महिलाले पुरुषबाट के सुन्न मन पराउँछिन् भन्ने कुरामा पुरुषहरू अझै पनि अन्यौलग्रस्त नै छन् । त्यसो त नारी र पुरुषका सम्बन्धका विभिन्न पक्षहरू जहिले पनि अस्पष्ट छन् । क्लिष्ट छन्, मोहन कोइरालाका कविताभन्दा पनि क्लिष्ट । यौटा कुरामा भने अधिकांश पुरुष सहमत होलान्- स्त्रीहरू प्रशंसाका भोका हुन्छन् । उनीहरूको प्रशंसामा दुई शब्द मात्रै बोलिदिए पनि उनीहरू चुलीमा पुग्छन् । जति तारिफ गरे पनि उनीहरू कहिल्यै 'भो अब त पुग्यो' भन्दैनन् ।यहाँ महिलाले सुन्न मन पराउने केही यस्ता कुराहरू प्रस्तुत गरिएका छन्, जो उनलाई प्रभावित गर्ने टिप्स या उपायहरू हुन सक्छन् ।
तिमी असाध्यै राम्री छौ
स्वादिष्ट भोजन, सुन्दर पहिरन र प्रशंसा भनेपछि महिलाहरू भुतुक्कै हुन्छन् । प्रशंसा गर्ने सबालमा कहिल्यै कञ्जुस नहुनुहोस् । श्रीमती, प्रेमिका या तपाईंले प्रेम-प्रस्ताव राख्न चाहनुभएको महिला, जोसुकै हुन्- प्रशंसाको वर्षा गर्दिहाल्नुहोस् । उनको रूपको, फिगर (शारीरिक आकृति) को, उनले लगाएको लुगाको, उनको कामको, खाना पकाउने कलाको, आदि-आदिको मन फुकाएर तारिफ गर्नुहोस् । याद राख्नुस्- तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन सक्छिन् । मनोविज्ञ डा। सुष्मा दयाल भन्छिन्, 'हामी आफ्नो प्रशंसा सुन्न मन पराउँछौँ किनभने यसले हाम्रो व्यक्तिगत छवि सुधार्न र हीनताबोधबाट मुक्त हुन मद्दत गर्छ । यसले हामीलाई उत्साह दिन्छ र हाम्रो व्यक्तित्व माथि उठाउन सहयोग गर्छ ।' तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन अक्छिं
तिमी मेरो जीवनको पहिलो नारी होऊ
यसो भनिदिनुभयो भने तपाईंकी पि्रयसीलाई ढुक्क बनाउँछ कि 'तपाईं एक नारी, ब्रम्हचारी' चरित्रको मान्छे हुनुहुन्छ र अन्य स्त्रीको पछि नलाग्नेखालको हुनुहुन्छ । यसले तपाईंको प्रेमसम्बन्धलाई दीर्घजीवी बनाउनेछ । मार्केटिङ पेसामा आबद्ध छब्बीस वर्षीय अभय बजाज भन्छन्, 'मैले मेरी प्रेमिकालाई तिमी मेरो जीवनको प्रथम नारी हौ भन्दा पत्याइनन् । मलाई लाग्छ, धेरै केटीहरू, केटाहरू एउटै केटीसँग मात्रै समर्पित भएर बस्न सक्छन् भन्ने विश्वास गर्दैनन् । तर, मैले उनलाई उनी नै मेरो जीवनको पहिलो नारी भएको विश्वास दिलाएपछि उनले मलाई जिउज्यानै फालेर माया गर्न थालिन् ।' तर, धेरै चेपारो पनि नघस्नुहोला । नत्र उनले तपाईंको इमानदारीमाथि शंका गर्नेछिन् ।
तिमीबाट म पूर्ण सन्तुष्ट छू
आफ्नी पत्नीलाई भन्नुस् कि सहवासको वेलामा उनी तपाईंलाई सम्पूर्ण रूपमा साथ दिन्छिन् र तपाईं उनीबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ । यसले एकातिर उनको लाज र शंकोच हटाउन मद्दत गर्नेछ भने अर्कोतिर सहवासमा नयाँ-नयाँ प्रयोग गर्न पनि उनी उत्साहित हुनेछिन् । यौनसुख दाम्पत्य-जीवनको सफलताका धेरै कडीहरूमध्ये एक हो । आफ्नी पत्नीको भूमिकाको हजार जिब्रोले प्रशंसा गर्नुहोस् ।
तिमी असल आमा बन्न सक्छौ
प्रत्येक नारी आमा बन्न चाहन्छिन् । तर, आफू असल आमा बन्न सक्छु कि सक्दिन भन्ने कुरामा ऊ सशंकित हुन सक्छे । तपाईंले आफ्नी पत्नीलाई उनी असल आमा बन्न सक्छिन् भन्नुभयो भने उनी विश्वस्त हुनेछिन् कि तपाईं उनीप्रति बफादार हुनुहुन्छ र बालबच्चासहितको सानो संसार बसाउन लालायित हुनुहुन्छ । गत वर्ष विवाह गरेकी ऋतु जयसवाल भन्छिन्, 'आमा बन्ने कुरादेखि म सधैं डराउँथेँ । तर, मेरो श्रीमान्ले ममा असल आमा बन्न सक्छु भन्ने आत्मविश्वास जगाइदिनुभयो । म अहिले गर्भवती छु ।
' के तिमी मसँग जीवन बिताउँछ्यौ ?
आफ्नी प्रेमिकालाई विश्वास दिलाउनुहोस् कि तपाईं उनीसँग टाइम पास (समय कटाइ) मात्रै गरिरहनुभएको छैन, बरू उनी त तपाईंको जीवनको, तपाईंको सम्पूर्ण अस्तित्वको एक महत्त्वपूर्ण हिस्सा हुन् । तपाईंले यसरी सोधिदिँदा उनी दंग पर्नेछिन् ।दिल्लीको यौटा विज्ञापन एजेन्सीमा काम गर्ने ऋचा नन्दा आफ्नो कथा यसरी सुनाउँछिन्, 'म मेरै अफिसमा काम गर्ने एकजना केटासित ६ महिनादेखि डेटिङ गइरहेकी थिएँ । र, ऊप्रति पूरै भरोसा गरिहाल्न सकिरहेकी थिइनँ । हालसालै उसले मसित विवाहको प्रस्ताव राखेको थियो । त्यतिवेला मात्रै मैले थाहा पाएँ कि ऊ साँच्चिकै हाम्रो सम्बन्धलाई अरू अगाडि बढाउन चाहन्छ ।' यसबारेमा तिम्रो के विचार छ ?
हरेक विषयमा उनको विचार बुझ्न खोज्नुहोस् । गाडी किन्दा होस् या अफिस जाँदा, कस्तो लुगा लगाउने भन्ने विषयमा नै किन नहोस् । यसो गर्नाले उनलाई तपाईं उनको विचारलाई महत्त्व दिनुका साथै उनको सम्मान पनि गर्नुहुन्छ भन्ने कुराको विश्वास दिलाउन सक्नुहुन्छ । दिल्लीको यौटा सञ्चार कम्पनीमा काम गर्ने कनिका श्रीवास्तव भन्छिन्, 'मेरो ब्वाईफ्रेन्डले मसँग राय-सल्लाह माग्दा म उनका लागि एकदम विशेष छु भन्ने लाग्छ । उनी कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि मसँग एकचोटि सल्लाह गर्छन् । यसले उनी मेरो रूपको मात्र हैन, मेरो विचारको पनि कदर गर्छन् भन्ने प्रमाणित हुन्छन्
तिमी मेरी सबभन्दा पि्रय साथी होऊ
उनी तपाईंकी प्रेमिका मात्रै होइनन्, सबभन्दा पि्रय साथी पनि हुन् भन्ने विश्वास दिलाउनुहोस् । उनको रूप, यौवनको आकर्षणका कारण तपाईं उनीसँग टाँसिनुभएको हैन भन्ने सिद्ध गर्न खोज्नुहोस् ।
तिमीलाई पाएर म धन्य भएँ
उनलाई भन्नुहोस् कि उनीबाहेक अरू कोही तिम्रो हुनै सक्दैन । बारम्बार भनिरहनुहोस् कि उनीलाई नपाएको भए तपाईं एक्लै(अविवाहित) बस्नुहुन्थ्यो र 'उठ् जोगी, फट्कार छाला, जहाँ जाला, त्यहाँ खाला' तालले बाँच्नुहुन्थ्यो ।' उनलाई बताउनुस् कि तपाईंको जीवन सुन्दर हुनुको एक र मात्र एक कारण उनी हुन् ।
मेरो मनको कुरा जान्दछौ तिमी
उनालाई उनी साक्षात् देवी भएको महसुस गराउन चाहनुहुन्छ भने उनलाई बताउनुस् कि उनी तपाईंको मनको कुरा थाहा पाउन सक्छिन् । निजी बैंकमा काम गर्ने माधुरी भार्गव भन्छिन्, 'मेरो बिहे भएको नौ वर्ष भयो । मेरा श्रीमान् उनलाई मैले जति कसैले जानेको छैन भन्छन् । उनकी आमा र उनी स्वयंभन्दा पनि बढी मैले उनलाई बुझेकी छु भन्दा मलाई असाध्यै आनन्द आउँछ ।'
म तिमीलाई माया गर्छु
नारीलाई यी चार जादुमय शब्दहरू बाह्रै महिना, बाह्रै काल सुनिरहे पनि पुग्दैन । तर, ठीक समय र ठीक ठाउँमा भन्नुहोला यो वाक्य । त्यसो त तपाईं आफ्ना अन्य गतिविधिमार्फत पनि प्रेम व्यक्त गर्न सक्नुहोला, तर बोलेर प्रेम व्यक्त गर्नुको महत्त्व नै बेग्लै हुन्छ । - एजेन्सी
साबार नया पत्रिका
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Wednesday, February 4, 2009
विदेशनीतिमा ओबामाका १० चुनौती

2009-01-23,Friday'
आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-१। विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । पूरा हेर्नुहोस् ।
'नाटकीय सुधार सम्भव हुँदोरहेनछ’

१२ माघ २०६५ -
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । पूरा हेर्नुहोस्

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०।०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । पूरा हेर्नुहोस् ।
Sunday, February 1, 2009
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुँदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम ब्यबस्थापिका सन्सदले पहिले नै घोशणा गरिसकेकोसंघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भएको हो।
विषयसूची१ भाषा २ इतिहास ३ भूगोल ४ प्राकृतिक सम्पदा ५ अर्थतन्त्र ६ प्रशासनिक विभाजन ७ संस्कृति ७।१ खाना ८ शिक्षा ९ स्वास्थ्य १० सेना तथा सुरक्षा अंग ११ संदर्भ १२ समाचार/समाचार ब्लग
भाषा
नेपाली भाषा नेपालको राष्ट्र भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो।यसबाहेक नेपालमा मैथली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ्ग, शेर्पा, तामाङ आदि भाषा पनि बोलिन्छन्।
इतिहास
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाण्डौ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[१]ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छबीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरुमा उनिहरूको सत्ता उदयमान भयो, तर त्यापछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ठ पार्ने मात्र काम गरे । १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरु एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाण्डौ, पाटन, र भादगाँउ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।१७६५मा, गोरखाका राजा पृथ्वी नारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाइ छिमेकी राज्यहरू, (खासगरी लम्जुंग,कास्की रत तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाँईहरू पश्वात, उनी ३ वर्षपछि काठमाण्डौ उपत्यका लाइ बिशाल नेपाल भित्र एकिकरण गर्ने अभियान मा सपलता प्राप्त गरे ।तथापि उनले तत्कालीन राजा जयप्रकास मल्लले राज्य गरीरहेको काठमाण्डौ राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाण्डौ उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाए साँस्कृतीक सम्मानको अवधारणा प्रश्तुत गरे । यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्यो।तिब्बतसङ्ग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्यो। नेपालको सीमा नजिकका स-साना राज्यहरूलाई हड्पेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनि सङ्गको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्यो। ती क्षेत्रहरू हुन हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले ईस्ट इण्डिया कम्पनिसङ्ग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जीलिङ, गुमाउनु पर्यो। कांगाडमासम्म पुगेका नेपाली र सतलजदेखी टिष्टा सम्मको विशाल नेपाल मेची र काली मा सिमाङित हुन पुग्यो, तर पनि पछी १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासङ्ग खुसी भइ अङ्ग्रेजले नेपाललाई राप्तदेखी कालीसम्मको तराइ फर्काइदीएका थिए ।राज परिवार बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरु गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतंत्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपलको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्यो ।१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे । त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो । राजा र सरकार विच वर्षौंको शक्ति खिचातानि पश्चात, १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरि "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरि राज्य गरे। सन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[२] र मे १९९१मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधानको निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव गराए। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।वि। सं. २०६५, जेठ १५ गते बसेको सम्विधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्यो।
भूगोल
सुक्खा हिमाली पृष्ठभूमिनेपाल अन्दाजी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० मा) र चौडाई २०० किलोमिटर (१२५ मा) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq मा)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराइ क्षेत्र। यी क्षेत्रहरु पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरुलाई नेपालका प्रमुख नदीहरुले ठाउँ-ठाउँमा विभाजन गरेका छन् । तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षीणमा चुरे तथा उत्तरमा माहाभारत श्रृङखलाले घेरीएका बिभिन्न सात वटा उपत्यका हरूको समुह छ जसलाइ भित्री मधेश पनी भनिन्छ ।भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्।पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्। यो क्षेत्रमा महाभारत लेख र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरुको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृखलाहरु पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा, संसारको तेश्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ।नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसंग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरु छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रुपमा पनि काम गर्दछन्।नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छसंसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ। जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ।
प्राकृतिक सम्पदा
नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छ। नेपाली चराको विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।
अर्थतन्त्र
कृषिले जनसङ्ख्याको ७६% धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[३]नेपालको भूपरिवेष्ठित स्थिति[४] र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १।१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नीतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।
नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषी उत्पादनहरू —— मुख्यतया भारत सीमा नजिकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषी प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरुप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरिबी चर्को छ।[५] भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२।२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).
प्रशासनिक विभाजन
मुख्य पृष्ठ s: नेपालका अञ्चलहरु, नेपालका जिल्लाहरु, नेपालका विकास क्षेत्रहरु, and नेपालका शहरहरूनेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित छ प्रत्येक जिल्ला एक निश्चित जिल्ला प्रमुखद्वारा निर्देशित हुन्छ जिल्ला प्रमुखको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरुको काम सघाउनु हो
नेपालका १४ अञ्चलहरु:1 मेची8 लुम्बिनी2 कोशी9 धवलागिरी3 सगरमाथा10 राप्ती4 जनकपुर11 कर्णाली5 बागमती12 भेरी6 नारायणी13 सेती7 गण्डकी14 महाकाली
संस्कृति
नेपाल सांस्कृतिक बिबिधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरुमा धेरै समानताहरू पाईन्छन्।
खाना
नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरुको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरु सेवन गर्दछन्।
शिक्षा
नेपालमा आधुनिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कुल (हाल को रानीपोखरी किनारको भानु मा।बि)बाट भएको हो। यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको शुरूवात सन् १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सर्वशुलभ थिएन। तर देशका बिभिन्न भागमा केही बिद्यालय दरवार हाइस्कुलको शुरूवात सँगै खुल्न शुरू भए। नेपालमा पहिलो उच्च शिक्षा केन्द्र चाँहि काठमाण्डूमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्सेर ले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन् १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछी राणा शासन मुक्त देशले अन्तत: सन् १९५९मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षा को सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, बिभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलय विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन।नेपालका विश्वविद्यालयहरूत्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो र ठुलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कृतीपुर काठमान्डौमा छ । हाल यो विश्वविद्यालयमा १,५०,००० विधार्थी अध्यनरत छन् । कृषी तथा पसु अध्यान संस्थान, वनबिज्ञान, इन्जीनीयरिङ, बिज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजबिज्ञान, मानवशास्त्र, ब्यवस्थापन, शिक्षा शास्त्र ,कानुन तथा मानविकीमा यो विश्वविद्यालय ले शिक्षा प्रदान गरिरहेको छ । यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६सम्वन्धन प्राप्त क्याम्पस रहेकाछन । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा 75 प्रतीसत भन्दा बढीको भार बोकीरहेको छ । साथै यो विश्वविद्यालय नेपालको थिंकटेङक को रूपमा पनि चिनिन्छ ।
महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको )नेपालको दोश्रो पुरानो र काठमाण्डू उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय सन् १९८६ मा स्थापना भएको हो । संस्कृत शिक्षाको उच्च तह आयुर्बेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको काठमाण्डू कार्यालय बसन्तपुर मा रहेको छ ।
काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालय
सन १९९१ को डिसेम्बर मा स्थापित नेपालको पहिलो निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलीखेलमा रहेको छ ब्यवस्थापन वाणिज्य, विज्ञान तथा चिकीत्साशास्त्रको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ। हाल काठमाडौ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्ययनरत छन् ।
पुर्वाञ्चल विश्वविद्यालयपुर्वी नेपालको विराटनगर शहर मा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो।
पुर्वाञ्चल विश्वविद्यालयपुर्वी नेपालको विराटनगर शहर मा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो।
पोखरा विश्वविद्यालय
पश्चिम नेपालको पोखरा शहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्ययनरत छन्। यो विश्वविद्यालयमा आङ्गीक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन्।
लुम्विनी विश्वविद्यालय
सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउँदो शैक्षिक सत्रदेखी मात्र वुद्ध दर्शनमा पढाइ शुरू हुनेछ। यो विश्वविद्यालय भगवान वुद्धको जन्मस्थल लुम्विनी मा स्थापना भएको छ।नेपाल कृषि तथा वन विश्वविद्यालय (निकट भविश्यमा स्थापना गरिने)कृषिप्रधान नेपालमा कृषि तथा वातावरण जोगाउन वनको अझ महत्व दर्शाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान का भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लीहवा भैरहवाको पक्लीहवा कृषि क्याम्पस, हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस र पोखरा अवस्थित वन विज्ञान क्याम्पस लाई मिलाइ कृषि तथा वन विश्वविद्यालय भरतपुरमा निकट भविश्यमा स्थापित हुँदैछ ।मध्यश्चिमाञ्चल विश्वविद्यालय(निकट भविश्यमा स्थापना गरिने)सुर्खेतको वीरेन्द्रनगर मा उपकुलपतिको कार्यालय राखी मध्यश्चिमाञ्चल विकासक्षेत्र भरि क्याम्पस बिस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयडोटीको दिपायल वा कैलालीमा मा उपकुलपतीको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरि क्याम्पस बिस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।खुल्ला विश्वविद्यालयसरकारले खुल्ला विश्वविद्यालयको विश्वभरि सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।
स्वास्थ्य
नेपालमा धेरैपहिले देखि आयुर्वेद प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधीका श्रोतहरू नेपालको हिमाल देखि तराई सम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको शुरूवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछी दरवार भित्र शुरू भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थ�
Monday, January 26, 2009
'नाटकीय सुधार सम्भव हुँदोरहेनछ’

१२ माघ २०६५ -
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । त्यसैले जनादेशको शक्तिको सहाराले त्यो रिक्तता चिर्दै नयाँ सरकार गठन भएको तथ्य यहाँहरूको जानकारीमा छँदैछ ।लोकतान्त्रिक विधिअनुरुप नयाँ सरकारको नेतृत्व नेकपा -माओवादी) ले गर्यो । त्यो बेला माओवादीमाथि राष्ट्रिय र अन्तराष्ट्रियतहमा अनेकौ आशङ्काहरू थिए । माओवादी सत्तामा आयो भने अन्तराष्ट्रियजगत्सँग नेपालको सामान्य कूटनीतिक संवाद र सम्बन्धसमेत समाप्त हुनेछ भन्ने तहसम्मका भ्रमहरू व्याप्त थिए । तर यी पाँच महिनामा सरकारले अन्तराष्ट्रियजगत्सित मुलुकको कुटनीतिक सम्बन्ध अझ विस्तार गरेर यो भ्रमलाई गलत सावित गरिदिएको छ । उसो त वैदेशिक सहयोग आउँदैन भन्ने गलत प्रचारबाजी पनि कम जबर्जस्त थिएन । तर यस बीचमा कुल रु। ४० अर्ब वैदेशिक सहयोग प्राप्त हुने सम्झौता भइसकेको छ, र शान्ति प्रक्रियालाई अझ दरो बनाउँदै लान सकिएको खण्डमा नयाँ बजेट कार्यान्वयन गर्नका निम्ति वैदेशिक सहयोग मनग्गे प्राप्त हुने कुरामा कुनै सन्देह छैन । मित्रराष्ट्र्र भ्ाारतको सरकार सन् १९५० को सन्धिको पुनरावलोकन गरी समयानुकूल परिमार्जन गर्न तयार हुनु नेपालको राष्ट्रिय स्वाभिमान र दुई देशबीचको सुमधुर सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलव्धि हो ।नेपालको वैदेशिक सम्बन्ध नेपालको स्वाधीनता र समुन्नति तथा आपसी सहयोग र सद्भावमा आधारित हुने र नेपाल कुनै पनि छिमेकी वा दूरवर्ती मुलुकको पक्ष वा विपक्षमा खडा नहुने र नेपाल कसैको पनि स्वार्थको क्रिडाभूमि नबन्ने कुरा मैले विभिन्न मुलुकको भ्रमणको क्रममा र अन्य सन्दर्भहरूमा समेत स्पष्ट पारिसकेको छु ।आदरणीय आमा-बुबा, प्यारा दिदी-बहिनी तथा दाजु-भाइहरू,नयाँ सरकारसँग नागरिकहरूका अत्यन्त धेरै अपेक्षा थिए जुन गलत थिएनन् । तर आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले आदरणीय नागरिकहरूलाई स्पष्टसँग भन्नर्ुपर्दछ- राज्यसत्ताको पुरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ । फेरि, सत्ता सञ्चालनमा हाम्रो कुनै अनुभव पनि थिएन । निश्चितै रुपमा यी पाँच महिना हाम्रा लागि एक किसिमले यो राज्यको अन्तर्निहित चरित्रको प्रत्यक्ष अध्ययन तथा राज्य सञ्चालनका विधि र शैलीको अध्ययनको महिना थिए । अर्कोतिर एउटा संक्रमणकाल हामीभित्रै पनि त थियो । त्यसमाथि भिन्नभिन्न विचार, दर्शन र संस्कृति भएका दलहरूको यो संयुक्त सरकार भएको हुनाले यसका केही सीमा र जटिलताहरू पनि थिए । म यो कुरा स्वीकार गर्दछु, सरकारको गति र कार्यसम्पादन नागरिकहरूको चाहनाअनुसार हुन सकेन । तैपनि सरकारले दिशा पहिल्याउनै सकेन भन्ने आरोपचाहिँ म स्वीकार गर्दिनँ । यसबीचमा आन्तरिक राजस्व बढेको छ, ग्रामीणमुखी बजेटको तर्जुमा भएको छ र मधेसमा द्वन्द्वरत विभिन्न समूहहरूसँग संवादको ढोका खुलेको छ । साथै संविधान निर्माण लगायत विभिन्न समितिहरू बन्नुका साथै लामो समयदेखि रिक्त रहेको लोकसेवा आयोगले कार्यकारी स्वरुप ग्रहण गरेको छ । अब यसैगरी रिक्त रहेका विभिन्न कूटनीतिक, न्यायिक, प्रशासनिक तथा प्राज्ञिक सबै निकायहरूले छिटै नै पूर्णता पाउने छन् । आत्म निर्ण्र्ाा सुशासन, संघीयता, समावेशी र समानुपातिकका लागि हामीले लामो संर्घष्ा गर्र्यौं । परिणामत आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा छौं । हिमाल, पहाड, मधेस, तर्राई र यहाँका नागरिक नै नेपाल हो र यहाँका समस्या नै यथार्थमा नेपालको समस्या हो । नेपालको प्रशासन संयन्त्र, सेना, प्रहरी, शिक्षा, स्वास्थ्य तथा न्यायिक लगायत सार्बजनिकसेवाका क्षेत्रलाई समावेशी बनाउन महिला, जनजाति/आदिवासी, मधेसी/तर्राईबासी, दलित, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपाङ्ग आदिलाई सम्पूर्ण सार्बजनिकसेवामा र छात्रवृत्तिको अवसरमा समानुपातिक प्रतिनिधित्व हुने गरी आरक्षणको व्यवस्था गर्ने नीति सरकारको रहेको छ । मैले सुरुमै भनेको थिएँ- म आज नागरिकका रुपमा समेत केही कुरा भन्न चाहन्छु । हिजोसम्म यो देशमा राजामहाराजा थिए । हामी आप\mना सबै सौभाग्य र दर्ुभाग्यका लागि तिनैलाई जिम्मेवार ठान्थ्यौँ । तर सराप्न र दोष दिनका लागि अब ती छैनन् । अब यो देशको लगाम हामी नागरिकहरूका हातमा आएको छ । तर हामी के गरिरहेका छौ - कहिलेकाही“ मलाई लाग्छ, हामी अराजकताको पराकाष्ठातिर गइरहेका त छैनौ“ - बन्द, विरोध र हडताललाई यति सस्तो बनाएर कसरी बन्छ नयाँ नेपाल - सरकार वा अन्य कुनै पनि पक्षसामु असन्तोष प्रकट गर्ने, विरोध व्यक्त गर्ने वा कुनै माग पूरा गर्न दवाव दिने क्रममा बन्द, चक्काजाम र तोडफोडको सहारा लिनु असन्तुष्ट प्रकट गर्नेहरूको दिनचर्या जस्तो भएको छ । विमति र दाबी प्रकट गर्ने यो संस्कृति र शैली शान्ति-प्रक्रियाको अपेक्षा विपरीत छ । उसो त विमति र दावीको यो संस्कृति र शैली प्रकारान्तरले संविधान लेखन-प्रक्रियामा पनि वाधक भइरहेको छ । अग्रगामी शान्ति र सामाजिक न्यायको पक्षमा उत्पादनशील तथा रचनात्मक ढङ्गले उपयोग हुनुपर्ने युवा ऊर्जाको यसरी दुरुपयोग भइरहेको देखेर म असाध्यै चिन्तित भएको छु । यस प्रसङ्गमा म सम्बन्धित सबैलाई, विशेष गरेर मुलुकको ऊर्जाशील युवा समुदायलाई हार्दिक अनुरोध गर्दछु- नकारात्मक द्वन्द्व र आपसी प्रतिशोधमा खर्च भइरहेको युवा ऊर्जालाई अब उत्पादनशील र रचनात्मक काममा प्रयोग गरौ“ । नेपाललाई हामी सबै मिलेर आज राम्रो नबनाए कहिले राम्रो बनाउने - नेपाललाई हामी सबै मिलेर राम्रो नबनाए कसले राम्रो बनाउने - यस अवस्थामा मुलुकका राजनीतिक दलहरू खासगरी सरकारमा नै रहेका राजनीतिक दलका भ्रातृ सङ्गठनहरूबीच देखिएको अत्यन्त तिक्ततापूर्ण सम्बन्ध, वैमनस्यता तथा आपसी झडप अत्यन्त अशोभनीय कुरा हो । त्यसैले यसलाई तुरुन्त रोक्न म सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछु ।
आदरणीय आमा-बुबा तथा प्यारा दिदी-बहिनी र दाजु-भाइहरू,कुनै पनि देश केवल सरकारले होइन, जननिर्वाचित सरकारको अग्रसरता र उक्त सरकारद्वारा बनाइने योजनाको आधारमा आम नागरिकले मिलेर बनाउँछन् । जनसहभागिता र जनभागेदारीबिना कुनै पनि राष्ट्र समुन्नत बनेको उदाहरण विश्वको इतिहासमा कही“ पनि छैन । तर देशलाई केही दिने संस्कृति हामीकहाँ छैन अथवा त्यो एकदमै निम्छरो छ । एक करोडको बङ्गलामा बस्ने र साठी लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक टि्रप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हर्ेदै सरकारलाई नै गाली गर्छ । आफैले फालेको केराको बोक्रोमा चिप्लेर लड्नेले ऐनामा आफ्नो अनुहार हर्ेर्दैन बरु कुनै अदृश्य शुत्रुलाई सराप्छ । मानिसहरू चिया पसलमा गफ गरेर, क्यारेम वा तास खेलेर वा मदिरालयमा बसेर दिनदिनै घण्टौ“ बिताउँछन् । तर वर्षा एक घण्टा पनि देशका लागि श्रमदान गर्न तत्पर हुँदैनन् । देशभक्तिलाई हामीले केवल वचनविलास वा भावुक कविता वा कोरा नारामा बुझेका छौ“ । देशभक्तिको अर्थ त देशका लागि हामीले गर्ने बौद्धिक, आत्मिक तथा भौतिक योगदान पो हो ।यहाँ मैले व्यक्तिविशेषलाई दोषारोपण गर्न खोजेको किमार्थ होइन । मैले त केवल हाम्रा रुचि, लत र आचरणहरूबाट निर्माण भएको हाम्रो प्रवृत्तितर्फ सङ्केत गर्न खोजेको मात्र हुँ । यस्तो प्रवृत्तिमा परिवर्तन र परिमार्जन नभई कसरी बन्छ हामीले थेगोझै“ जप्ने गरेको नयाँ नेपाल -त्यो देश कसरी समुन्नत हुन्छ जहाँ आधाभन्दा बढी जनसंख्या भएका महिलालाई सामान्य मानवसरह व्यवहार गरिन्न - निश्चितै रुपमा धेरैजसो महिलाहरूका लागि घरहरू अझै पनि यातनागृह सरह छन् । दाइजोजस्तो अमानवीय कुप्रथाका कारण कतिपय बाबु-आमा छोरीको जन्मलाई नै निषेध गर्ने कल्पना गर्न विवश छन् ।यो सरकार घोषणा गर्छ - अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने छ । दाइजो दिने र लिने दुबै कानुनतः दण्डका भागिदार हुनेछन् । सम्पत्तिमा समान अधिकार सुनिश्चित नभएसम्म महिला अधिकार सुनिश्चित हुन सक्दैन । यो सरकार घोषणा गर्छ- छोरोसरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिने छ । विवाह वा अरु समारोहहरूलाई किफायती बनाउन यो सरकार कटिबद्ध छ । यस्ता समारोहहरूमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानुन कडाइका साथ पालना गरिने छ ।घरेलु हिंसालाई निषेध गर्दैजाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्रहरू स्थापना गरिने छन् । महिलाको आङ खस्ने समस्यामा केही हदसम्म निश्चय नै सुधार गर्ने प्रयास भएको छ । तर हर्निया, ढाड खुस्कने समस्या -एचयबिउकभम -Prolapsed Intervertebra Disk-PID), पाइल्सको समस्या आदिजस्ता श्रमसँग प्रत्यक्षरूपले सम्बन्धित समस्याहरूमाथि भने कसैको ध्यान पुगेको छैन । आइन्दा सरकारले यी समस्याहरूको एकमुष्ट उपचार गर्ने व्यवस्था गर्दैछ । सरकारले यसअघि नै माघ १ गतेदेखि लागु हुने गरी देशभरका अस्पतालमा निःशुल्क प्रसुती सेवा उपलव्ध गराउने घोषणा गरिसकेको यहाँहरूलाई जानकारी छँदैछ । यसको साथै स्वास्थ्य संस्थाहरूको भूमिका परिभाषित गरी तिनको नियमन तथा सदुपयोग गर्ने प्रबन्ध मिलाइने छ । शिक्षण अस्पतालहरूलाई अनुसन्धान कार्यमा लागिपर्न प्रोत्साहित गरिने छ र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य पर्यटनको विकार्सतर्फ लाग्न प्रेरित गरिने छ ।आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,यो देशमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकरुपमा सबैभन्दा बढी थिचोमिचो र हेलाहोचोमा परेको सामाजिक समुदाय दलित समुदाय हो । वादी समुदाय दलितहरूमध्ये पनि सबैभन्दा दलित हो । कथित उच्च जात-जातिहरूका लागि लाखौंको संख्यामा रहेको दलित समुदायका हातको पानी अझैं चल्दैन । मन्दिरका ढोकाहरूसमेत यिनका लागि बन्द छन् । विद्यालय, होटल र धारा-कुवामा भेदभावको संस्कृति अझै कायम छ । जातपातका नाममा यो अत्यन्तै लज्जास्पद राष्ट्रिय कलङ्क हो । आफूजस्तै नागरिकलाई अछूत सम्झने कोही पनि सभ्य मानिस र लोकतन्त्रवादी हुनै सक्दैन, केवल अपराधी हुनसक्छ । लाखौं नागरिकलाई मानिस नठान्ने यो सोचाइ र संस्कृति घोर अमानवीय छ । त्यसैले यो सरकार घोषणा गर्छ- छुवाछूत जघन्य सामाजिक अपराध हो । यसको लागि मौजुदा कानुन अपूर्ण छ भने यथाश्रि्र नयाँ कानुन बनाई छुवाछूतलाई जघन्य कसुरका रुपमा परिभाषित गरी कडाइका साथ कारबाही गरिने छ । यो अपराधलाई निर्मूल पार्न कानुनी व्यवस्था मिलाई हरेक अदालतमा छुवाछूत निवारण सेलको व्यवस्था गरिने छ । यसैगरी हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछूत अपराध निगरानी केन्द्र गठन गरिने छ । छुट्टै कानुनबाट राष्ट्रिय दलित अधिकार आयोग गठन गर्ने तयारी भइसकेको छ । छुवाछूत प्रथा र दलित वा विपन्न समुदायका अशक्त महिलाहरूलाई बोक्सीको आरोप लगाएर अपमान गर्ने र यातना दिने प्रथाजस्ता अनेकौ“ सामाजिक र सांस्कृतिक कुप्रथाहरूलाई उन्मूलन गर्नका निम्ति सामाजिक-सांस्कृतिक जागरण अभियानमा सरिक हुन म मुलुकभरिका संवेदनशील तथा सचेत संस्कृतिकर्मीहरूलाई विनम्र आग्रह गर्दछु । यस सन्दर्भमा जनयुद्ध र जनआन्दोलनमा दलित समुदायले पुर्याएको योगदानको सम्झना गर्दै दलित समुदायको उत्थानका लागि सहिद दिलबहादुर रम्तेलका नाममा दलित शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिने छ । मलाई लाग्छ, दलित समुदायका लागि यो निश्चितै रुपमा हर्षर गौरवको कुरा हो ।नेपाली समाजमा भूमिहीनहरूको समस्या कहिल्यै सही ढङ्गले हल नभएको समस्या हो । हरेक नागरिकसँग शिर ढाक्नलाई छानो र अरु पेशा-व्यवसाय नभएका नागरिकहरूलाई खोस्री खानलाई माटो हुनुपर्छ भन्ने यो सरकारको प्रस्ट मान्यता छ । तर्सथ विगतमा विभिन्न कारणले दर्ता छूट भएका मोहीहरूलाई निश्चित समय दिएर दर्ताका लागि आह्वान गरिने छ ।
सबार नेपालअरब
अचम्मको बच्चा

चार वटा हात, चार वटा गोडा अनि दुई वटा लिङ्ग भएको अनौठो बच्चा रामेछापमा जन्मिएको छ। वेताली गाविस-२ की जमुना घिमिरेले एक साता अघि यस्तो अनौठो बालकलाई जन्माए पछि उनको घरमा बच्चालाई हेर्ने मानिसहरुको भीड लागेको छ।
ऋषिप्रसाद घिमिरेकी पत्नी ३० वर्षीया घिमिरेले चौथो सन्तानको रुपमा सो बच्चा जन्माएकी हुन्।
१० महिना पुगेपछि घरमा नै सामान्य अवस्थामा जन्माएको ५ केजी तौलको सो बच्चाको टाउको र शरिरका अन्य भागहरु भने सामान्य अवस्थामा रहेका छन् । बालकको ४ ओटा हातहरु मध्ये २ वटा हातहरु सामान्य छन् भने एउटा हात टाउको पट्टी र अर्को पेटपट्टी फर्किएको छ । त्यस्तै दुई वटा गोडा सामान्य अवस्थामा र २ ओटा भने तल्लो पेटमा अंगालो मारेर बसेको अवस्थामा रहेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीबाट १ दिन टाढाको पैदल दुरीमा रहेको स्थानमा जन्मीएको सो बच्चालाई स्थानीय स्वास्थ्यकर्मीले जाँच गर्दा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । बच्चाले सोमबार विहानबाट आमाको दुध चुस्न दिसापिसाबसमेत गर्ने गरेको छ।
साबार मेरो संसार
Friday, January 23, 2009
लाहुरेको श्रीमती पुरुष बेश्यासंग सेक्समा मस्त-अप्जसे कान्छा

संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्टाउदै छु भने गत हप्ता ढिलै भएपनि संयोगबस मैले”बिमोचन”मासिक पत्रिका(मंसीर ,२०६५) पढ्ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।
कलिउड पेजमा ठुलो अक्षारमा “पुरुष बेश्या”को कथा “पलपलमा” भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्ने अवसर पाए।लाहुरे शब्द पढ्ने बितिकै उत्सुकता बढ्यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र “पलपलमा” लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ।
सेक्सलाइ मुख्य आधार बनाएर बनाइएको उक्त चलचित्रमा विदेशबाट लाहुरेले पठाएको पैशाले लाहुरेनीले सेक्समा रोमान्स गरेको हट सिनहरु राखिएको बताइएको छ।अत्यन्त इमोसनले भरिपुर्ण उक्त चलचित्र “पलपलमा” रमित ढुङ्गाना,दिलीप रायमाझी ,विक्रान्त बस्नेत,दिलीप गौतम,सुमन सिंहलगायत नायकलेले पुरुष बेस्याको भुमिका निभाएका छन भने रुपा राना,सुजाता सिटौला ,उषा,शशि खड्का,असिम राना लगायतका नायिकाहरुले लाहुरेको श्रीमतीको भुमिका निभाएका छन्।लेखकको नाम उल्लेख नगरिएको बिमोचन पत्रिकाको मंसिर अंकलाइ सत्य मान्ने हो भने छोटकरिमा लाहुरेको श्रीमतीहरुले श्रीमानले पठाएको पैशाले पुरुष बेश्यासंग रोमान्स गरेको अति नै सेक्सी ,हट,इमोसनल सिनहरुले भरिपुर्ण फिल्मको नाम हो “पलपलमा”।
समाजको जुनसुकै कथाबस्तुमा फिल्म बन्न सक्छ यसमा हाम्रो छैन तर आपति त्यति बेला मान्नु पर्ने हुन्छ जतिबेला फिल्मको इम्प्यक्ट ,म्यासेज खास वर्ग,क्षेत्र,पेसा,समुदायमा नकरात्मक जान्छ,बदनाम गर्छ,लज्जीत बनाउछ इज्यतमा आघात पार्छ।निरदेशक दाहालले सेक्स सम्बन्धी दिन खोजेको म्यासेजप्रति कसैको आपती हुनेछैन साथै समाजमा भएको सेक्सुवल घटनालाइ आधार बनाएर चलचित्र निर्माण गरेकोमा पनि असहमति छैन तर असमति र आपती यहानेर छ कि उक्त फिल्मको कथाबस्तुले पुरै लाहुरे समुदायलाइ बदनाम गराउने निर्देशक दाहालको पुवाग्रहि मनासय प्रति।के नेपाली समाजकमा पुरुष बेश्याको ग्राहक लाहुरेको श्रीमति मात्रै हो त?तेत्रो नेपालबाहिर गएका अरु विदेशिहरुको श्रीमति र नेपालकै पनि कतिपय श्रीमतिहरुचै किन निरदेशक दाहालले देखेनन जो पुरुष बेश्यासंग सेक्स गर्छन र लाहुरेकै श्रीमतीको नाम लीए यसमा ठुलो षाडयन्त्र छ लाहुरे समुदायलाइ बदनाम गर्ने ।
अब हामी सचेत लाहुरेहरुले कदम चाल्ने बेला आएको छ।लाहुरेको परिचय र स्वाभिमान उच्च छ समाजमा।१,२ जना लाहुरेको श्रीमतीले पुरुष बेश्या संग यौन सम्पर्क राख्यो भन्दैमा सम्पुर्ण लाहुरेको श्रीमतिहरुलार्इ त्यसको दोष दिन मिल्दैन र सम्पुर्ण लाहुरेको श्रीमतीहरु यस्तै हुन भन्ने म्यासेज समाजमा जान सक्छ ,यो कुरा पैला सोच्नु भयो कि भएन दाहाल जी ।प्रतिष्ठित लाहुरे समुदायलाइ बदनाम गर्न लाहुरेका श्रीमतीहरुलाइ बेश्या संग सेक्स गरेको कथा चलचित्रमा प्रस्तुत गरेर लाहुरेहरुलाइ समाजमा नाक नै देखाउन अप्ठारो पार्ने चलचित्र बनाउने दाहाल को नियत कस्तो हो?भोलि यो चलचित्र रिलीज भएपछि नेपाली समाजले लाहुरेनिहरु नै नकारात्मक दृष्टिले नहेर्ला भन्न सकिन्न ,टोलटोलमा,चोकचोकमा,लाहुरेनीहरुलारइ नाक देखाउन लाजमर्दो हुनसक्छ ,समाजले कुरा काटन थाल्छ,बेइज्यत गराउछ लाहुरेलाइ,त्यसकारण्बाट यसरी लाहुरे समुदायलारइ बदनाम गराउने चलचित्रलाइ तत्काल प्रतिबन्द लगाउनु पर्छ र यो फिल्मको निर्माता ,निरदेशक माथि आवश्यक कारवाहि मा गर्नु जरुरी छ,कुनै पनि घटनालाइ आधार बनाएर पुरै समुदायलाइ इम्बारस गर्ने ,प्रतिष्ठामा आँच पुराउने चलचित्र बनाउने छुट कसैलाइ छैनअब हामी लाहुरेहरु तातिने बेला आएको छ, हाम्रो श्रीमतीको बदनाम गर्नु हाम्रो बदनाम गर्नु हो त्यसलै लाहुरे समुदयलाइ बदनाम गराउने किसीमको चलचित्र बनाउने अधिकार कसैलाइ छैन।यदि यो पत्रिकामा आएको कुरा सत्य हो भने हामी यो सहेर बस्ने छैनौ कानुनी प्रकि्रयामै गएर भएपनि अघाडि बढने बेला आएको छ।यो चलचित्र “पलपलमा”बारे सत्यतथ्य कुरा बुझ्नको लागि लाहुरे कवि नवराज ,त्यस्तै गरेर लाहुरे चलचित्र निरदेशक मिलन चाम्सहरुले नेपालमा सम्पर्क बढाएका छन् यदि यो विमोचन पत्रिकाकै सबैकुरा सहि ठहरिएमा उक्त चलचित्रलार्इ तत्काल प्रदर्शन हुनबाट रोक्न सेन्सरसीप लगाउनु जरुरी छ।नत्र यदि हामी चुपचाप सहेर बस्ने हो भने भोली समाजमा लाहुरेको बेइज्यत हुन्छ र लाहुरे समुदाय इम्बारस सहनुपर्छ ।त्यसैले अब हामी सम्पुर्ण लाहुरेले निरदेशकउकेश दाहाललार्इ लाहुरेको पावर देखाउने बेला आएको छ उकेश जी सावधान।

साबार मुलाबातो
विदेशनीतिमा ओबामाका १० चुनौती

2009-01-23,Friday
'आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-
१. विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । आगामी दिनमा युद्धको सट्टा 'मेलमिलाप कूटनीति' ले बढावा पाउन सक्नेछ । तर, अमेरिकी राष्ट्रपति नचाहेर पनि युद्धमा संलग्न हुनुपरेको इतिहास छ । त्यसैले ओबामा युद्धमुक्त राष्ट्रपतिको रूपमा स्थापित हुन सक्नेछन् भनेर कसैले पनि अपेक्षा गरेका छैनन् ।
२. इराकओबामाले इराकमा आफ्नो लक्ष्यलाई 'सफलतापूर्वक युद्ध समाप्ति' का रूपमा पुनर्परिभाषित गर्न सैन्य कमान्डरलाई बताएका छन् । तर, उनले यो काम जिम्मेवारीपूर्वक गरिनुपर्ने पनि उल्लेख गरेका छन् । ओबामाले राष्ट्रपति पद सम्हालेको १६ महिनाभित्र अर्थात् २०१० को मे महिनासम्ममा इराकबाट थुप्रै चरणमा अमेरिकी सेना फिर्ता गरिने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् ।
ओबामाले राष्ट्रपति पद सम्हालेको १६ महिनाभित्र इराकबाट अमेरिकी सेना फिर्ता गरिने सम्भावना
३. अफगानिस्तानओबामाको एजेन्डामा अफगानिस्तान सबैभन्दा माथि हुने बताइन्छ । उनले 'अफगानिस्तानमा ध्यान केन्दि्रत गर्ने' कुरा गरेका छन् । उनले अरू दुई सैन्य बि्रगेडलाई अफगानिस्तानमा पठाउने घोषणा गरिसकेका छन् । ओबामाले ओसामा विन लादेनमाथि हमलाको कुरा पनि गरेका छन् र त्यो जहिले पनि हुन सक्छ ।
४. आतंकवादविरोधी युद्धबुसको चर्चित नारा 'आतंकवादविरोधी युद्ध' ले ओबामाको कार्यकालमा उति महत्त्व नपाउन सक्छ । उनी ध्यान दिन चाहन्छन्- 'विचारको युद्ध' मा, ताकि अमेरिकाको विदेशनीति उसको 'पारम्पारिक मूल्य' सित मेल खाओस् । त्यसैले उनी इस्लामी संसारका उदारवादी शक्तिसित तालमेल बढाउनेछन् ताकि 'अल कायदाको प्रपोगन्डा' सामना गर्न सकियोस् । यद्यपि, उनले भनेका छन् कि 'अमेरिकाका लागि आतंकवादी सिधा खतरा बनेर उपस्थित छन्, उनीहरूमाथि सैन्य हमलाबाट हामी पछि हट्ने छैनौँ ।'
५. इरानसम्भवतः ओबामाका लागि यो एउटा ठूलो संकट हो र, इरानले आगामी दिनमा कस्तो कदम उठाउनेछ भन्नेमा यो निर्भर गर्छ । यदि इरानले लोग्रेड युरेनियमको विकास जारी राखेको खण्डमा ओबामा प्रशासनले इरानमाथि आफ्नो प्रतिबन्ध पनि जारी राख्नेछ र सम्भव छ, यसको दायरा अझै फराकिलो बनाइनेछ । ओबामाले भनेका छन्- 'उनी इरानसित निःसर्त वार्ता गर्नेछन् । यद्यपि, यो राष्ट्रपति-स्तरमा नै हुनुपर्छ भन्ने जरुरी छैन ।' अहिलेको इरानी सरकारले आफ्नो युरेनियम विकास योजनालाई त्याग्ने सम्भावना कम देखिन्छ । यस्तोमा, अमेरिकाले कुनै सम्झौता गरेर कठोर अनुगमनमा केही युरेनियमको विकास गर्ने अनुमति दिन सक्छ ।
६. मध्यपूर्व शान्तिप्रक्रियापूर्वराष्ट्रपति बुस इजरायल र प्यालेस्टाइनसित यस वर्षको अन्त्यसम्ममा सम्झौता गर्न चाहन्थे, जो अब सम्भव देखिँदैन । इजरायल र प्यालेस्टाइन शान्तिप्रक्रियामा कति हदसम्म हस्तक्षेप गर्ने भन्ने ओबामाका सामु चुनौती देखिन्छ । १० फेब्रुअरीमा हुने इजरायली चुनावले इजरायली सरकार यो मामलामा कुनै किसिमको सम्झौता वा लचिलोपनका लागि तयार छ या छैन भन्ने स्पष्ट पार्नेछ ।
७. रुसशीतयुद्धको समाप्तिपछि हाल जर्जियामा भएका घटनाले रुस र पश्चिमी देशबीच मनमुटाव उत्पन्न गरेका छन् । यसले सवाल खडा भएको छ कि नयाँ अमेरिकी प्रशासनले रुससित आफ्नो विदेशनीतिमा के परिवर्तन ल्याउला ? अमेरिकालाई इरान र डारफुर मामलामा पनि रुसको सहायता चाहिनेछ । तत्काल भने उसको सम्पूर्ण जोड जर्जियालाई नेटोको सदस्यता दिलाउनमा हुनेछ ।
८. उत्तर-कोरियाहालै उत्तर-कोरियाका बारेमा केही सकारात्मक कदम उठाइएको छ । उत्तर-कोरियाले परमाणु कार्यक्रमको सत्यताको जाँच गर्न यो सर्तमा सहमति दिएको छ कि अमेरिका उत्तर-कोरियालाई 'आतंकवादलाई सहयोग पुर्याउने देश' को सूचीबाट हटाउनेछ । तर, उत्तर-कोरियाले आफूसित भएका परमाणु हतियार भने सम्भवतः आफैंसित राख्नेछ । यस्तोमा, ओबामा उत्तर-कोरियालाई पूर्णरूपमा परमाणु हतियारबाट मुक्त गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा भएको छ ।
९. चीनचीन सुरक्षा परिषद्को स्थायी सदस्य हो । साथै, संसारमा उसको आर्थिक शक्तिलाई कसैले नजरअन्दाज गर्न सक्दैन । त्यसैले चीनसितको अमेरिकी सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेरिएको छ । चीन आफैंमा अमेरिकाका लागि कुनै समस्या होइन, तर ताइवानको भविष्य समस्या बन्न सक्छ र तिब्बतको मुद्दा त छँदैछ । वर्षांदेखि चीनको सम्पूर्ण ध्यान आफ्नो घरेलु आर्थिक विकासमा केन्दि्रत छ । जबसम्म उसले त्यसबाहेक अन्यत्र ध्यान दिँदैन, अमेरिकासित उसको सम्बन्ध स्थिर नै रहनेछ । ओबामा यसभन्दा बाहेक अरू केही चाहन्छन् भन्ने कुनै लक्षण पनि देखिएको छैन ।
१०। नयाँ कूटनीति :वित्त, जलवायु परिवर्तन र ऊर्जायिनीहरूलाई नयाँ कूटनीतिको रूपमा लिन थालिएको छ । हाल अमेरिकामा छाएको आर्थिक संकट, जसको सामना गर्न अमेरिकी वित्तीय संस्थाहरूलाई सरकारी प्याकेज घोषणा गरिएको छ, बाट मुक्त हुनु ओबामाको पहिलो प्राथमिकता हुनेछ । ओबामाले जलवायु परिवर्तको क्षेत्रमा कैयौं कदम उठाउनेमा आफ्नो प्र्रतिबद्धता व्यक्त गरेका छन् । उनी सन् २०५० सम्ममा गि्रन-हाउस ग्यासमा ८० प्रतिशत गिरावट चाहन्छन् । ओबामाको राष्ट्रपतिकालमा जलवायु परिवर्तन पनि एक प्रमुख मुद्दा हुनेछ । ऊर्जा, खासगरी तेलको आपूर्ति, ओबामाको एउटा प्रमुख चुनौती बन्नेछ । विश्वले अमेरिकाको नयाँ भूमिकालाई कुन रूपमा अख्तियार गर्छ, त्यसैमा निर्भर हुनेछ ओबामा प्रशासनको सफलता-अफलता । (बिबिसी) साबार नया पत्रिका

Subscribe to:
Posts (Atom)