NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Wednesday, February 2, 2011
Tuesday, January 25, 2011
Friday, October 22, 2010
Friday, October 15, 2010
Saturday, June 26, 2010
Thursday, June 3, 2010
रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो.....

रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
...लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
यो जन्मदै जगतमा कैंयौं प्रहार आए
साम्राज्य दुइ हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सरि छन् साधु जो जो यहाँ जगतमा ,
सबको शरण बलियो, जंगी निशान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो, बल्दो यो शान हाम्रो .....
Sunday, April 25, 2010
के २०१२ मा पृथ्वीको अन्त होला त?
ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त December 21 2012 मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले पनि अष्ट्रेलियामा खुब तहल्का मच्चाइ रहेको छ। हलको टिकेट बूकिङ नगरि हेर्न नपाईने भएको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन्।
कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने, कोही चाँही ह्या~~ यो त बकम्फुसे कुरा हो। समय समयमा यस्ता कुरा आइ राख्छन र यो कुरामा खासै वास्ता राख्दैनन।
Mayan Calendar मा २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने रहेछ। 2012 december 21 पछीको चाँही यो क्यालेन्डरमा डेट नभएकोले केही नराम्रो हुने अनुमान गरिएको रहेछ तर मलाई लाग्छ त्यसपछी झन राम्रो पो हुने हो कि? नेपालमा 2 बर्ष पछी सम्मको त क्यालेन्डर हुँदैन भने ति मान्छे महान हुन जसले २००० बर्षको तिथी मिती ग्रहण समय लाग्ने सबै अनुमान गरेर गए अब त्यो भन्दा बढी त त्यो गोलो चित्रमा अटाउनु पनि त पर्यो नि!!
अब मेरो बिचार बुझ्नु हुन्छ भने मलाई यो पृथ्वीको २०१२ मा अन्त होला भनेर सुन्य प्रतिसत पनि विश्वाश छैन। यदी अन्तनै हुने रहेछ भने पनि म यस्लाई सार्है सकारात्मक रुपले लिन्छु। यदी संसारकै अन्त हुनेछ भने सबै जना एकै चोटि मरिन्छ। आहा!! सबै स-परिवार एकै चोटि मरिन्छ। कोही कसैलाई एक अर्काको बिछोडमा गम हुने छैन। मान्छे जन्मे पछी मरण अवस्य हुन्छ। कोही अजर अमर अहिले सम्म छैन र यो नै अन्तिम सत्य हो। फेरी २०१२ सम्मनै बाचिन्छ भन्ने पनि त छैन नि भोली अथवा पर्सी नै पनि त सिलटिम्मुर खान सकिन्छ नि।
खासमा आज भोली मान्छेले आफु एकदिन मर्नु पर्छ भन्ने बिर्सेंको छ। दिनहु एक अर्काको खिचातानी , हत्या हिम्सा , अत्याचार बढ्दो छ। मान्छेले आफ्नो अन्तिम घडी सम्म पनि दुखी दुखीनै बिताएका हुन्छन्।
अस्ती म यहाँ channel 7 हेरेर बसेको थिए २०१२ फ्लिमको director को interview आइ रहेको थियो त्यस्मा सोधियो के २०१२ मा पृथ्वी अन्त होला? भन्दा हासेर google it भने । फेरी दोहोराएर interview लिने मान्छेले सोधे पनि उनको उत्तर भने I don’t know google it भनेर हासी हासी जवाफ दिए । जब फ्लिम बनाउने मान्छेलाईनै था' छैन भने अब अरुले फ्लिम हेरेर डराएर बस्नु त महा मुर्खता नै हो।
लौ पृथ्वीको अन्त नभए सँगै बाचौला, भए सँगै मरौला। बाचुन्जेल हासौ रमाऔ, राम्रो काम गरौ, अरुलाई सम्मान दिउ। 2013 january मा भेटेर खुशी खुशी सबै लाई शुभकामना बाडौ।
Sunday, December 27, 2009
नागरिक सर्वोच्चताले जन्माएको
नागरिक सर्वोच्चताले जन्माएको खेलाडी
Posted on December 26, 2009 by Admin
लेखक विजयकुमार श्रेष्ठ
नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर् यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालोकहिले पाण्डेहरुको पालो कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असईय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल हुन भयो ।
सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाल्यो । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होड वाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रर्दशन गरि आफनो आफनो पउचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्ष पश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुपिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो ।
ज्ानतालाई फेरि पनि आर्को आन्दोलनको शुरुवातको जरुरी पर्न गयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असईय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर हो भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै सर्वहाराको नारा घन्काउन थाले । सधर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक सधर्षसँग लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । सर्वहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षको लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । ससद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने सर्वहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलॆर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले
सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सघर्षले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना सर्मथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भयो भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयोउपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुसर्ीमा बसेर कुसर्ी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र कृर्पावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाल्यो र अहेस आरामी जिवनमा परिर्वतन हुन थाल्यो । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निणर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।
हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबादसन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको वर्षान्ति पुर् याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्र।न्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु ज्ानताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु ख्ाडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर् याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्याक्ति असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।
नेपाली जनताले सविधान निमार्ण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्झिएको कुसर्ी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुसर्ीमोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु त्ाारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भ्ाारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुसर्िको खुट्ठा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।
यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिकेा भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्ठामा आफैले बन्चरो हान्नु सरह भई सक्यॊ । त्यसैले सर्वप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।





