेभन्दा धेरै खर्च गरेर भ्यालेन्टाइन मनाउँदा प्रेमसम्बन्ध एक दिनको सम्बन्धमा मात्र सीमित होला ।



प्रेमदिवस र प्रेमको मूल्य

रोमको सम्राट क्लाउडिएस द्वितीय क्रुर र युद्धप्रेमी थिए । लडाइँ, रक्तपात र राजनीतिक जालझेलबाट आजित र थकित रोमन युवाहरू सेनामा भर्ती हुन चाहिरहेका थिएनन् । विश्व-विजयको मात्रै सपना देख्ने रोमन सम्राटहरूका लागि सैन्यफौजको विशालताले सबभन्दा बढी महत्त्व राख्थ्यो । यो उनीहरूको अधिनायकत्वको दबदबा, सत्ता-सुरक्षा, पुरुषत्व तथा प्रतिष्ठाको मापदण्ड थियो । तर, यसरी क्लाउडिएसको विशाल सेना बनाउने अभियान बिथोलिएको थियो । क्लाउडिएसको दूर्बुद्धिले परिवार, श्रीमती वा प्रेमिकाको मायाका कारण रोमन युवाहरू सेना हुन मानिरहेका छैनन् भन्ने ठान्यो । त्यो मूढ अधिनायकलाई विवाहमा प्रतिबन्ध लगाइदिने हो भने समस्या हल हुन्छ भन्ने लाग्यो र उसले विवाह नगराउन चर्चहरूलाई उर्दी जारी गर्‍यो । अब तरुण मुटुहरू तरबारको बलमा गरिएको प्रेमको यो निषेधमा परेर जल्न थाले । हावा, पानी र अन्न जत्तिकै अनिवार्य प्रेमबाट वञ्चित हुन पुगेको त्यो युवापुस्ताले विकल्प खोजेन होला भन्नचाहिँ सकिन्न किनभने जीवनको गतिलाई कसैले रोक्न सक्दैन । तर, सामान्य आवश्यकताका लागि पनि असामान्य कदम चालिरहन सामान्य नागरिकका लागि सधैं सम्भव नहुन सक्छ । यस्तो भयावह र निराशपूर्ण वातावरणमा पादरी भ्यालेन्टाइन र मेरिएसले गोप्य रूपमा विवाह गराउन थाले । यो एक प्रकारको विद्रोह थियो, प्रेमसत्ताका लागि । इतिहासमा हरेक विद्रोहीको नियति जे हुन्छ, अन्ततः त्यही भयो भ्यालेन्टाइनको जीवनमा पनि । उनले गरेको अवज्ञाको सुइँको पाउनासाथ उनलाई मृत्युदण्डको सजाय सुनाइयो । जेलमा उनलाई भेट्न आउने शुभचिन्तकहरूमा जेलरकै छोरी पनि थिइन् । उनीहरूबीच प्रेम थियो या थिएन भन्ने निधो नभए पनि आफ्नो मृत्यु हुने दिन अर्थात् १४ फेब्रुअरी, २६९ सन्मा उनले जेलरकी छोरीको नाउँमा यौटा छोटो पत्र छोडे, जसमा उनले 'तिम्रो भ्यालेन्टाइनबाट तिमीलाई धेरैधेरै माया' लेखेर हस्ताक्षर गरेका थिए । उनको मृत्युपछि हरेक साल १४ फेब्रुअरीमा सेन्ट भ्यालेन्टाइन्स डे अर्था्त प्रेमदिवस मनाउन थालियो । प्रेमदिवसको कथा भने पनि, इतिहास भने पनि, किम्बदन्ती भने पनि मोटामोटी रूपमा यत्ति हो । यो दिन विशेषतः प्रेम अभिव्यक्त गर्ने पर्व या अवसरका रूपमा मनाइन्छ । प्रेम खास समय, खास मौका, खास तिथिमा र खास तरिका एवं सामग्रीद्वारा मात्रै अभिव्यक्त हुँदैन । कार्ड, फूल तथा उपहार मात्रै प्रेमका प्रतीक होइनन् । नेपाली सहरिया समाजले यो पर्व मनाउन थालेको धेरै भएको छैन । यसलाई एकथरीले नेपाली संस्कृतिमाथि ठाडो अतिक्रमण भने पनि यो नयाँपुस्ताको स्वतन्त्रता खोजीका विभिन्न आयामहरूमध्ये एक हो । यसको सकारात्मकता यसले प्रदान गर्ने अभिव्यक्ति स्वतन्त्रताको अवसर पनि हो, जो पुरानो सामाजिक संरचनाअन्तर्गत सम्भव छैन । मनका भावना, चाहे ती प्रेम सम्बन्धित हुन्, या युद्ध सम्बन्धित, सबैले व्यक्त हुन पाउनुपर्छ ।


स्रोत : एजेन्सी साबार नयापत्रिका

Wednesday, February 11, 2009

विस्वो रेकड काएम गर्ने धुनमा छन चराचुरुङीका साथी


बेदना श्रेष्ठ

काठमाडौ माघ २४


बिभिन्न चराचुरुङिको जस्तै आवोज निकाल्ने र कागहरुसँग दोहोरी सम्बाद गरेर सबैलाई अचम्बित पार्दै आएका गौतम सापकोटा आफनो ११४ वोटा पंक्षिहरुको आवाज निकाल्न सक्ने खुबिलाई आझ बढाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डसमा आफनो नाम दर्ता गराउने अभियानमा लागेका छन । उनले धेरै ठाउमा कागसँग सम्बाद गर्दै कागको जुलुस निकालेर मानीसहरुलाई अचम्म पारीसकेका छन् । उनका कुरा विश्वास नगर्नेहरुलाइ काग काग भन्दै कागलाई बोलाएर कागको हुल एकत्रित पारेर आस्चर्ये पार्ने गर्दछन । उनले सुगा,कोइली,दुकुर,मयुर,दाफे,लगायत धेरै चराचुरुङिको आवज निकाल्ने गर्दछन । उनको आवाज सुनेपछी कागको हुल उनको टाउको माथि आकाशमा आउने गर्दछन । मकवानपुर घर भएका सापकोटा हेटौंडाबाट काग जस्तै कराउदै आफनो कला प्रदशन गर्न काठमान्दौ छिरेका हुन । राजाधानिको बिधालयदेखि खुल्ला मन्चसम्म आफनो प्रतिभा देखाइसकेका सापकोटाले २०६२ सालदेखी चराहरुको आवोज निकल्न सुरु गरेको र सिक्नका लागि दिन र रात जुना सुकै बेला पनि जंगल जाने गरेको बताये ।

Tuesday, February 10, 2009

क्रिम-पाउडर पोत्नेहरू, होसियार !


बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल :

रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायन

सोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्व

र्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ?

टाल्कम पाउडर : खतरनाक धुलो

आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे

साबार नया पत्रिका

क्रिम-पाउडर पोत्नेहरू, होसियार !

बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल : रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायनसोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्वर्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ? टाल्कम पाउडर : खतरनाक धुलो आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे साबार नया पत्रिका

Friday, February 6, 2009

लाहुरेको श्रीमती पुरुष बेश्यासंग सेक्समा मस्त-अप्जसे कान्छा


संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्‍।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्‍टाउदै छु भने गत हप्‍ता ढिलै भएपनि संयोगबस मैले”बिमोचन”मासिक पत्रिका(मंसीर ,२०६५) पढ्‍ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।कलिउड पेजमा ठुलो अक्षारमा “पुरुष बेश्या”को कथा “पलपलमा” भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्‍ने अवसर पाए।लाहुरे शब्द पढ्‍ने बितिकै उत्सुकता बढ्‍यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र “पलपलमा” लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ। पुरा हेर्नुहोस्....

'ऋषि फिरौती उठाउन सक्रिय थिए'


नयाँ पत्रिकाकाठमाडौं,
२२ माघ 2009-02-05,Thursday

ऋषि-शुभक फोन संवादइण्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ? त्यसलाई क्यास गर्नुहोस्यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ,प्रहरीले उपलब्ध गराएको फोन संवादमा ऋषि धमलाको आवाजरिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रणवीर सेनाका लागि काठमाडौंका एक व्यापारीसँग ४० लाख रकम फिरौती उठाउन सक्रिय रहेको प्रहरीले खुलासा गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलालाई १४ दिनको थुनुवा पुर्जी दिएको छ । पुतलीसडकमा रहेको क्लबको कार्यालयबाट मंगलबार पक्राउ परेका धमला रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतो, उपत्यका सैन्य इन्चार्ज विनायक महतो र सहयोगी वीरेन्द्रकुमार महतोसँग मिलेर चन्दा उठाउन सक्रिय रहेको प्रहरीको दाबी छ । राजधानीमा एक महिनाअघि भएका शृंखलाबद्ध विस्फोटमा समेत धमला मुछिएका छन् । धमलाले 'आपराधिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको' अभियोग प्रहरीले लगाएको छ । प्रहरी स्रोतका अनुसार धमलाको बुधबारसम्म बयान लिइएको छैन । हनुमानढोकाको हिरासतमा रहेका उनीसँग बिहीबारबाट बयान लिने प्रहरी स्रोतले बतायो । प्रहरीले जिप्रका लैजानुअगाडि सास फेर्न गाह्रो भएको बताएपछि धमलालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको थियो । तर, धमलाको स्वास्थ्य अवस्था ठीक भएको पाइएकाले प्रहरीले उनलाई म्याद थपका लगि बबरमहल लग्यो ।अस्पताल परिसरमा धमलाले पत्रकारसित कुरा गर्दै आफूमाथि राज्यले षड्यन्त्र रचेको आरोप लगाए । उनले 'परिआए सशस्त्र संघर्ष पनि गर्ने' धम्कीसमेत दिएका थिए । आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले भने, 'म यो राज्यलाई छाड्दिनँ ।'प्रहरीले नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरी अभियोग पुष्टिका लागि रामशुभक, विनायक र वीरेन्द्रको भिडियो बयानका साथै चन्दाका बारेमा धमला र रामशुभकबीच भएको टेलिफोन रेकर्ड सार्वजनिक गरेको थियो । रामशुभकले आफू प्रदीप उपनामले रणवीर सेनामा संलग्न रहेको स्वीकार गरेका छन् । पूरा हेर्नुहोस्... ।