NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, January 13, 2009

मारिइन् एक महिला पत्रकार


जनकपुरकी पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । महिला पत्रकारको हत्या भएको नेपालमै यो पहिलोपटक हो । बेलुका घरमै बसिरहेको वेला २६ वषर्ीया सिंहमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । सिराहा मिर्चैया गम्हरिया निवासी सिंहको कोठामा बेलुका करिब सात बजे आएको समूहले उनलाई लगातार खुकुरी प्रहार गरेको थियो । गम्भीर घाइते बनाएपछि सबै फरार भए । जनकपुरको रजोलस्थित कार्की निवासमा डेरामा बस्दै आएकी सिंहको शरीरभरि खुकुरीको चोट थियो । घाइते पत्रकारको उपचारका लागि तत्काल गृह मन्त्रालयसँग सहयोगको आग्रह गरिएको थियो । नेपाल पत्रकार महासंघले गृहमन्त्रीलाई सिंहको उपचारका लागि हेलिकोप्टर पठाउन आग्रह गरे पनि मन्त्रालयले हेलिकोप्टर पठाउन सम्भव नभएको बताएपछि एम्बुलेन्सबाट काठमाडौं ल्याउनेक्रममा बेलुका ११ बजे बर्दिबासमा उनको मृत्यु भयो । सिंहसहित यसवर्ष दुईजना पत्रकारको हत्या भएको छ । यसअगाडि १३ मंसिरमा जगतप्रसाद जोशीको हत्या भएको थियो । जोशीको हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन् । ०६४ मा वीरेन्द्रबाबु श्रेष्ठ र पुष्करबहादुर श्रेष्ठको हत्या भएको थियो । पत्रकार महासंघको तथ्यांकअनुसार द्वन्द्वकाल र द्वन्द्वपछि मारिने पत्रकारहरूको संख्या २८ पुगिसकेको छ । चौतर्फी विरोधपत्रकार सिंहको मृत्युको खबरसँगै सञ्चारकर्मीहरू विरोध तथा हत्याराको खोजीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । सिंहको हत्याको विरोधमा जनकपुरका एफएम रेडियोहरूले अनिश्चितकालका लागि कार्यक्रम सञ्चालन बन्द गर्ने निर्णय गरे भने नेपाल पत्रकार महासंघ देशव्यापी विरोधमा उत्रियो । महासंघ, धनुषा शाखाको सोमबार बसेको आकस्मिक बैठकले एफएम रेडियोहरूमा पत्रकार सिंह हत्याको समाचार प्रसारण गरी अन्य समयमा शोकधून प्रसारण गर्ने निर्णय भएको छ । महासंघले राजधानीमा पनि हत्याको विरोधमा प्रदर्शन गरेको थियो । महासंघको आयोजनामा निस्केको विरोध जुलुसमा पत्रकार तथा मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।पत्रकार सिंहका हत्यारा तुरुन्त पत्ता लगाई कारबाही गर्नुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्नेज्ास्ता नारा लगाउँदै निस्केको पत्रकारहरूको जुलुस रत्नपार्कबाट सुरु भई बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।महासंघ, महोत्तरी शाखाले पत्रकार सिंहको निर्मम हत्याको विरोधमा मौनजुलुस प्रदर्शन गर्‍यो । विरोधजुलुस जलेश्वर नगर परिक्रमा गर्दै महेन्द्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो । प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत सिंहको हत्यालाई जघन्य अपराध भन्दै भत्र्सना गरेको छ । घटनाका सम्बन्धमा सत्य-तथ्य पत्तालगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न उसले सरकारसँग मागसमेत गरेको छ । पिmडम फोरम, नेपाल पत्रकार महासंघ नयाँ पत्रिका शाखाले पनि उनको हत्याको निन्दा गर्दै हत्याको छानबिन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले विज्ञप्तिमार्फत पत्रकार सिंंहको हत्याको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'सञ्चार क्षेत्रसँग आबद्ध निहत्था व्यक्तिमाथि गरिएको आपराधिक घटनाको नेपाली कांग्रेस निन्दा र भत्र्सना गर्दछ ।'

नयाँ पत्रिकाकाठमाडौं, २८ पुस

2009-01-13,Tuesday

pradhanmantri

सधै भरि आफुलाई ठुलो किन ठान्र्दछौ
समयको अभाव भयो भनेर किन भन्दछौ
कर्मचारीले सहयोग गरेन भनेर किन भन्दछौ
सहकार्यमा पार्टिहरु नआएको भनेर किन ठान्दछौ ॥ read more...............

Santosh Lama Nepali Tara-2

सन्तोषको जन्म बि.सं. २०४३ साल श्रावण ६ गते धादिङ्गमा भएको हो । उनका स्वर्गिय पिता सुरेन्द्र लामा कृषि पेशामा संलग्न हुनुहुन्थ्यो भने माता विष्णुमाया लामा गृहिणी हुनुहुन्छ । दुईजना दाई र एक दिदीका कान्छो भाई सन्तोष बाल्यकालमा साह्रै चञ्चल स्वभावका थिए । रत्न राज्य क्याम्पस बाट स्नातक पास गरेका लामाले बि.सं. २०६१ सालदेखि संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । भानुभक्त ढकाल र ईश्वर अमात्यका विद्यार्थी संतोषले संगीतमा जूनियर डिप्लोमा गरिरहेका छन् । हाल आफ्नी दिदीसँग काठमाडौंमा बसोबास गरिरहेका सन्तोष छिट्टै नै आफ्नो पहिलो एकल एल्बम लिएर आँउदैछन् ।read more.............

Thursday, January 8, 2009

भारतीय नायक नेपालमाः


बलिउडका लोकप्रीय नायक गोविन्दाले पशुपतिको दर्शनका लागि नेपाल आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले भगवान पशुपतिनाथप्रति ठूलो आस्था रहेको भन्दै बुधबार सरकारले पूजारीबारे गरेको निर्णयले आफू निकै हषिर्त भएको बताए । कार्यक्रममा गोविन्दाले भने, पशुपतिप्रति अगाध आस्था राख्ने भएकैले म नेपाल आइरहन्छु । गोविन्दाकी श्रीमती सुनीताले नेपाल आफ्नो माइतीघर भएकाले बारम्बार आउन मनलाग्ने बताइन् ।

saabarfreenepal

Tuesday, January 6, 2009

कविता - प्रधानमन्त्री

सधै भरि आफुलाई ठुलो किन ठान्र्दछौ
समयको अभाव भयो भनेर किन भन्दछौ
कर्मचारीले सहयोग गरेन भनेर किन भन्दछौ
सहकार्यमा पार्टिहरु नआएको भनेर किन ठान्दछौ ॥

आफनो क्षमता पुग्ने थिएन त सत्ताको किन दाऊ हान्यौ
सहकार्यमा सत्ताको गोटि चाल्न आउदैनथ्यो त किन कम्मर कसि लियौ
जंगली स्वाभाव छाड्न नसक्नेले किन शान्तिलाई अङ्गाल्यौ
फुलमाला भने पछि कहि कतै नछाडेर सधै दियो किन जलायौ ॥

शान्ति र सुशासनको बिगुल फुक्न किन कहिले जानेनौ
अझै पनि भन्ने गर्छौ सत्ताको बलिदान दिन पछि पर्दैनौ
भाषण छाटे र माला लगाए जसरि शासन गर्न किन भ्याएनौ
सधै भरि त्रास ल्याई म नरहे देश रहन्न भन्न किन छाडेनौ ॥

जनतालाई फेरि पनि बन्दुक बोकाउन त्रासि बनाई उक्साउछौ
लाचारि बनि बाघडोर समाली बिचलको आभास किन दिलाउछौ
ति सहिदहरुको रगतको कसमलाई भुली माला लगाई किन हिड्यौ
क्रम भङ्ग भन्ने शासन लादेर नेपालीलाई चिनाउने भेषलाई बदलिदियौ ॥

नेपालले नेपाली भनेर चिनाउने पुर्खाको चिनारीलाई लत्याई दिएछौ
तपाईत्व शब्दलाई बेवास्था गरेर मपाईत्वलाई क्मभङ्गमा महत्व दिलाएछौ
अर्काको देखासिकीमा नेपालीको चिनारीलाई लत्याइ बिदेशी टाई सुटमा सजियौ
आफनो अभिभारालाई भन्दा फुलमाला र अविरका जात्रालाई महत्व ठानी दियौ ॥

सर्वहाराको नितीलाई अङ्गालेर पंुजिबादको भौतिक अहेस आराम भोग गरेकाछौ
बेकम्मा दस्ता पालेर जनतालाई मौलिक हक अधिकारबाट बन्चित बनाकोछौ
उधारो चुरोट खाएको दिनलाई बिसर्िएर सरकारी सम्पतिमा डुबि पौडि खेलेकाछौ
अर्काको सम्पति हड्पेर सच्चा कम्युनिष्ट भनि बिसाल सैन्य दस्ता खडा गरेकाछौ ॥

Friday, January 2, 2009

santosh lama nepali tara- 2



Santosh Lama
सन्तोषको जन्म बि.सं. २०४३ साल श्रावण ६ गते धादिङ्गमा भएको हो । उनका स्वर्गिय पिता सुरेन्द्र लामा कृषि पेशामा संलग्न हुनुहुन्थ्यो भने माता विष्णुमाया लामा गृहिणी हुनुहुन्छ । दुईजना दाई र एक दिदीका कान्छो भाई सन्तोष बाल्यकालमा साह्रै चञ्चल स्वभावका थिए । रत्न राज्य क्याम्पस बाट स्नातक पास गरेका लामाले बि.सं. २०६१ सालदेखि संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । भानुभक्त ढकाल र ईश्वर अमात्यका विद्यार्थी संतोषले संगीतमा जूनियर डिप्लोमा गरिरहेका छन् । हाल आफ्नी दिदीसँग काठमाडौंमा बसोबास गरिरहेका सन्तोष छिट्टै नै आफ्नो पहिलो एकल एल्बम लिएर आँउदैछन् ।
दिनको शुरुवात कसरी गर्नुहुन्छ?शुरुशुरुका दिनमा त बिहान ५:०० बजे नै उठेर धादिङ्गबाट काठमाडौं दौडनुपर्ने हुन्थ्यो संगीतको कक्षा भ्याउनको लागि तर अहिले त म काठमाडौंमा नै बस्न थालेको छु त्यसैले साढे छ तिर उठ्छु, रामदेवको योगा गर्छु, vocal exercise पनि गर्छु ।
नेपाली तारामा ३४ हप्ताको यात्रा कस्तो रह्यो?साह्रै रमाइलो भयो । धेरै कुरा सिक्ने मौका पनि मिल्यो । धेरै ब्यक्तिहरुसँग चिनजान भयो । कुनैपल मलाई बेकार भाग लिएछु जस्तो लागेन ।
के-के पुरस्कारहरु पाउनु भयो नेपाली तारा बनेर?दुई लाख रुपियाँ, एउटा मोटरबाईक, अनि लण्डन, मलेसिया घुम्ने अवसर पनि । पैसा त पुरै साथीभाईलाई treat खुवाएर सकियो । मोटरबाइक चलाइरहेको छु अनि छिट्टै विदेश घुम्ने अवसर पनि आउँदैछ । एउटा एल्बम र तीनवटा म्युजिक भिडियो पनि मैले बनाउन पाउनेछु
पहिलो नेपाली तारा दिपक लिम्बुको तुलनामा तपाईंको चर्चा निकै कम भयो नि?एक त नेपाली मिडिया अनि दर्शक श्रोताले खाली प्रशान्त तामाङ्ग भन्दै हामीलाई सपोर्ट नै गरेनन् । अर्को कुरा मेरो एल्बम बजारमा आउन नै पाएको छैन । आशा गर्छु एल्बम बजारमा आइसकेपछि मिडिया अनि श्रोता-दर्शकको भरपूर साथ पाउनेछु ।
सफल गायकमा हुनुपर्ने महत्त्वपूर्ण तीन गुणहरु?लगनशीलता हुनुपर्यो, आवाज god-gifted हुनुपर्यो, संगीतको राम्रो श्रोता हुनुपर्यो
भगवान प्रति कतिको आस्था छ?ठीकै । म भाग्यमा ज्यादा विश्वास गर्छु । शायद भाग्यवश नै होला अरु धेरै सांगितिक प्रतियोगिताहरुमा भाग लिएतापनि सफल हुन नसकेको तर यसपटक नेपाली ताराको उपाधि नै जित्ने मौका पाएँ ।
मृत्युसँग कतिको डर लाग्छ?लाग्दैन । मृत्यु त एक न एक पटक भोग्नै पर्छ त्यसैले पटक्कै डर लाग्दैन ।
कस्ता व्यक्तिले तपाईंलाई प्रभाव पार्छन्?सफा मन भएको, इमान्दार, ज्ञानी व्यक्ति मलाई मनपर्छ । जीवनलाई seriously लिने मान्छेसँग सम्बन्ध बढाउन मन लाग्छ ।
कतिको महत्त्वाकांक्षी हुनुहुन्छ?धेरै छैन । हरेक कुरामा सन्तुलनमा रहन मनपराउने मेरो बानी छ । महत्त्वकांक्षामा पनि त्यस्तै हो ।
कुन पहिरनमा आफुलाई महसुस गर्नुहुन्छ?simple jeans र टिसर्टमा ।
तपाईंको कुनै लत?खासै नराम्रो लत त छैन तर म छिट्टै अरुलाई आफ्नो बनाउन खोज्छु । अरुसंग छिट्टै नजिक हुने मेरो बानी नराम्रो छ ।
एउटा ब्युटि नियम जुन तपाईं सधैं अपनाउनु हुन्छ?Facewash प्रयोग गर्छु, scrub पनि हप्तामा एकपटक गर्छु ।
आफ्नो श्रोता र दर्शकलाई के भन्नुहुन्छ?Love Nepal, Love Nepali Music । एल्बम किन्ने बानी बसाल्नुहोस् ताकि नेपाली कलाकारहरु यहाँको साथ पाएर पलायन हुने क्रम रोकियोस् । म छिट्टै एल्बम लिएर यहाँहरु माझ आउँदैछु, मलाई साथ दिनुहोला, माया दिनुहोला ।

Thursday, January 1, 2009

नेपाल: माओवादी नहीं चाहते नया संविधान


काठमांडू। राजशाही के खिलाफ कभी क्रांति की बागडोर थामने वाले माओवादियों का सत्ता पर काबिज होने तक का सफर उथल-पुथल भरा रहा है। हालांकि उन्हें सत्ता में आए आठ महीने से ज्यादा बीत चुके हैं, लेकिन तमाम समझौतों के बावजूद संविधान का कोई अता-पता नहीं है।
यूएमएल की केंद्रीय समिति के सदस्य के.पी. शर्मा ओली ने संविधान न बनने सहित विकास कार्यो में ठहराव के पीछे माओवादियों को जिम्मेदार ठहराया है। read more.......
ओली का कहना है कि 'माओवादी खुद नहीं चाहते कि नया संविधान बने। वे नहीं चाहते कि समय से संविधान का मसौदा तैयार हो। यहां तक कि अपने लड़ाकों को मुख्यधारा में भी नहीं लाना चाहते। वे नहीं चाहते कि शांति प्रक्रिया अपने मुकाम तक पहुंचे।'
ओली माओवादियों के कंट्टर आलोचक माने जाते हैं। एक प्रेस कांफ्रेस में बोलते हुए उन्होंने कहा कि 'सबसे आश्चर्यजनक बात तो यह है कि सत्ता में होने के बावजूद उन्होंने अपना रुख विपक्षी दलों की तरह अपनाया हुआ है। यही समय है जब माओवादियों को गठबंधन सरकार का नेतृत्व छोड़ देना चाहिए। सरकार के एक धड़े के रूप में उन्हें काम करता देखकर मुझे ज्यादा खुशी

Friday, December 26, 2008

क. प्रचण्ड vs. श्री ५ प्रचण्ड

दीपक अर्याल

नेपाली भाषामा केही गजबका उखान-टुक्काहरू छन् जस्तो कि- “काम्लो गुन्द्रो लथालिङ्ग डिठ्ठा बस्यो भुईमा”। सामान्य जिज्ञासा- के यस्ता उखान बन्दा पनि माओवादी नाम गरेको पार्टी र उक्त पार्टीले नेतृत्व गरेको सरकार थियो होला? होइन भने, माओवादी नेतृत्व र सरकारलाई अझ भनौं अहिलेका डिठ्ठा ठहरिएका “प्रचण्ड”को अनुहार र व्यवहार नै हेरेर यस्तो उखान कसरी बन्न सक्यो होला? आजकाल माओवादीका सामान्य शुभचिन्तकलाई पनि जनताका नाममा जनयुद्ध गर्नेहरूको अनुहार, व्यवहार र‍ आचरण हेर्दा डर लाग्न थालेको छ। कमरेड प्रचण्ड “क्रान्तिकारी र प्रतिकृयावादी”बीच ध्रुविकरण बढेको छ, भन्दैछन्। त्यसैले, हिजो क्रान्तिकारी लाग्ने कमरेडहरूसँग आज डर लाग्न थाल्यो, भनेर कुनै सर्वसाधारणले भनिदयो भने, माओवादी साथीहरू सिधै भनिदेलान् “तँ पनि प्रतिकृयावादी कित्तामा सामेल भइस्। किन भने, हाम्रो अध्यक्ष कमरेड त्यहीँ भन्नुहुन्छ”। तर, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, शम्भू थापा, खगेन्द्र सङ्ग्रौला फेरि सडकमा आउनु परेपछि त्यसको के अर्थ हुन्छ? के हिजो शाहीशासनका विरूद्धमा लड्नेहरू सबै प्रतिकृयावादी खेमामा गएका हुन्? कमरेडहरू! मलाई बुझ्न कठीन भइरहेको छ- प्रतिकृयावादी खेमा भनेको के हो? सक्कली माओवाद, राष्ट्रवाद, प्रगतिशिल, क्रान्ति, क्रान्तिकारी र जनताका पक्षमा लडेको भनेको के हो? तपाईहरूले भनेको चमत्कार के हो? तपाईँहरूले भनेको शान्ति र विकास तथा परिवर्तन भनेको के हो?
कमरेड! मलाई जान्न मन लागेको छ, हिजो ४० वटा माग राखेर जङ्गल छिरेर १४ हजारको ज्यान गएपछि बनेको सरकारबाट ती ४० मागमध्ये कुन-कुन मागहरू सम्बोधन भएका छन्? र कुन माग सम्बोधन हुने प्रकृयामा छ। जनतालाई राहत दिने, शान्ति सुरक्षा दिने कुरामा किन ढिलाई भएको छ? किन मान्छेहरू मारिदैछन्? किन जताततै अभाव, पीडा मात्र बढेको छैन त्रास बढ्न थालेको छ? किन कसैलाई सुरक्षित छु भन्ने आभाष दिलाउन सकिएको छैन। किन कुनै नागरिक- म यो देशको स्वतन्त्र नागरिक हो र मैले चाहेको, सोचेको कुरा लेख्‍न बोल्न पाउनु पर्छ र यसो गर्दा म पिटिने छैन, मारिने छैन भन्ने कुरामा विश्वस्त हुन सकेको छैन?
किन कुनै पनि स्वतन्त्र नागरिकलाई कुनै जत्थामा, कुनै वाद, पार्टी, जात वा समूहमा वस्न बाध्य पारिएको छ? किन कुनै नागरिकको व्यक्तिगत स्वतन्त्रतामाथि निरन्तर र षडयन्त्रमुलक तरिकाले आक्रमण भइरहेको छ? किन कमरेड, हिजोको नेपाली सेनाको सर्वोच्च कमाण्डर र आजको जनसेनाको सर्वोच्च कमाण्डरका बीचमा फरक पाउन छाडिएको छ? किन हिजोको अभाव, महङ्गी, हत्या, हिंसा, अस्तव्यस्तता र आजको दिनमा फरक पाउन सकेको छैन? एउटा सर्वसाधारण नेपाली नागरिकका हिसाबले श्री ५ ज्ञानेन्द्र र श्री प्रचण्डमा कहाँ कुन कुरामा फरक छ? हिजोको सरकार र आजको सरकारमा के फरक छ? हिजोको कहालीलाग्दो दिन र आजको दिनमा के र कसरी फरक छ? कुन कुराले कमरेडलाई ‘कमरेड’ भन्ने अनि, श्री ५ लाई ‘श्री ५’ भन्ने? किन हामीले कमरेड ज्ञानेन्द्र र श्री ५ प्रचण्ड नभन्ने?
कमरेड! देउवालाई बुझाएको ४० बुँदे माग याद छ कि छैन? पहिलो मागका रूपमा राखिएको- १९५० को नेपाल भारतबीच भनिएको “असमान” सन्धी खारेजीको कुरा कहाँ पुग्यो होला? महाकाली सन्धी, राष्ट्रघाती सन्धीका कुरा कहाँ पुगे कमरेडहरू? (यस विषयमा त बामदेव जी पनि बढी नै जानकार हुनुहुन्छ) के नेपाल-भारत खुला सिमानाका कुरा उठाएको विर्सिएकै हो? अनि गोरखा भर्ति रद्द गरिनु पर्छ र स्वदेशभित्रै रोजगारीको व्यवस्था गरिनु पर्छ भन्ने माग कता हरायो कमरेड? कहाँ कुन रोजगारी दिने व्यवस्थाका कुरा हुँदैछन्? कुन योजना बन्दैछ, के निर्माण हुँदैछ कमरेड? के अध्ययन भइरहेको छ र कहिले सम्म पुरा गर्ने लक्ष्य रहेको छ? दिमागमा, मनमा केही त योजना होला। कि त केही उट्पट्याङ माग राखेर युद्ध लडिहालौं, पछि जे हुन्छ-हुन्छ भनेर युद्ध लडिएको हो?
वर्क परमिटको कुरा पनि त उठाएको होइन र कमरेड? वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ भनेर माग्ने पनि तपाईँहरू नै होइन र? कि त्यो माग्न मिल्ने तर दिन नमिल्ने विषयवस्तु हो? “जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ” भनेर भित्ता-भित्तामा लेखिएका नाराहरू मेटिएका छैनन्, कमरेडहरू। खै सुकुम्बासीले कहाँ के पाएका छन्? कमैया, पिछडाबर्ग र दलितहरूले राज्यबाट कुन कुरा पाएका छन्? कमरेड, केही त योजना होला, केही त गरे जस्तो गर्न सकिएला? जनतालाई राहत दिन सकिने केही त कार्यक्रम होला। होइन भने तपाईँहरू के गर्दै हुनुहुन्छ? कार्यकर्ताहरू इमान्दार छन्, उनीहरूलाई अहिले जागिर चाहिएको छैन, पैसा, घरबार चाहिएको छैन। उनीहरू त महान शहीदका सपना पुरा गर्ने भनेर निरन्तर खटिरहनुभएको छ। त्यस्ता कार्यकर्तालाई छाडेर कसलाई जागिर दिदै हुनुहुन्छ र आफन्त नियुक्त गर्दैहुनुहुन्छ र कसका लागि लड्दै र मान्छे मार्दै र धम्क्याउँदै हिड्नु भएकोछ? प्रायजसो: कार्यकर्ताहरू आफ्नो व्यक्तिगत फाइदा वा स्वार्थका लागि भन्दा पनि समग्र देशका लागि, समग्र गरीब, गाउँका जनता, उत्पिडित, दलित, मधेशी, मुसलमान, महिलाका पक्षमा सरकारले केही सकारात्मक कदम चालोस् भनेर चाहिरहेका छन्। तर कमरेड, यो त “काम कुरो एकातिर, कुम्लोबोकी ठीमितिर” भने जस्तै भएकोछ। यो कसको कमजोरी हो? विदेशीको, साम्राज्यवादीको, प्रतिकृयावादीको अथवा कसको कमरेड? “नाच्न जान्दैन आगँन टेढो” भनेको यहीँ होइन र?
कमरेडहरूले राखेका ४० माग मध्ये एउटा माग त सबैलाई रोजगारीका ग्यारेण्टी गर्ने र वेरोजगार भत्ता पाउने पनि थियो क्यारे। यसबारेमा यहाँहरूले सोच्न पाउनु भएको छ कि छैन कुन्नि? उद्‍घाटन र पार्टी बैठकका कारणले सोच्न र काम गर्न नभ्याएको पो हो कि? कि त आम नेपाली सबैलाई धम्क्याउन, लुट्न, चोर्न वा चन्दा उठाउनका लागि स्वतन्त्र छाडिएकाले रोजगारी दिनु नपर्ने भएको हो? गरिब किसानहरूका कुरा पनि त उठाउन विर्सनु भएको थिएन। खै कहाँ कुन चाँही गरिब किसान, मजदुर, सुकुम्बासी, कमलरी, कमैयाको लागि के व्यवस्थाको पहल भएको छ? कहाँ कसले कुन मनले ती हिजोका लडाईँ, पीडा र दु:खलाई विर्सने हो?
“नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गर्ने, महंगी नियन्त्रण, गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था, कुटीर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिने, भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिने” जस्ता मागहरू सबै विर्सिएकै हो?दुनियाँ ठाउँमा धम्क्याउँदै हिड्ने, तोडफोड, अपहरण गर्ने र मान्छे मार्ने युवाहरूलाई कुनै राम्रो विकास निर्माणको काममा लगाउने योजना छ वा छैन? कि त ठेक्का-पट्टाकै भरमा ती सबै युवाहरूलाई पाल्ने हो? अथवा जागिरको माग गर्ने, मजदुर बनाउने, हडताल गर्ने र पैसा उठाउनका लागि (दुरू)उपयोग गर्ने हो?
कुन चाहिं नयाँ नेपाल बनाउने हो कमरेड? कुन चाहिँ नयाँ व्यवस्था हो यो? काम गर्ने ठाउँ तमाम छन्, सुधार्न मिल्ने ठाउँ तमाम छन्, राहत दिनु पर्ने ठाउँ पनि तमाम छन् तर “पुच्छरमुनि हात” भने जस्तै जनताको हितका लागि गर्नु पर्ने अत्यावश्यक काम, सुधार्नु पर्ने तमाम कुरा नहेर्ने नसुधार्ने अनि दुनियाँलाई गाली गर्दै हिड्नु र दुनियाँलाई अर्घेलो देख्नुको कुनै तुक छैन। बालुवामुनि टाउको लुकाएर दुनियाँले आफुलाई नदेखेको भ्रमपालेर कसैलाई फाइदा छैन।न त माओवादीलाई, न त देशलाई, न त जनतालाई नै।
सरकार चलाउन लागेको ४ महिना बितिसक्यो। लोडसेडिङ हुँदा राजाले गर्यो भन्न सक्नेहरू, एउटा सनकी आर्मीले नगरकोटमा मान्छे मार्दा ‘राजा’का कारणले यस्तो भयो भन्न सक्नेहरूले विरेन्द्र शाह, रामहरी श्रिष्ठ र जेपी जोशीको हत्या माओवादी कार्यकर्ताले गरेपछि त्यो पनि अध्यक्ष कमरेडकै कारणले भएको भन्न किन हिच्किचाउँछन्? नेपालीहरूलाई पनि क्यासिनो छिर्न दिनुपर्छ भनेर माओवादी सङ्गठन हडताल गर्छन्। हिजो गाउँमा तास खेल्दा सोझा-साझा दाजुभाईलाई मुखमा तास कोचाइदिन सक्ने कमरेडहरूले आज क्यासिनोलाई कानूनीरूपमा बैधता प्रदान गर्नु पर्छ भन्दा थोरै पनि लाज लाग्दैन। थोरै पनि क्रान्तिको अपमान भएको ठान्दैनन्? हिजो केटीहरूले पाइन्ट लगाउँदा पाइन्ट काट्ने र पुँजीवादले मान्छे विगार्यो भन्दै सजाय दिने क्रान्तिकारीहरूले आज क्याविनेट मन्त्रिका हैसियतले पाइन्ट लगाएर मन्त्रालय जाँदा लाज मान्दैनन्? आफुले गर्दा जे पनि राम्रो र अरूले गरेको जे पनि नराम्रो भन्ने प्रवृत्तिले माओवादी कमरेडहरूलाई पक्कै पनि अप्ठ्यारो पार्दैन किन भने पार्टीले यस प्रवृत्तीलाई पार्टी नीतिका रूपमा नै अबलम्बन गर्दैछ र पछ्याउँदैछ। तर माओवादी भन्दा बाहिर रहनेहरूले भने यो प्रवृत्तिलाई त्याग्नै पर्ने हुन्छ। कमरेडहरू कुरा त्यति ठूलो छैन, संसारमा नभएको क्रान्ति नेपालमा भए जस्तै संसारमा नभएको पतन नेपालमा पनि हुन सक्छ। संसारमै नभएको सफल नेपाली क्रान्तिको कथा लेखिएजस्तै “क्रान्तिकारी पार्टी”को पतन आफ्नै कारणले आफ्नै हातबाट भएको कथा पनि नेपालमै लेख्‍न नपरोस्। यहीँ शुभकामना।अस्तु,
deepakaryal@gmail।com

कबिता - यस्तै ठान्दछु


समयको पाबन्दिलाई परिसूचक ठान्दछु
भुल र गल्तिको स्वीकारोक्तिलाई मान्दछु ।

गल्ति गर्नुलाई नै म नयाँ सोच ठान्दछु
नयाँ केहि पाउनुलाई गल्ति आवश्यक मान्दछु ॥

गल्ति गरेर स्वीकार्नेलाई म महान भन्दछु
गल्ति छ भनि सुधारीदिनेलाई म गुरु मान्दछु ॥

धोका होईन जीवनमा विश्वास दिन जान्दछु
तिरस्कार होईन जीवनमा प्रेणा ठुलो ठान्दछु ॥

विश्वास र साधा जिवनलाई म गौरवशाली ठान्दछु
झुट्टा र अविश्वासिको जरा नै उन्मुलन गर भन्दछु ॥

सच्चासाथ दिनेको माया लगाउन र दिन पनि जान्दछु
झुट्टो माया दिनेलाई सजिव होईन निर्जिव प्राणी ठान्दछु ॥ ॥

नेपाली श्रम वजारः सर्न्दर्भ साउदी अरेविया

सामाजिक क्रान्ति, राजनैतिक हलचलले निम्तयाएको वेरोजगारी समस्याको समाधान र धरासायी नेपाली अर्थतन्त्रको टेवाको रुपमा मेरुदण्ड वनेको वैदेशिक रोजगारलाई व्यवस्थित तुल्याउन यसका कमि कमजोरी निवारण गर्ने पहल सवैस्तर र सवै पक्षबाट हुन नितान्त आवश्यक छ ।विश्वको सवैभन्दा गरीव मुलुक नेपालका नेपालीहरुको पहुँचमा रहेको मध्यपूर्व एशियाको श्रमबजार खाडी मुलुक त झनै नेपाली अर्थतन्त्रको मुख्य अनि सहज श्रमवजार हो भनेर मान्न सकिन्छ । लगभग ३ लाखको हाराहारीमा साउदी अरेवियामा मात्र नेपालीहरु कार्यरत छन् । यहाँ तेल र ग्याँसका कुवाहरु देखि लिएर सुपरमार्केट तथा प्रतिष्ठित कम्पनीहरुमा समेत नेपालीहरुले श्रम वेचेको पाइन्छ । प्रायतः यहाँ भित्रने नेपालीहरुमा लेभर दर्जामा कार्यरतको संख्या निकै ठूलो छ भने राम्रो ट्रेडहरुमा छिर्नेहरुको संख्या पनि विस्तारै फष्टाउँदै छ ।ठूला देशहरुमा भित्रनु धेरै आर्थिक व्ययभार वोक्नुपर्ने र शिक्षित हुनुपर्ने प्रावधानका कारण होला ठूला देशहरुमा भित्रनु निकै समस्याहरु झेल्नु पर्ने कुरामा निर्विवाद छ तर मध्यपर्ूवका देशहरु खाडी मुलुकमा छिर्न शिक्षित, अर्धशिक्षित लगायत अशिक्षित जमातले पनि इन्ट्री भिसा पाउन सक्ने प्रावधान रहेकोले होला यहाँ नेपालीहरुको संख्या दिनानुदिन निकै भित्रदै गएको आँकडाहरुले प्रष्टयाउँदछ ।तर यिनीहरुको सही पहिचान, परिचालन, व्यवस्थित तयारी, टेनिङ, सुझाव तथा नीतिनियम र यहाँको अवस्थावारे स्पष्ट जानकारी नहुँदा निकै अभावहरु तथा दुःखका पर्यायवाचीहरु, शुक्रवारको दिन दमामको नेपाली गाडेन, रियादको सोनी विल्डिङमा हजारौंको संख्यामा भेटिने नेपालीहरुको निधारका खुम्चाहरुले प्रष्ट वोलिरहेका हुन्छन् । त्यस दिन निकै ठूलो नेपालीहरुको मेला लागेको भान हुन्छ । तिनै भीडमा नेपाली वजार पनि लाग्ने गर्दछ । खाडी मुलुकहरु जहाँ पर्ूवाभ्यास विना प्रवासीन्छन्, उनीहरुमा एक त ज्ञानको कमि हुनु, यहाँको भाषा, भेषभुषा, परिवेश र वातावरण बारे शून्य ज्ञान हुने हुँदा झनै चर्किदो समस्याको रुपमा देखा पर्ने गर्दछ । फितलो सरकारी संयन्त्रको फाइदा उठाउन लालायित गल्फका कम्पनीहरुले दिन दहाडै नेपाली श्रमको शोषण गरिरहेका छन् । अन्य विदेशीहरुको तुलनामा कम तलव, कम सुविधा अनि धेरै करार अवधि यतिसम्म कि गाँस वास र कपासमा समेत नेपालीहरुमाथि विभेद खड्किदो छ । यति हुँदाहुँदै पनि नेपाल सरकारको ध्यान यस्तो गम्भीर विषय प्रति आकृष्ट हुन नसक्नु आफैंमा लज्जास्पद छ नै । त्यसैले समय वितेपछि पछुताउनु भन्दा वेलैमा बुद्धि पुर्‍याउँन सके सवैको भलो हुने थियो ।एकातिर यस्ता समस्या विद्यमान छन् भने अर्को तर्फदुःख गरेरै भएपनि प्रवासमा नेपालीहरु एकअर्कामा सहयोगीको भावना जगाएर, हातेमालो गर्दै अघि बढिरहेका छन् । देशमा राजनैतिक द्धन्द्ध, आर्थिक मन्दी, सरकार दिवालिया हुन लागिरहेको वर्तमान अवस्थामा खाडी मुलुकबाट भित्र्ने रिमिटेन्सले नै केहि हदसम्म भएपनि सरकार र देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलिरहेको वास्तविकता सरकारले भुल्न हुन्न । वरु खाडी मुलुक भित्रने कामदारहरुलाई दक्ष वनाउँने खालका टेनिङ स्कूलहरु सकेसम्म निःशुल्क संचालन गर्नु आवश्यक छ जसले गर्दा यहाँ हुने अनेकौ दुर्घटनाबाट जोगिन तथा दक्ष जनशक्तिबाट राम्रो आर्थिक जोह हुन सक्दछ । साउदी अरेविया जस्तो खाडी मुलुकहरुसँग दौत्य समबन्ध सुदृण गरी दर्ुइपक्षीय करार गरी यहाँ भित्रने तल्लो दर्जाको कामदारहरुको न्यूनतम तलव सुविधा निर्धारित हुन सके भविष्यमा वैदेशिक रोजगारीमा नेपाली श्रम बजारको अवस्थामा सुधार हुने देखिन्छ ।

गजल - शुभकामना मेरी तिमीलाई

मेरी तिम्रो पखाईमा मेरा आँखा थाकि सकेको थियो
छिटै भेट हुने बाचा गरी दिएर विदा भएको थियौ,
ति बाचा गरेको दिनलाई कुरी बसेको धेरै भएको थियो
सूर्य चन्द्रको रफतारमा तिमीलाई भेट्ने पर्खाइमा बसेका थियौ ।।

तिम्रो सम्झनामा पोहोर गाएको गितको भाखा गुन्जिरहेको थियो
तिमीलाई सिङ्गारिदिन पाउदा यो मन हर्षर खुशिले रमाउने थियौ,
तिम्रो आगमनमा सारा सन्सारको मुहारमा खुशि ल्याएको थियो
रिस र रागलाई छाडेर शान्तिको बिगुल फुक्ने अशिक दिएका थियौ ।।

सधै भरि तिम्रो भजन गाउने बाचा लिएका थियो
सधै भरि तिमीलाई सिंगार्ने आशा राखेका थियौ,
तिम्रै शक्ति र उपदेशमा ब्रम्हाण्डको सृष्टि गरिदिएका थियो
सबैलाई नयाँ सोच र जागरको सृजना गराई दिएका थियौ ।।

सबैको घरमा खुशियाली र सुख शान्ति ल्याई दिएका थियो
स्वागत छ मेरी तिमीलाई जन्म दिन मनाउन दिएका थियौ
संसारमा नै परिवर्तनको दियो जलाई दिएका थियो
जन्म दिनको शुभकामना हामी सबैले दिएका थियौ ।।

Thursday, December 25, 2008

क्रिसमसको सेरोफेरो

कमल नेपाली
खि्रस्टियन धर्मावलम्बीहरू डिसेम्बर २५ लाई जिजस क्राइस्टको जन्मोत्सवको रूपमा मनाउँदै छन् । इतिहासकारहरूका अनुसार जिजसको जन्म इपू ४ मा जेरुसेलम नजिकैको वेथलेहेम नामक गाउँमा भएको थियो । उनका पिताको नम जोसेफ र माताको नाम मरियम थियो । यस धर्मको उदयलाई मानव सभ्यतामा महत्त्वपूर्ण घटनाको रूपमा लिइन्छ । परमेश्वरलाई पितातुल्य मान्दै समस्त मानव जातिबीच भ्रातृत्वको भावना जगाउन उद्यत यस धर्ममा दया, प्रेम, सत्यता, पवित्रता र समानताको पाठ पढ्न सकिन्छ ।
यसुका आदर्श वचनहरूबाट मानिस मन्त्रमुग्ध हुँदै गए । यसबाट धर्मभीरू यहुदी पूजारी र रोमन शासक दुवै वर्ग तर्सिए । अन्ततः देशद्रोहको अभियोगमा उनलाई क्रसमा झुन्ड्याई फाँसी दिइयो । यस दुःखदायी घटनालाई क्रुसिफिकेसन ३० एडी भनेर स्मरण गरिन्छ । जिजस मारिए तर उनका उपदेश अमर रहे । उनकै उपदेशहरूका आधारमा इसाई धर्मको स्थापना भयो ।
सन्दर्भ क्रिसमसको भएकोले यसकै बारेमा उल्लेख गरिन्छ । इसाईहरूमा पनि क्रिसमसबारे फरक मत देखिन्छ- क्रिसमस मान्ने र विरोध गर्ने । पुत्रभन्दा माता ठूलो भनी मरियमलाई मान्नेहरू, पिता ठूलो भनेर जोसेफलाई मान्नेहरू अनि पिता परमेश्वरबाहेक अरूलाई मान्नुको तुक छैन भन्नेहरू क्रिसमस विरोधी हुन् । उनीहरू खि्रस्टलाई अभिषिक्त जन, प्रख्यात शिक्षकमात्र मान्छन् । कोही असल व्यक्ति, कोही अगमवक्ता भन्छन् तर इसाईका दुई सम्प्रदाय प्रोटेस्टेन्ट र रोमन क्याथोलिक दुवै खि्रस्टलाई नै परमेश्वरको रूपमा पुकार्छन् । क्रिसमस रमाइलोसँग मनाउँछन् ।
तर यहोवाज् विट्नेस् अर्थात् यहोवाका साक्षीहरू, जो पिता परमेश्वरको आराधना गर्छन्, लोकपि्रय धार्मिक बिदाहरूलाई झुटो धर्मबाट प्रभावित भन्छन् । जसमा क्रिसमस पनि पर्छ । ती दाबीका साथ भन्छन्, क्रिसमसमा खि्रस्टको जन्मदिनको सम्झना गरिन्छ भन्ने विश्वास छ र मसिही भनाउँदा सबै धर्मले यो मनाउँछन् । तर यसुका प्रथम शताब्दीका चेलाहरूले यस्तो धार्मिक पर्व मनाएको कुनै प्रमाण छैन । प्रमाणको रूपमा सेक्रेड अरिजिन्स अफ प्रोफाउन्ड थिंग्स नामक पुस्तक अघि सार्छन् । त्यहाँ उल्लेख छ- यसुको जन्म भएको २ शताब्दीसम्म कसैलाई पनि उहाँको जन्म कहिले भयो भन्ने थाहा थिएन । यसबारे जान्ने चासो पनि राखेनन् । त्यस्तै द वर्ड बुक अफ इन्साइक्लोपेडियामा लेखिएको 'प्रारम्भिक मसिहीहरूले कसैको जन्मदिन मनाउनु गैरमसिही चलन ठान्थे' वाक्यांशसमेत प्रस्तुत गर्छन् । तर बाइबलमा भने जन्म दिवसबारे २ ठाउँमा लेखिएको छ । उत्पत्ति ४०ः२० मा फारो नामका व्यक्ति र मर्कुस ६ः२१ मा राजा हेरोदको जन्मोत्सवमा भव्य भोग दिएको सन्दर्भ छ ।
द इन्साइक्लोपेडिया बि्रटानिकामा उल्लेख छ- अजेय सूर्यको जन्मोत्सव भनी रोमीहरूले चाड मनाउँथे । जाडो महिनामा सूर्य सबैभन्दा मधुरो हुने हुँदा ताप र प्रकाशको स्रोत सूर्यलाई टाढाको यात्राबाट फर्काउन तिनले यस्तो चाड मनाउँथे । डिसेम्बर २५ मा सूर्य टाढाबाट र्फकन थाल्छ भन्ने विश्वास गरिन्थ्यो । गैरमसिहीहरूलाई आफ्नो धर्ममा भित्र्याउने प्रयासमा धर्मगुरुहरूले यो पर्वलाई क्रिसमसको रूपमा आफ्नो धर्ममा स्थान दिए । यसलाई २५ डिसेम्बरमै छानिनुको कारण सटरनालिया चाड पनि अर्को कारण मानिन्छ जुन रोमीहरूले कृषिदेवको सम्मानमा डिसेम्बर १७-२४ सम्म मनाउँथे ।
इसाईमा जरथ्रुस्ट धर्मको प्रभाव रहेको भन्नेहरू समेत देखिन्छन् । क्रिसमस पर्व इरानीहरूको सूर्यपूजासँग मिल्दो मान्छन् उनीहरू । २२ डिसेम्बरदेखि दिन लामो हुने हुँदा इरानी धर्ममा उक्त दिनलाई सूर्यको विजयको दिन मानिन्थ्यो । क्रिसमसको सुरुआत बाइबलबाहिर भएकोले १७ औं शताब्दीमा बेलायत र केही अमेरिकी उपनिवेशहरूमा यो मनाउन प्रतिबन्धसमेत लगाइन्थ्यो । यो दाबी यहोवाका साक्षीहरूको हो । उक्त दिन काममा नगई बिदा बस्ने दण्डको भागीदार बन्थ्यो ।
यसु कहिले जन्मेका थिए भन्नेबारे बाइबलले यकिनसाथ बताएको छैन । लुकाको पुस्तक २ः८-१२ मा 'उहाँ जन्मनु भएको रात चौरमा गोठालाहरू थिए' मात्र उल्लेख हुनुले यसलाई पुष्टि गर्छ । त्यस्तै उपदेशक ७ः१ मा मृत्युको दिन जन्मको दिनभन्दा असल हो र त्यसैको ७ः८ मा 'कुनै कामको सुरुभन्दा अन्त्य उम्दा हुन्छ' उल्लेख गरिएको पाइन्छ । यसलाई गलत नमान्ने हो भने खि्रस्टको अपुष्ट जन्मभन्दा तिथिमितिसहितको बलिदान वा पुनरुत्थान महत्त्वपूर्ण देखिन्छ । क्रिसमसलाई जिजसको क्रुसिफिकेसनसँग जोडिएको भए त्यो दुःखद् क्षण मानिसको हृदयमा अझ गहिरोगरी बस्ने थियो होला । अब सम्बन्धित पक्षले विवादित क्रिसमसको विषयलाई स्पष्ट रूपमा सत्य तथ्य के हो सबैका सामु राखिदिनु राम्रो हुनेछ ।

Wednesday, December 24, 2008

कथा - देवी

सुमन बगाले आबुँ खैरेनी ढकलटार ५ तनहुँ, (हाल इराक)
उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने हो त्यो वातवरण सकेसम्म पुराइदिएका थिए । साधरण परिवारमा साधरण हिसावले नै जिवकोपार्जन गर्दै आयो । साच्ची नै भन्नु पर्दा ३ महिनासम्म खान पुग्ने जमीनपनि छैन । जति छ त्यो जमीनलाइ कहिल्यै फुर्सत दिएनन् । दिनहुँ दुख्ख दिन्छन् । कहिले कुटो कोदालोले कहिले हलो ले कोतारेर कहिले पानीले लचप्पै निर्थुक्कै बनाइ भिजाइ दिन्छन् । सँगैको सधेरीले कहिले आली तासेर साधको ढुङगा सारेर भएपनि खुब साध मिच्थ्यो । बाबालाइ अरुको निबेक गर्दै थाहै हुदैन थियो भने आमा र उसलाइ भने त्यसको पत्ता हुन्थ्यो किनकी उसले त्यस तरकारी बारीमा फलफुललाइ भने पानी निकै हालेको थियो । फेरी उसले साँधलाइ जस्ताको तस्तै बनाइदिन्थ्यो । साह्रै घचेडो सहेको थियो । पछि ठुलो भएर त्यो साहुको जमीनपनि किनेर मेरो बारीको साथी बनाउछु भन्ने उसको मनमा दाउ थियो । कहिले काहि त कागजको भकुन्डो लात्ताले हान्दा त्यहि बारीमा पुग्थ्यो कति मायाले हुर्काएको टुसाहरु उसले आखै नहेरी बललाइ त्यहि बाट मच्चाएर त्याहिबाट आगनीमा फाल्दा लडबडिएर कति बोट भाचिन्थे पनि भने उसलाइ रिस उठयो भने त्यहि बारीमा गइ लडीबुडी खेल्थ्यो । आमा बाबाले फेरी लतारेरै या फकाएर भएपनि उसलाइ त्यहि बारीबाट घर भित्र हाल्थे । उसको रिसपनि धेरै खायो त्यो बारीले त्यैपनि उसैलाइ नै पालीरहेको थियो । एक न एक फल फलाएकै हुन्थ्यो । तर बिडम्बना जति फलाएपनि ति तिन परिवारलाइ कहिल्यै साल भरीलाइ पुग्ने अन्न उपलब्ध गराउन भने सकेको थिएन । साच्चिनै भन्नु पर्दा गर्व गर्नुपर्छ पर्ने ठाँउ छ त्यो अन्नदातामा ।
उ सानै बाट झोडी थियो मतलव मुर्खता । कसैले केहि भने त मुखले जवाफ दिन भन्दापनि हातले कर्मकाण्ड पुराइदिन्थ्यो । अनी त्यो बाट त्यस्तो कुनै प्रतिक्रिया आउदैन्थ्यो थियो । ५ बर्षमा नै आमा बाबाले उसलाइ नजिकैको प्राथामीक विद्यालयमा कक्षा एकमा भर्ना हाली दिए । मानी नमानी भएपनि गयो । एक दुइ हप्ता यस्तै भयो त्यसपछि त बानी पर्यो कि क्याहो स्कुल नै प्यारो लाग्न थालेछ बिस्तारै बिस्तारै हुलमिल हुदै केहि कुराहरु सिक्न थालेछ । तर आफनो बानी व्यहोरामा भने कुनै परिवर्तन गर्न सकेन किनकी उ एक झोडी थियो ।
छिमेकीहरुले कुरा काट्थे कस्तो उराउन्ठेउलो जन्मीयो, कस्तो बदमास भन्थे उ सहन्थ्यो तर एकजनाले उसलाइ ‘घरमा खान पाउदैन कसरी मेरो छोरालाइ मार हान्यो यसले’ भनी आखा के तरेको थियो यसरी भनी एक लौरो उठाएर दिएछ बुढो त त्यही मार्यो नी भन्दै थुचुक्कै बस्यो । अरु छिमेकीले उसको लौरो खोसे र हकारे पनि रिसले आगो हुदै घरतिर हुत्तियो । बाबाले गाली गर्नु भयो आमाले भने सम्झाउनु भयो। उसले बिद्यालयमा सुधा मिसले सिकाउनु भएको पाठ बाबा आमालाइ सुनाइदियो बुढाबुढी मख्खै परीहाले । एक छिनपछि त सुरु भइहाल्यो भोली तिन चार पटटी मेला परेको छ कसको जाने कस्को नजाने भन्ने कुराको छलफलमा दुबै दम्पत्ति व्यस्थ देखिन्थे ।
भोलीपल्टको कुरो आयो उ सानो गाँठीको भएर होला प्राय जसो कक्षा एकको लाइनमा अगाडी नै हुन्थ्यो । सँगैको साथी कुले आएन भनी । कुलेन्द्र कडेल हो नाम तर उसले कुलेन्द्रलाइ कुले भनी बोलाउथ्यो । हिजो बुढोलाइ लौरीले हानेको सजाय गल्तीको सजाय भनी लाइनमा सबैको अगाडी बोलाएर बदमास भनी दुइ तिन लौरी पिठीयुँमा हान्नु भयो विद्यालयका प्रधान अध्यापकले अझै हान्नु हुन्थ्यो कि क्या हो सुधा मिसले रोक्नुभयो । बेलुकी घर फकर्दा सुधा मिस र उ प्रायजसो सँगै फर्किन्थे मिसको घर उसको घर हुदै १० मिनेटको बाटो अली पर जानु पर्यो ।
त्यस दिनको मिसको रोकाइले उसको मनमा कौतहल जाग्न थाल्यो किन रोकेको होला अरु सर मिस हरुपनि थिए कोसैले केहि बोलेका थिएनन् । त्यो मिसलाइ मात्र किन चासो पर‍यो भन्ने कुराले उसको कलिलो मनमा डेरा जमायॊ दुइ तिन दिनपछि मीसलाइ सोधेछ । सानो मान्छेलाइ त्यसरी सजाय दिनु हुदैन नि त फकाउनु पर्छ फुलाउनु पर्छ नी भनी उत्तर दिनु भयो । उसलाइ पनि हो कि जस्तो लाग्यो त्यस दिन देखी मिससँग अली नजिक हुन थाल्यो । बिद्यालय आउने जाने क्रममापनि मिससँगै सँगत बढन थाल्यो । मिसको सँगतलॆ छाडा काममापनि धेरै कमी आइसकेको भने एक बाट दुई कक्षामा जाँदा दोस्रो स्थान हासिल गर्यो । अबिरले रात्तामै भइ पुरस्कार लिएर मिसको हात समाउदै घरमा आउदा एक छिन त आमा बाबापनि खुशी भए भने मिसलाईपनि बधाई दिए । दुई तिन ओटा कपी चार पाँच ओटा शीसाकलम पनि थियो । आमाले भन्दै हुनुहुन्थ्यो । दुई तिन महिनालाई भने ढुक्कै भयो कापी कलम किन्नको लागी । पुरस्कार लिएर प्रगति गर्‍यो भन्नु कहा हो कहा आर्थिक कारोबारमा टेवा पुरायो भनी पो रमाउछन । हुन त त्यहा भन्दा बढि सोच्ने क्षमतापनि थिएन होला उनीहरुसँग । अरुपनि यस्तै तितामिठा घटना घटयो होला तर दिमागमा आएन ।
कक्षा दुईमा पुग्दापनि मिस साथमा नै हुनुहुन्थ्यो । बिद्यालयका शिक्षकहरु मिसलाइ कर्के नजरले हेर्थे । झन बाबुराम सुबेदी शिक्षकले त पछिपछि पनि कुरा कटदै हिडथे । बाटोमा एक सैनीक गण पार गरेर जानु पर्यो त्यसका बाटो ढुक्ने गरी गार्ड बसेका सैनीकहरुलेपनि शुशेली मार्थे, उसलाइ भने ढाहा लाग्थो । आफनो मिसलाइ र उसैमाथी मायापनि गर्ने अरुले आखा लगाउदा रिस उठनु स्वभाविक नै थियो । अरुले लानु भन्दा मै बिहे गर्छु यो मिसलाइ भन्ने सोच मनमा आउन थाल्यो अब उसको दिमागमा । उसलाइ कता कता मिससँग बिबाह गर्न मन लाग्यो । मिसलाइ भित्र भित्रै मन पराउन थालेछ । उसलाइ मिससँग हात समातेर हिडदापनि पल्ला घरका माने शान्ता भाउजुसित हात समाउदै शशुराली गएको जस्तो भान हुन्थ्यो ।अब मिसको साडीको फेरो होइन अंकमाल गर्न उसका भावना हरु आतुर देखिन्थे । मिससँगै विद्यालय जादा आफुपनि सर भए भै लाग्न थाल्यो । मिसका ति लज्जालु मिर्मिरे आखाले उसैलाइ खोजीरहेको जस्तो भान हुन्थ्यो । मिसका ति नरम हातले स्पर्श गर्दा कता कता काउकुति लाग्न थाल्यो । मिसलाइ एकोहोरो हेरेर हैरान पार्थ्यो । बिद्यालयको खाजा खाने छुट्टिमा मिसलाइ नै खोजीरहन्थे आखाहरु । यता कतै निदेख्दा सुन्यतामा बिलाउथ्यो । बाटोमा हिडने उराउन्ठेउला केटाहरुले वाह क्या छ यार भनी छेड हान्दै हिडदा मिस नसुनेको झै गरी हिडनुहुन्थ्यो पर पुगी उसलाइ नै हेरी लज्जाउदै मुस्कुराउनुहूथ्यो तर केहि बोल्नुहून्थेन । ति मौनतामा फुस्केका मुस्कानले सुमन म तिमीलाइ मन पराउछु किन अरुले मलाइ छेड हान्छन भने जस्तो लाग्न थाल्यो उसलाइ ।
मिसले पनि अरुलाइ भन्दा उसलाइ अलि बढि नै माया गर्नुहुन्थ्यो । मिसको मन पर्नुमा के कुन्नी रहस्य थियो त्यो भने जान्ने कोशीश कहिल्यै गरेन । उसलाइ यति मात्र थाहा छ म मिसलाइ मन पराउछु । मीससँग बिबाह गर्यो भने कापी कलम पनि मिसले नै किनी दिनुहून्छ खानापनि मिसले नै बनाउनु हुन्छ लुगापनि धोइदिनु हुन्छ । घरमापनि सिकाइदिनु हुन्छ यस्तै यस्तै फाइदाहरु मनमा आउन थाले । अझै मुख्य कुरो कसैले आखापनि नलगाउने यस्तै यस्तै सोच्दै कक्षा दुइको पढाइमा धेरै लत छोडेछ परिणाम पास मात्र भएछ ।
मिसलाइ नरमाइलो लागेछ कि कसो हो उसलाइ बोलाएर किन यसरी बिग्रेको पढाइ त किनै खस्केछ नि त भन्नुभयो, हप्काएजस्तो पनि गर्नु भयो । उसले साहास बटुलेर मिसलाइ भनेछ मिस म तपाईसँग बिहे गर्न चाहान्छु । मिसले उसको अन्तरआम्माबाट निस्केको यो कुरालाइ हावामा उडाउदै हास्दै भन्दै हुनुहून्थ्यो कस्ले सिकायो यस्ता कुरा, यो बेला त पढने हो पढेर ठुलो मान्छे बन्नु पर्छ सबैले मान्ने गुन्ने हुनुपर्छ, देश आफनो आमा बाबाको सेवा गर्न सिक्नुपर्छ यति सानो उमेरमा पनि बिहे गर्छ त । पछि म ठुलो हुन्छु त्यसपछि तपाइ म सँग बिबाह गर्नु हुन्छ भनी सोधेको मुस्कुराइको साथ ल, ल सोचैला नी भन्नु भयो । उसको मनमा एक निराशको साथै उत्साहपनि थपियो । निराश यस कारणले भयो की मिसले उसको प्रेम प्रश्तावलाइ हावामा उडाइदिनु भयो भने उत्साह चाहि सोचौला नि भन्ने वाक्यले अलि बढि आश जगायो ।
बच्चाले पनि कत्ति साह्रै हेपेको हो मलाइ त भन्दै गुनगुनाउदै हुनुहुन्थ्यो । उ भने निराश मुद्रामा एकोहोरो मिसलाइ हेरीरहयो । यसरी नै दिनचार्यहरु वित्दैगयो एक समय एक सैनिक जवान बाटो ढुकी बसेको रहेछ मिससँग बोल्नको लागी । हाइ हेलो भन्दै नजिकीदै गयो । प्राय: त्यो बाटो बढि नै जिस्काउने त्यही नै थियो । उसलाइ सहि नसक्नु भएको थियो तर मिसले समाल्नु भयो नत्र त्यहा पक्कैपनि ठुलै घटना हुने सक्ने अबश्था आएको थियो । यसरी नै त्यो सैनीक हप्ता महिना गर्दा गर्दै मिसको प्रेममा पागल भनु या मीसलाइ आफनो प्रेममा फसाइसकेको रहेछ । तर उसको भने धेरै पढेर मिससँगै बिबाहगर्ने सोचले पढनमा पनि ज्यादै ध्यान बढदै गएको थियो । फलस्वरुप दुइबाट तिनमा जादा दोस्रो स्थान नै हासिल गरेछ । मिसपनि रमाउनु भयो भने उसको त झन कुरै भएन । उसले मिसलाइ फेरी सोध्यो । मिस अब म यसरी नै पढदै गए भने तपाइ मसँग बिबाह गर्नु हुन्छ नी भनेर । तर यो बेला भने मिसले ज्यादै चोटिलो जवाफ दिनु भयो ।
छाँगाबाट खसेको जस्तो भयो! चारै तिर अन्धकार छायो, मनमा अनेकौ तरङगहरुले गाठो पर्न थाल्यो । भोलीपल्ट देखी उ मिसबाट टाढा टाढा हुन थाल्यो । बिद्यालय आउँदा पनि मिस भन्दा पहिल्यै आउने र जाँदा पनि पहिल्यै जाने बानी बन्यो । यता उता गाउ समाजमा मानिसहरु शङखाले हेर्थे । कुकुरलाइ घ्यु पच्दैन भनेको यही रहेछ भनी कुरा काटन थाले । उसको बाबा आमापनि मिससँग किन रिसाएको भन्दै गाली गलज गर्थे । रिसाएको छैन भनी कुरा टारिदिन्थ्यो । यसरी नै मिस र सैनिकको प्रेम भने दिनको दुइ र चारको चौगुनाले बढदै गएछ । बिद्यालयसम्म उहि सैनीक पुराउन जान्थ्यो भने छुटदापनि उही सैनीक बिद्यालयको गेटमा नै हाजीर भइसकेको हुन्थ्यो । उ कहिले मिसहरुको पछि पछि हुन्थ्यो भने कहिले अगी अगी हुन्थ्यो । उसलाइ समाउने हात कहिले सैनीक समात्थ्यो भने कहिले काही गाउले को आखा छली गाला समेत चिमोटन पछि पर्दैनथ्यो । उ धेरै भावुक बन्नै गयो । खै उसलाइ कता चित्त बुझेन छ की कसो हो उ एक दिन आमा बाबासँगै भन्दैथियो । म त्यो स्कुलमा पढ्दिन् । अर्कै स्कुलमा पढाइदे नत्र स्कुलै जान भनी धम्कायो पनि । तर बाबु आमालाइ त्यसको धक्काइले केहि छोएन भनु या उनीहरुको त्यस्तो कुरामा सोच्ने फुर्सदै थिएन ।
एक दिन एक्कासी गाउ छोडी पलायन भएछ । गाउ नै शुन्यताले छायो । मिसलाइ पनि केहि सँकोच त परेको थियो तर उनी अपरिचीत जिबनसाथीको माया प्रेममा फसेर होकि के हो त्यति ख्याल राख्नुभएन । केहि महिनापछि बढदो प्रेमलाइ अझ सहि दिशा दिनकोलागी मिसले आफनो सर्बस्व ठानेर सबै जिउ ज्यान सुम्पीदिनुभएछ परीणाम रुवरुप मिस बिबाह पुर्व नै दुइ जिउको हुनुभयो । एक सैनीक नै थियो सरुवा मागेर त्यहा बाट अन्तै सरुवा भइदिएछ । गाउ समाजबाट घृणा अनी तिरस्कार सहन नसकी मिसले एक दिन आफुलाइ आफै देखी घृणा लागेछ कि कसो हो डोरीको साहायताले बगैचाको आपको हाँगामा झुण्डीएर प्राण फालीदिनु भएछ ।
दिन वित्यो, हप्ता वित्यो, बर्ष वित्यो । यसरी नै समयको चक्रले नेटो काटदै थियो । सँयोग भनुँ या परिस्थितिले चौध वर्षपछि मेरो सरुवा त्यहि सुधा मिसको गाउमा पार्यो । मनमा कता कता विगतका अविस्मरणीय क्षणले डर जमाउन थाल्यो त्यैपनि जानु नै पथ्र्यो म सरुवापत्र लिएर त्यहि ठाँउमा पुग्याँ । माघको महिना डम्म कुहिरोले ढाकेको मौसम एकदम ठन्डी थियो । आज गाउ घुम्नुपर्यो भन्ने सोचले म एक अन्जान पर्यटक बनेर त्यहि गाउ घुम्न निस्केँ । मनमा भने कता कता डर लागीरहेको थियो । विस्तारै पाइलाहरु अगाडी बढे अलि परैबाट सुमनको घर देखियो नजिकै पुगी नियालेर हेरेँ कतै केहि देखिदैन थियो । बाह्रैमास फल फलाउने ति बारीमा गन्धे र लेते झारले सेत्तामै हुने गरी फूल फूलाएका रहेछन भने सधेरीले ले साँध मिच्दै आधि भन्दापनि बढिमा आफनो कब्जा जमाइसकोको रहेछ । घरका काठहरुमा धमिराले गण जमाइसकेको रहेछ भने छानाहरुमा ऐजेरु अन्य झार उर्मीएको देखियो । यसैले प्रष्ट देखायो कि यो घर छोडेको पनि धेरै बर्ष भइसकेको हुनुपर्छ । नजिकैको छिमेकी भन्दैहुनुहुन्थ्यो सुमनको पलायन पछि बुढाबुढि देवघाट बृद्धा आश्राममा शरण लिएका छन रे । मन खल्लो भयो । विस्तारै विस्तारै बाक्लो कुहीरोलाइ पर्छादै पारीलो घामले डेरा जमाउदै थियो । अहिले भने पारी पट्टि भएको हो हल्ला र्छलङग देखीयो मानिसको घुइचो थियो । साना तिना बालबच्चाहरु रङगी बिरङगी पोशक हातमा पुजाका सामाग्रीले सजिएका थिए । मलाइ लाग्यो पक्कै त्यहा कुनै जात्रा हुनुपर्छ । पाइलाहरु ति भिडतिरै बढे । मन कापिरहेको थियो । नजिकै पुग्दा त्यहा सरस्वतिको मन्दिर बनेका रहेछ । श्रीपंचमीका दिन भएकाले सबै प्राय स्कुले बालबच्चाहरु लाइन बध्ध भएर बसेका रहेछन । मन्दिर नजीकै पुगेँ मन्दीरको साइनबोर्डमा मेरा आखा टक्क अडिए शिक्षाका सुधा विश्वकर्माको नाममा बनाइएको सरस्वतिको मन्दीर पो रहेछ । मेरो सातोपुत्लो गयो । हो तिनी उही सुधा रहेछिन । उनीको सबै जानकारी त्यहि बोर्डमा लेखीएको थियो मेरै कारणले उनीले यो सँसार छोडेकी रहेछिन । मैले गरेको पापको पश्चतापले मलाई नै जलाउदै थियो । लाखौ अन्धा बालबालीकाहरुलाइ ज्ञानको ज्योति दिने एक विद्याकी देवी सरस्वतिलाइ पो मैले दुइदिनको लागी ओछ्यान तताउने साधन बनाएको रहेछु । आफुले गरेको त्यो कुकर्मको फलले मलाइ नै पोल्दै गयो ।यस्तै यस्तै सोचले गर्दा अनायसै आशुका ढिक्काहरु ख्स्न थाले । नजिकै आएर एक स्कुले नानी भन्दै थिइन ‘सर! सर तपाइपनि मन्दीरमा पुजा गर्न आउनु भएको हो यो फुल चढाउनु, विद्या की देवीले धेरै ज्ञान दिनुहुन्छ’ । साच्चीनै भन्नुपर्दा म मा ज्ञानकै कमीले गर्दा यो परिस्थीति व्योहोर्नु परेको थियो । फूल हातमा लिएर चढाउन के लागेको मात्र थिएँ मन्दिर भित्रबाट सुधा मिस ज्ञानको ज्योतिले भन्दै थियो । ‘सैनिक दाइ! अरुपनि मैले जस्तै अकालमै ज्यान फाल्ने कति भए?’ ।मैले गल्तीको पश्चताप गर्ने ठाउँसम्मपनि पाइन । ………………………।
सुमन भित्रको सुधा कथा सँग्रहबाट साभार ।