NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, July 16, 2009

पढ्न पाए केही गरेर देखाउँथें


 


 


 


 


विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ...



'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ उनी भान्छामा खाना पकाउँदै थिइन् ', तँ पास भइस् ?' उनले यत्ति भनिन् मलाइ समातीन रुन थालिन् त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं


आमालाई पास भएकैमा खुसी थियो डिस्टिङ्सनको अर्थ उनले बुझिनन् बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा


 


***


मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन डर लाग्छ आङ सिरिङ्ग हुन्छ ती दिन त्यस्तै थिए


सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै नपढेकाले अरू के नै पाउाछन् ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् आजसम्म पुगेकी छैन घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला खै ?


जोरपाटी बाहुनधारा नजिकै हामी बस्ने कोठा सााघुरो, अाध्यारो चिसो त्यो कोठामा आमा मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता कान्छी शान्ति एउटा खाट राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा उत्तम सञ्जेल सरले सहयोग नगरेको भए समताले साथ नदिएको भएा यो अवस्थामा सायदै आउथेा


***


समता शिक्षा निकेतनमा आउनू अघि, अघि महांकालको एउटा स्कुलमा पढ्थेा 'छोरीलाई पनि स्कुल पठाउने हो ?' भनेर कसैले भनेछ क्यारे त्यसपछि बाले मलाई स्कुल जान दिएनन् कता हो कता मलाइ एक घरमा काम लगाइदिए एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन्

आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो घरमा चामल, नुन, तेल /छैन उनलाई पत्तो हुन्थेन रक्सीले चुर भएर आउाथे उनी


ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो आमा कराउाथिन् बा रिसाउाथे बा कराउादा आमा रिसाउाथिन् बाले आमालाई लछारपछार गर्थे, कुट्थे डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे


'तिमेरू सबलाई मार्छु' भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे कान्छी दगुर्दै आमालाई समाउन जान्थी आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी

रुन्थ्यौ बा भने मजाले निदाउथे


**


एक साँझ लखतरान परेर आमा आइपुगिन भोकाएका बहिनीहरू केही कि भन्दै आमालाई समाउन पुगे


'लौ रोटी खाउ,' आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन भोकाएका हामीले, कपाकप खायौं राति बाबा मात्तिादै आए जे डर थियो त्यही भो 'जथाभावी डुल्छेस्' भन्दै बाले आमालाई गाली गर्न थाले


चर्काचर्की हुादै थियो आमालाई नबोल्न भन्दै थिएा बाले हात छाडिहाले लछारपछार हुादा किताबहरू असरल्ल परे आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा


आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले डरले थरथरी काापे हामी भागेर सडकमा पुग्यौं त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, 'छोरी ता पढेर ठूली मान्छे बन्नु यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् '


जव सात कक्षा पुगेा घरको स्थितिले पढाइ बिगि्रदै थियो त्यसैले ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो तर, मलाई त्यहाा बस्ने रहर थिएन घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो


स्कुल हुन्थेा, मन घर पुग्थ्यो एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् मध्यरात सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं




 ***
आठ कक्षापछि आमाको मायाले उनीसागै बस्न थालेा सधैा झैझगडा, पिटापिट कति सहनु ? आमा हामीले बासाग छुट्टनिे निर्णय गर्यौं हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन्


हामीसाग खान पैसा थियो, बस्नलाई बास साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो तर कसरी ? थाहा थिएन


बल्लबल्ल कोठा पाइयो रित्तो कोठा ओछ्याउने कुरा छैन पकाउने भाँडाकुाडा थिएनन्् आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं


आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही केही सामान दिएर पठाउन थाले पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं


८८
दश कक्षा पुगेा घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा भाडा मोल्ने, कपडा धुने अर्काको घर सफा गर्ने काममा पनि फुर्सद मिलाएर आमासागै जान्थेा


राती बजेसम्म पनि काम गरेा दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो यसले मलाई ठूलो चिन्ता थप्यो 'मै गर्छु ता पढ्' भन्दै आमा आफैा काममा धस्सिन थालिन् घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला मैले ठूलो परीक्षा आएको भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो


कहिलेकाहीा पढ्दा छ्याङै रात कट्थ्यो बुबा फेरि र्फकने हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए एसएलसीमा पनि राम्ररी पढ्न पाइना खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो कहिलेकााही चक्कर लाग्थ्यो कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला


आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा परीक्षा मेहनत गरेरै दिएकी थिएा ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना अझै राम्ररी पढ्न पाएको भए धेरै गर्न सक्थेा मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा


 ***


मेरा अगाडि धेरै चुनौती छन् 'महिला बालबालिकाको' डाक्टर बन्नेे सपना दुई बहिनीलाई धेरै पढाउने इच्छा अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी यी यस्तै सपनै सपनाका बीचमा उभिएकी अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन


 हुन केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन मेरो विचार , 'बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ '


 ***


'छोरी ता पढेर ठूली मान्छे बन्नु यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्'


 आमाका यी कुराले मलाई झकझकाई रहन्छ अझ् पढ्न बढ्न उत्साह थप्छ कलेज पढ्न साथमा कौडी छैन हात परेको सर्टिफिकेटले आफैं पढाउादैन पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन कसैको सहयोग पाए अझ पढेर केही गर्न मन केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि तर ...खै के हुने हो ?


2889







 


'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'


 





 


पढ्न पाए केही गरेर देखाउँथें


भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् समता शिक्षा निकेतन जोरपाटीमा कक्षा देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन्


"मैले पत्रिका पढेँ तिमीलाई बधाइ ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, " आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए


सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए
प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने
"यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, " भेट गराउने व्यवस्था गर्छु।"


"हुन कथा पढेपछि शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो


"उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ सफलताका लागि शुभकामना दिए


सन्तानको हेरचाहमा खासै ध्यान नदिने उनका बाले परिवारलाई दिनहुँ यातना दिन्थे चार वर्षअघि भावनाका आमा दुई दिदीबहिनी बासँग छुट्टिएका थिए त्यसपछि बाले अर्को बिहे गरेछन् दोलखाको चरिकोट घर भएकी भावनाले आफ्नो घर देख्न पाएकी छन् उनकी आमाले नै देखेकी छन्


बासँग छुट्टिँदा उनीहरुसँग बस्ने बास थियो खाने गाँस जोरपाटीको बाहुनधारा नजिक बल्लतल्ल पाएको डेरामा उनका परिवारले धेरै दिन एकसरो सुकुलमै रात काटेका थिए भोजभतेरमा भाँडा माझ्न जाँदा आमा मीना छोरीहरुका लागि खाना पोको पारेर ल्याउँथिन् बासीत्यासी जे हात पर्छ त्यही खाएर भावनाले पढाइलाई निरन्तरता दिइन्


"तिमीले अझ धेरै मेहनत गर्नुपर्छ डाक्टर बन्नु," महिला तथा बालबालिकाको डाक्टर बन्ने सपना लिएकी भावनालाई प्रधानमन्त्रीले भने, "अझ राम्रो नम्बर ल्याउनु ९० प्रतिशत कटाउनु।"


आफूजस्तो सामान्य नागरिकलाई प्रधानमन्त्रीले भेट्न बोलाएकामा भावना दंग थिइन्। " पढेर धेरै काम गर्छु," प्रधानमन्त्रीसँगको १० मिनेट लामो कुराकानीमा घरिघरि उनको बोली अड्कियो खुसीले उत्साहित भएर।


प्रधानमन्त्रीले आमा मीनासँग पनि उनीहरुको पारिवारिक अवस्थाबारे चासो राखेका थिए, "परिवारका लागि अरु के गर्न सकिन्छ हामी छिट्टै तपाईंलाई खबर गर्छौ।" कुराकानीपछि भावनाले प्रधानमन्त्रीलाई एउटा पत्र पनि थमाइन् आमाका लागि काम गर्ने केही बाटो जुराउनसके बहिनीहरुको पढाइ राम्रो हुने बेहोरा उनले पत्रमा लेखेकी थिइन् "मजस्ता धेरै भावनाले पढ्न पाओस् भनेर पनि लेखेँ," उनले भनिन्


दुःखसाथ एसएलसी दिएर ८८।७५ प्रतिशत अंक ल्याउँदा पाएको खुसी प्रधानमन्त्रीको भेटले उत्कर्षमा पुर्याएको भावनाको प्रतिकि्रया थियो


"पैसा छैन कसरी पढ्ने भन्ने लाथ्यो निरासै भएकी थिएँ," बालुवाटारबाट फर्केपछि उनले नागरिकसँग भनिन्, "सबै्तिरबाट सहयोग प्रोत्साहन पाउँदा धेरै उत्साहित छु।"


एसएलसीको नतिजालगत्तै खुसीसँगै पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता अँध्यारो डेरामा भित्रिएको थियो


छोरा नपाएको निहुँमा दिनहुँ श्रीमानबाट यातना पाएकी मीनाका आँखा पनि धेरै वर्षपछि खुसीका आँसु छचल्किरहेका थिए "सपनामा पनि सोचेकी थिइन सर," उनले भनिन् - "दुःखै गरेर पनि छोराछोरी पढाए राम्रो हुने रैछ।"


नागरिकको असार २१ को अंकमा उनको पहिलो कथा छापिएको थियो त्यसलगत्तै उनलाई सहयोगका लागि देशका विभिन्न स्थानबाट फोन आउन सुरु भयो शनिबार उनको संघर्षको कथा छापिएपछि उनलाई आर्थिक सहयोग गर्ने कलेज पढाउने बाचा गर्नेहरु ओइरै लाग्यो


"यस्तो दिन आउँछ भन्ने विश्वासै लागेको थिएन," भावनाले भनिन् - "मेहनत गर्यो भने गरिबको पनि दिन आउँदो रहेछ।"


सुरक्षा गार्डको शुभकामना


"मैले तपाईंको कथा दुईपटक पढेँ आँखा धेरै रसायो," सोमबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार निवास गएकी भावनालाई गेटमा बसेका सुरक्षा गार्ड सुरेन्द्र लिम्बुले भने- "बहिनी अझै पनि मैले त्यो पान्नो सिरानीमै राखेको छु।"


झापा स्थायी घर भएका लिम्बु भावनाको भोगाइमा भावुक हुनुको कारण - उनको बाल्यकाल भावनासँग मिल्दोजुल्दो थियो "मेरो उसको भावना कथा उस्तैजस्तो रहेछ," उनले भने - "पत्रिकामा पढ्दा पनि आफ्नै कथा पढेजस्तो लाग्यो।"


भावनालाई भेटेर सहयोग गर्ने इच्छा व्यक्त गर्दै उनले भने. "सहयोग गर्न मन थियो तर हामी साना मान्छे ठूलो मान्छेको हात पाउनु भएछ राम्रो गर्नुस् है शुभकामना !"


मेहनतीलाई सहयोग


भावनाको समाचार छापिएलगत्तै उनलाई सहयोग गर्नेहरुले नागरिक दैनिकमा सम्पर्क गर्न थालेका थिए डिल्लीबजार कालिकास्थानका खगेन्द्रबहादुर केसीले घरमै बोलाएर हजार रुपैयाँ सहयोग गरे असोज महिनापछि हरेक महिना हजार रुपैयाँ सहयोग गर्ने बाचा पनि गरे


टि्रनिटी कलेज डिल्लीबजारले उनलाई पूर्ण छात्रवृत्तिसहित होस्टलको सुविधा दिने प्रस्ताव गर्यो पोखराबाट पनि सहयोग रकम आयो सपुतमान तामाङसहित ठमेलका पर्यटन व्यापारीले उनका लागि रकम संकलन गर्ने अभियान थाले


नेपाल टेलिभिजनको कार्यक्रम संघर्ष श्रम श्रृजना रेडियो नेपालको तामाङ भाषाको कार्यक्रमले उनी उनकी आमाको संघर्षको कथाबारे अन्तवार्ता लियो


नागरिक शनिबारमा उनको पूर्ण कथा छापिएपछि भने देश विदेशबाट सहयोग गर्नेहरुको ओइरो लाग्यो जावलाखेलका हार्डवेर व्यापारी बलराम कार्कीले शनिबार उनको कोठामै पुगेर हजार सय ५५ रुपैयाँ सहयोग गरे उनी फलफूल बोकेर श्रीमतीसित जोरपाटी पुगेका थिए


अनलाइनमा समाचार हेरेपछि जर्मनबाट प्रेमराज न्यौपानेले आफ्नी ११ वर्षे छोरीलाई भावनासँग भेट गराउन मन लागेको बताए उनी केही सातामै नेपाल आउन लागेका छन् त्यही क्रममा मेहनती छात्रा भावनासित छोरीको भेट गराउने उनले बताए " सहयोग पनि गर्नेछु" उनले इमेलमा लेखेका छन्


सोमबार साँझसम्म उनलाई पूर्ण छात्रवृत्ति दिन काठमाडौं बाहिरका १५ कलेजले नागरिक कार्यालयमा सम्पर्क गरिसकेका छन् "मलाई पढाउन रुचि देखाउने सबै कलेजलाई धन्यवाद दिन चाहन्छु" भावनाले भनिन्, "जहाँ पढे पनि मेहनतै गर्ने हो तर पहिलोपटक मलाई अवसर दिने टि्रनिटीमै पढ्ने विचार "


प्रधानमन्त्री नेपालले पनि "आफूलाई मनपर्ने कलेज रोजेर पढ्न" सुझाव दिएका थिए



भावनाका लागि छात्रवृत्ति दिन ताकेता गर्ने सबै कलेजलाई धन्यवाद काठमाडौंका टि्रनिटी, नोबेल, मिलेनियम, पासाङ ल्हामु, जया मल्टिपल, एम्बिसन, शुभ श्री, युनिभर्सल, क्यास्पियन, हिमालयन, ह्वाइट हाउस, जेभियर इन्टरनेशन। ललितपुरका एसियन, नेशनल, मल्टिपल, ग्रान्ड एकेडेमी, रिलायन्स। सिन्धुलीको भगवती आवासीय मावि।


भावनालाई प्रोत्साहन सहयोग
खगेन्द्र बहादुर केसी डिल्ल्बिजार काठमाडौं तत्काल ४००० दुई वर्षको लागि मासिक हजार
शान्ति लक्ष्मी पराजुली पोखरा हाल लगनखेल हजार
अमर तामाङ तथा थ्री जेवल्स् एडभेन्चरस समुह २० हजार
बलराम कार्की जावलाखेल ५५५५
बार्षिक हजार काठमाडौं नाम नखुलाउने सर्त
मासिक १५०० एक वर्ष काठमाडौं नाम नखुलाउने सर्तमा
धु्रव विक्रम मल्ल अध्यक्ष तथा प्रमुख बालाजु कराँते प्रतिष्ठान हजार
मिमकाजी सुनीता नमस्ते पोखरा डिपार्टमेन्टल स्टोर पोखरा हजार
सपुतमान तामाङ फूल कुमार लामा ठमेल ५५००
सुमन सागरजंग केसी कीर्तिपुर मासिक हजार दुईवर्षको लागि
भुवन कुमार श्रेष्ठ वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने
कृष्ण राज शिवाकोटी वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने


आर्थिक सहयोग गर्न चाहनु हुनेले उनको नाममा खोलिएको नेपाल एसबिआइ बैंक चुच्चेपाटी काठमाडौंको एकाउन्ट नम्बर २०५१५२४१४००२६३ मा रकम जम्मा गर्न सक्नुहुनेछ


साभार नागरिक दैनिकी पत्रिकाबाट

Tuesday, July 14, 2009

महँगो मोह


 


 


 










महँगो मोह


माधव बस्नेत


 




गणतन्त्र नेपालका प्रथम राष्ट्रपति भएलगत्तै रामवरण यादवलाई सबैभन्दा सुविधासम्पन्न गाडी उपलब्ध गराउन सरकारले २०६५ असार पहिलो साता नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गर्‍यो । सरकारको निर्देशनपछि प्राधिकरणले बा६च १०२९ नम्बरको टोयोटा प्राडो उपलब्ध गरायो । त्यसका लागि प्राधिकरणलाई धेरै टाउको दुखाउनु पनि परेन । किनभने, चमेलिया जलविद्युत् आयोजनाका लागि ०६४ असोजमा किनिएका छवटा प्राडो पूर्णरूपले प्रयोगमा आइसकेका थिएनन् । तिनैमध्येको एक राष्ट्रपतिका लागि उपलब्ध गराइएको हो 
तर, राष्ट्रपति यादवले त्यो जापानी प्राडो एक दिन पनि प्रयोग गर्न पाएका छैनन् । माओवादी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपयोग गररिहेका छन््, अहिले पनि । प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा उनले गृहमन्त्रालयले उपलब्ध गराएको मर्सिडिज बेन्जका साथै त्यो प्राडोसमेत प्रयोग गरेका थिए । सरकारबाट औपचारकि रूपमा बाहिरनिे दिन ०६६ जेठ ९ गते बिहान बसेको मन्त्रिपरष्िाद्को आकस्िमक बैठकले पूर्वप्रधानमन्त्री हँुदा पनि दाहालले त्यही प्राडो सुविधा पाउने निर्णय गरेको थियो । प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालका अनुसार सरकारको निर्देशन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिका लागि दुइटा प्राडोको १ करोड ८० लाख ६३ हजार ६ सय ५६ रुपियाँ ४६ पैसा लिएर प्राधिकरणले उपलब्ध गराएको हो  बस्याल भन्छन्, "प्राधिकरणले रकम पाइसकेकाले ती गाडीमा को-को चढिरहेका छन्, हामीलाई खोजीनीति आवश्यक छैन ।"
स्रोतका अनुसार, आफ्नालागि भनेर खरदि गरएिको महँगो प्राडो तत्कालीन प्रधानमन्त्री दाहालले नै प्रयोग गरेको थाहा पाएपछि राष्ट्रपति कार्यालयले दुईपटक ताकेता गरेको थियो । तर, प्रधानमन्त्रीका लागि अघिल्लो सरकारले 'अर्डर' गरेको एक करोड रुपियाँभन्दा माथिको गाडी आएपछि मात्रै त्यो प्राडो राष्ट्रपति कार्यालय पठाउने सोचमा थिए, बालुवाटारका तत्कालीन हत्र्ााकर्ताहरू  दुःखद कुरा के हो भने नयाँ गाडी आइनपुग्दै माओवादीले नेतृत्व गरेको सरकार ढल्यो  यद्यपि, दाहालले प्राडो नछाड्ने निर्णय कामचलाउ मन्त्रिपरष्िाद्को अन्तिम बैठकबाटै गराए । २५ वर्षे भूमिगत जीवन र सर्वहारा वर्गको मुक्तिका लागि भनेर १० वर्षसम्म सशस्त्र संघर्ष गरेका दाहालको गाडी सोख बुझ्न यही तथ्य पर्याप्त छ 
दाहाल त एक प्रतिनिधि पात्र मात्र हुन् । एकीकृत नेकपा माओवादीमा अध्यक्ष दाहालले जस्तो ९४ लाखको प्राडो नै नचढे पनि सबैजसो पोलिटब्युरो सदस्यहरूले १२ लाख रुपियाँभन्दा माथिका गाडी प्रयोग गररिहेका छन् । तथापि, माओवादी पार्टीका सचिवालय र पोलिटब्युरो सदस्यहरूले जीवनशैलीको अभिन्न अंगजस्तै बनाएका ती महँगा गाडीहरू आफ्ना नाममा भने दर्ता गरेका छैनन् । नेताहरूले सबै निजी सम्पत्ति पार्टीलाई दिएकाले 'उपहारमा आएको' गाडी आफ्नो नाममा दर्ता नगराएको केन्द्रीय सदस्य कृष्ण केसीको भनाइ छ । रोचक पक्ष के छ भने सुविधाभोगी भनेर बदनाम नेपालका अन्य दलका नेता-कार्यकर्ताले राजधानीमा पहिला एउटा घरलाई प्राथमिकता दिएका थिए 





 


तर, माओवादी शीर्ष नेताहरूले भने पहिला वातानुकूलित गाडी बन्दोबस्तमा जोड दिएको पाइएको छ । अहिले उपल्लो तहका माओवादी नेतामा राम कार्कीबाहेक सबैसँग सुविधाजनक निजी गाडी छन् । कार्कीलाई पनि लिम्बूवान राज्य समिति इन्चार्ज छउन्जेल गाडी उपलब्ध थियो 
०६४ साउन दोस्रो साता राजधानीको बालाजुमा भएको माओवादीको पाँचौँ विस्तारति बैठकमा सबै शीर्ष नेताहरूको सम्पत्ति सार्वजनिक गर्न कार्यकर्ताले चर्को दबाब दिएका थिए । साउन २७ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिका तत्कालीन ३५ जनाको सम्पत्ति विवरण सार्वजनिक पनि भयोे, जसमा सबैले पार्टीकै स्रोतसाधन प्रयोग गररिहेको देखाएका थिए । तर, यतिखेर सबै माओवादी नेताले पार्टीका नाममा दर्ता भनिएका सुविधासम्पन्न गाडी पनि निजी ढंगले नै प्रयोग गररिहेका छन् 
पार्टीमा चरम सुविधाभोगी प्रवृत्ति र संशोधनवाद हाबी भएको भन्दै चर्को असन्तुष्टि पोख्ने संगठन विभाग प्रमुख मोहन वैद्य 'किरण'ले प्रयोग गररिहेका ३० देखि ३५ लाख रुपियाँ पर्ने बा५च ५७५८ नम्बरको महिन्द्रा स्कोरपियो वीरगन्जका नितेश खनालको नाममा दर्ता छ । हुन त माओवादी नेताहरूले महँगा गाडी चढे पनि नगद तिर्नु नपरेको पार्टी स्रोतको भनाइ   कतिसम्म भने एक जना वरष्िठ नेताका स्वकीय सचिव गाडी महँगा भए पनि मोटरसाइकलको मूल्यजति पनि नपरेको बताउँछन् 
माओवादीका वरष्िठ नेता बाबुराम भट्टराईले चढेको गाडी त अझ विवादास्पद देखिन्छ । यातायात व्यवस्था विभागको रेकर्ड अनुसार, अहिले उनले चढिरहेको सेतो रंगको बा५च ६०९३ नम्बरको महिन्द्रा स्कोरपियो ०६४ असार १९ गते नै यातायात व्यवस्था विभागमा लगत कट्टा भई भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत बा१झ ७७४१ को सरकारी नम्बर प्लेटमा बदलिसकेको  । यद्यपि, उनी पुरानै निजी नम्बर लगाएको त्यो गाडी चढिरहेका छन् तर त्यो नम्बरको गाडी नियम अनुसार चलाउन पाइँदैन । रोचक के भने यातायात व्यवस्था विभागमा बा५च ६०९३ नम्बरको गाडी सिप्रदी ट्रेडिङ्को टाटा इन्डिका कार देखिन्छ जबकि अहिले त्यो नम्बर भट्टराईले चढ्ने स्कोरपियोको हुन पुगेको  । नेता भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे समस्या समाधान गर्न अस्थायी नम्बर लिने तयारी भइरहेकाले हालको नम्बर अन्तरमि मात्र भएको बताउँछन् । भन्छन्, "एक-दुई दिनभित्रैमा अस्थायी नम्बर आइसक्नेछ ।"
गिरजिाप्रसाद कोइरालाको नेतृत्वमा रहेको तत्कालीन सरकारले शान्ति प्रक्रिया सुरु भएको केही समयपछि माओवादी नेताहरूले प्रयोग गर्ने ९४ वटा अवैध गाडी र केही मोटरसाइकललाई अस्थायी दर्ता गरी नयाँ नम्बर दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार धेरैजसो दर्ता भइसकेका छन् भने केही प्रक्रियामा छन् । अस्थायी दर्तामा पहेँलो, सेतो र नीलो रङको प्लेटमा बा०००१अ जस्ता नम्बर दिइएको  
सचिवालय सदस्य वर्षमान पुनले पनि महिन्द्रा स्कोरपियो नै चढिरहेका छन्, जसको नम्बर बा०००१अ९ हो  गजब त के भने यातायात व्यवस्था विभागको रेकर्डमा यो नम्बरको गाडीको प्रकार नै खुलाइएको छैन 





 


०६४ मंसिर १५ गते पुनले यातायात व्यवस्था विभागबाट अस्थायी नम्बर प्राप्त गरेका हुन् 
स्कोरपियो मन पराउने अन्य माओवादी नेतामा पोलिटब्युरो सदस्य एवं वाईसीएल इन्चार्ज कुलबहादुर केसी र पोलिटब्युरो सदस्य पम्फा भुसाल पनि हुन् । केसीले बा०००१अ१९ र भुसालले बा०००१अ१५ नम्बरको स्कोरपियो उपयोग गररिहेका छन् । केसीले ०६५ चैतमा र ०६५ साउन १९ गते अस्थायी नम्बर लिएका हुन्  ०६५ फागुन २० गते अस्थायी नम्बर पाएको बा०००१अ३६ नम्बरको पोलिटब्युरो सदस्य हरभिक्त कँडेल चढ्ने टाटा सफारी भने वैशाख पहिलो साता कृष्णभीरमा दुर्घटनामा परेको   कँडेलको त्यो सफारी यतिखेर मर्मतमा  । लामो अस्पताल बसाइपछि स्वस्थ भएका कँडेलचाहिँ यतिखेर सहकर्मीहरूकै गाडीबाट पार्टी काम भ्याइरहेका छन् 
पार्टी अध्यक्ष दाहालपछि महँगा गाडीमा यात्रा गर्ने माओवादी शीर्ष नेताहरूमा सचिवालय सदस्य रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी छन्  पूर्वरक्षामन्त्रीसमेत रहेका थापाले बा०००१अ५ नम्बरको करिब ४० लाख रुपियाँभन्दा माथि पर्ने सैनिक रङको मोटर प्रयोग गररिहेका छन् । ०६४ कात्तिक २३ गते थापाले अस्थायी दर्ता नम्बर लिएका हुन् । यता संसदीय दलको उपनेतासमेत रहेका श्रेष्ठले प्रयोग गररिहेका हुन्डाई कम्पनीको गाडीचाहिँ जुदी इन्टरप्राइजेज धुलिखेलका दिलसुन्दर श्रेष्ठको नाममा दर्ता छ । श्रेष्ठले उपयोग गररिहेको जिपको नम्बर बा७च ५०३ हो । माओवादी शीर्ष नेताहरूले चढ्ने गाडीमध्ये सबैभन्दा पछिल्लोपटक नम्बर पाएको गाडी हो यो । स्रोतका अनुसार, श्रेष्ठले प्रयोग गररिहेको गाडीको मूल्य ३० लाख रुपियाँभन्दा बढी नै पर्छ । रायमाझीले प्रयोग गररिहेको रातो रङको गाडीको नम्बर बा५च १६०५ हो । हिमालयन ब्यांकबाट किस्ताबन्दी लिइएको यो गाडी मित्सुबिसी कम्पनीको पजेरो हो । प्रकाश खतिवडा नाम गरेका व्यक्तिको स्वामित्वमा रहेको यो गाडीको बजार मूल्य ५० लाख रुपियाँभन्दा माथि रहेको  
माओवादीभित्र कडा धारका नेता भनेर चिनिने सचिवालय सदस्य सीपी गजुरेललाई पनि स्कोरपियो प्रयोग गर्न नै मन परेको  । उनले प्रयोग गर्ने गाडीले बा०००१अ२४ नम्बर पाएको छ । ०६६ जेठ गते मात्र आधिकारकि रूपमा गजुरेलले आफ्नो गाडी यातायात व्यवस्था विभागमा दर्ता गराएका छन् । पार्टी प्रवक्ता तथा सचिवालय सदस्य दीनानाथ शर्मा करबि २५ लाख रुपियाँ पर्ने भे१च ७२३ नम्बरको हल्का खरानी रङको महिन्द्रा बलेरो चढ्छन्  तर, यातायात व्यवस्था विभागमा उनको नाममा बा०००१अ२५ नम्बरको बलेरो जिप पनि ०६४ कात्तिक १८ गते दर्ता भएको देखिन्छ  पोलिटब्युरो सदस्य अग्नि सापकोटा पनि रातो रङको बलेरो नै चढ्छन्, बा०००१अ१० नम्बरको । अर्का पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलले बा०००१अ३५ नम्बरको बलेरो लिएका छन् । अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहेका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतसँग पनि बा०००१अ१८ नम्बरको सेतो बलेरो  
अर्का पोलिटब्युरो सदस्य लेखराज भट्ट भने सेतो रङको जिप चढिरहेका छन्, बा४च ५१३ नम्बरको 






 


ललितपुर फाइनान्स मानभवनले लगानी गरेको यो गाडी रोजिन श्रेष्ठको नाममा दर्ता छ । उनको नाममा बा०००१अ२१ नम्बरको महिन्द्रा बलेरो दर्ता छ, ०६४ कात्तिक १५ गते । यसैगरी, न्यु सहयोगी सप्लायर्स ललितपुरका नाममा दर्ता जनार्दन शर्मा 'प्रभाकर' चढ्ने बा५च ६४१८ नम्बरको गाडीका लागि स्ट्यान्डर्ड चार्टर्ड ब्यांकले फाइनान्स गरेको  । यातायात व्यवस्था विभागमा चाहिँ ०६४ कात्तिक १३ गते शर्माको नाममा बा०००१अ२९ नम्बरको स्कोरपियो दर्ता भएको देखिन्छ  माओवादीभित्र कठोर लाइनका युवा नेताका रूपमा परििचत नेत्रविक्रम चन्दचाहिँ बा२च १५१४ नम्बरको टोयोटा कारमा देखिन्छन्, जुन नेपाल ब्यांक लिमिटेडको फाइनान्समा छ 
पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा टाटा सफारी चढ्छन्, जसको मूल्य २५ लाख रुपियाँ पर्छ । पोलिटब्युरो सदस्य हितमान शाक्यका नाममा बा०००१अ११ नम्बरको टाटा सफारी दर्ता  । अर्का पोलिटब्युरो सदस्य गिररिाजमणि पोखरेलले प्रयोग गरेको बा६च ३८९१ नम्बरको निजी प्लेटको गाडी पनि यातायात व्यवस्था विभागमा शिक्षा मन्त्रालयको नाममा दर्ता  
अस्थायीबाहेक निजी नम्बर प्लेटका गाडीहरू फाइनान्समा राखेर किस्ता नतिरेपछि लिलामअघि माओवादी नेताहरूले ल्याएरसमेत प्रयोग गरेको स्रोतको दाबी  । उनीहरूले प्रयोग गररिहेको गाडी राजधानीमा एक लिटर तेलबाट बढीमा १२ किलोमिटरसम्म गुड्छन् भने तराईका राजमार्गमा १६ किलोमिटरसम्म । माओवादी नेताहरू विभिन्न कार्यक्रम भ्याउन दिनमा कम्तीमा एक सय किलोमिटर यात्रा गररिहेका छन्, अहिले । यस हिसाबले उनीहरूले प्रतिगाडी दैनिक न्यूनतम १० लिटर तेल किनिरहेका छन् । यसबाहेक गाडीको स्याहारसुसार र मर्मत-सम्भार खर्च बेग्लै छ । त्यसमाथि माओवादी नेताहरू आफैँ गाडी चलाउँदैनन् । सबैले मासिक तलबका अतिरत्तिm दैनिक खाना खुवाउने गरी ड्राइभर राखेका छन् । यसले पनि किफायती माओवादी नेताहरूको निजी व्यय निकै बढाएको छ जबकि त्यसका लागि उनीहरूसँग व्यक्तिगत सम्पत्ति केही छैन भनिएको  



एउटाकै नाममा दसवटा
कोटेश्वरका व्यापारी रामहर िश्रेष्ठलाई चितवनस्िथत तेस्रो डिभिजन मुख्यालयमा लगेर हत्या गरेको आरोप भोगिरहेका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम 'विविध'का नाममा मात्र टाटा सफारी, बलेरो स्कोरपियोजस्ता १० वटा गाडी दर्ता छन् । जसको मूल्य पनि प्रतिगोटा २५ लाख रुपियाँभन्दा माथि नै छ 
खामका नाममा बा०००१अ४७ देखि ५६ नम्बरसम्मका गाडी दर्ता छन् । खामका नाममा ०६४ माघ १४ गते दर्ता भएका हुन् यी गाडी । उनी यतिखेर पाँचाँै डिभिजन रोल्पाको दहवनमा सरुवा भएका छन् । त्यस्तै चौथो डिभिजनबाट प्रथम डिभिजनमा सरुवा भएका यामबहादुर अधिकारीका नाममा पनि महँगाखाले सातवटा गाडी दर्ता छन् । अर्का डिभिजन कमान्डर महेन्द्रबहादुर शाही 'प्रज्ज्वल'का नाममा छवटा गाडी दर्ता भएका छन्, यातायात व्यवस्था विभागमा 


 


 

साभार नेपाल पत्रीकाबाट